वि. सं। २०८१ बैशाख १९ गते (मे दिवसको दिन) जनसांस्कृतिक महासङ्घ, नेपालको आङ्गिक संगठन समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालको भेला सम्पन्न भएको छ । जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज ईश्वरचन्द्र ज्ञवाली प्रमुख अतिथि, जनसांस्कृतिक महासङ्घ, नेपालका अध्यक्ष मातृका पोखरेल, कार्यवाहक अध्यक्ष भीम कुमाखीविशिष्ट अतिथि रहनु भएको उक्त भेलामा जनसांस्कृतिक महासङ्घ, नेपालका उपाध्यक्षत्रय केशव सिलवाल, राकेश किराती, डम्बरबहादुर रोकाया, अतिथि हुनुहुन्थ्यो । समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालका अध्यक्ष धर्मेश पोखरेलको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि ईश्वरचन्द्र ज्ञवाली विशिष्ट अतिथि मातृका पोखरेल, भीम कुमाखी र अतिथि केशव सिलवालले समाजशास्त्र तथा इतिहास अध्ययन परिषद्, नेपालको आवश्यकता र औचित्यको बारेमा धारणा राख्नुहुँदै भेलाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । महासचिव लालबावु लाल कर्णको सन्चालनमा सम्पन्न भएको उद्घाटन समारोह पछि बन्दसत्रको आयोजना भएको थियो। बन्दसत्रले राम घिसिङको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
No comments:
Post a Comment