Saturday, July 18, 2026

जनसाहित्य सङ्घ, नेपालको एकता भेला सम्पन्न

जनसांस्कृतिक महासङ्घ, नेपालको आङ्गिक संगठन जनसाहित्य सङ्घ, नेपालको एकता भेला २०८३ साल साउन २ गते काठमाडौंको पुतलीसडकस्थित पद्मोदय कलेजमा सम्पन्न भएको छ । अखिल नेपाल लेखक सङ्घका अध्यक्ष स्वप्नील स्मृतिको सभापतित्वमा भएको एकता भेलाको प्रमुख अतिथि नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय कार्यसंयोजन समिति सदस्य तथा जनसांस्कृतिक महासङ्घ, नेपालका इन्चार्ज चिरन पुन हुनुहुन्थ्यो । कार्यक्रमका विशिष्ट अतिथिहरूमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घ, नेपालका सह- इन्चार्ज उदय श्रेष्ठ, जनसांस्कृतिक महासङ्घ, नेपाल पूर्व अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मातृका पोखरेल, जनसांस्कृतिक महासङ्घ, नेपालका संयोजक भीम कुमाखी, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डि पी ढकाल, अन्य अतिथिहरूमा रमेशबावु श्रेष्ठ, डा.धनप्रसाद सुवेदी, डा.मधुसूदन गिरी, डा.केशव सिलवाल, देवेन्द्र थुम्केली, डा. पुष्करराज भट्ट, कृष्णकिसु न्यौपाने हुनुहुन्थ्यो । भेलाले अगिव वनेपाली संयोजक र बालमुकुन्द कार्की सह-संयोजक रहेको १०१ सदस्यीय केन्द्रीय समिति तथा ३३ सदस्यीय सचिवालय गठन गरेको छ । भेलालाई चिरन पुन, उदय श्रेष्ठ, मातृका पोखरेल, भीम कुमाखी, डा. केशव सिलवाल, कृष्ण किसु न्यौपाने लगायतले सम्वोधन गर्नुभएको थियो । कार्यक्रमको संचालन बालमुकुन्द कार्कीले गर्नुभएको थियो ।

000














Saturday, June 13, 2026

जनसांस्कृतिक महासंघ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन सम्पन्न

 


काठमाडौं २०८३ जेठ ३० गते ।

जनसांस्कृतिक महासंघ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन भव्य रूपमा आज सम्पन्न भएको छ। जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा मण्डला ब्याङ्कवेटमा सम्पन्न सम्मेलनको अध्यक्षता महासंघ नेपालका इन्चार्ज कमरेड चिरन पुनले गर्नुभएको थियो।

वीर सहिदहरूप्रति मौन धारण गर्दै सुरु भएको सम्मेलनमा कलाकारहरूले अन्तर्राष्ट्रिय गीतसहित विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा कलाकारहरूले गीत तथा कवितामार्फत जनसांस्कृतिक आन्दोलनका भावनाहरू प्रस्तुत गरेका थिए ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट पार्टीले देश र जनताको रक्षा गर्ने बताउनुभयो। उहाँले कम्युनिस्टहरू परिवर्तनका बाहक भएको उल्लेख गर्दै आन्दोलनभित्र रहेका कमजोरी र विकृतिबाट सचेत रहनुपर्ने धारणा राख्नुभयो।

“अहिले व्यक्तिवाद हावी भइरहेको छ। नयाँ पुस्तालाई विचार र भावनाले ओतप्रोत गर्दै आन्दोलनप्रति जिम्मेवार बनाउन आवश्यक छ,” नेपालले भन्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि कला, साहित्य तथा संस्कृति विभाग केन्द्रीय कार्यसंयोजन समितिका सदस्य गंगा नारायण श्रेष्ठले विश्व समाजवादी संस्कृति र नेपाली समाजवादी संस्कृति अहिले रक्षात्मक अवस्थामा रहेको उल्लेख गर्दै अब त्यसलाई प्रभावकारी र आक्रामक दिशातर्फ अघि बढाउनुपर्ने बताउनुभयो।

उहाँले कला, साहित्य र संस्कृतिलाई सामाजिक परिवर्तनको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

सम्मेलनमा भाषा आयोगका सदस्य एवम्  पूर्व इन्चार्ज  डा. गोपाल ठाकुर, जनसांस्कृतिक महासंघ नेपालका सह–इन्चार्ज उदय श्रेष्ठ, प्रमुख जनवर्गीय संगठन समन्वय मोर्चाका उपप्रमुख बलराम बाँस्कोटा, भाषा आयोगका सदस्य तथा पूर्व अध्यक्ष मातृका पोखरेल लगायतको उपस्थिति रहेको थियो।

पूर्व अध्यक्ष मातृका पोखरेलले शुभकामना मन्तव्य दिँदै थोरै कुरा बोकेर पनि प्रभावकारी काम गर्न सकिने बताउनुभयो। उहाँले कम्युनिस्ट आन्दोलनमा कामभन्दा बढी कुरा हुने प्रवृत्तिबाट सचेत हुनुपर्ने धारणा राख्नुभयो।

सम्मेलनले जनसांस्कृतिक महासंघ नेपालको संगठनलाई थप व्यवस्थित, सशक्त र जनमुखी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व संरचना निर्माण गरेको छ। सम्मेलनबाट कमरेड भीम कुमाखी संयोजक र कमरेड अष्ट लामा सह–संयोजक रहेको ५१ सदस्यीय कार्यालय टिम, सचिवालय तथा केन्द्रीय समिति निर्माण गरिएको जनाइएको छ। त्यस्तै सम्मेलनले ४५ सदस्यीय प्राज्ञिक परामर्श समिति समेत गठन गरेको छ।

कार्यक्रममा प्रस्तुत गरिएको विधान तथा प्रतिबद्धता पत्र इन्चार्ज चिरन पुनले प्रस्तुत गर्नुभएको थियो। सम्मेलनले कला, साहित्य र संस्कृतिको माध्यमबाट समाज रूपान्तरणको अभियानलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी कार्यदिशा तय गरेको छ।

००० 

https://toptenkhabar.com बाट साभार 








Monday, February 2, 2026