Wednesday, December 29, 2021

नयाँ जनवादी संस्कृति - क. पुष्पलाल

( नेपाली संस्कृतिको ऐतिहासिक सिंहावलोकन र जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चाको कार्यक्रम )


समाजमा आमूल परिवर्तन ल्याउनको निम्ति पुरानो आर्थिक र राजनीतिक व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न जति आवश्यक छ, पुरानो संस्कृतिका विरुद्ध सङ्घर्ष गर्न त्योभन्दा कम आवश्यक छैन । वास्तवमा भन्ने हो भने पुरामनो संस्कृतिको विरुद्ध सङ्घर्ष नगरी आर्थिक र राजनीतिक सङ्घर्ष पनि अगाडि बढ्न सक्दैन । यो कुरा सबैमा स्पष्ट हुनुपर्दछ । किभने पुरानो समाजको आर्थिक र राजनीतिक व्यवस्थाबाट असन्तुष्ट भएर पनि त्यस पुरानो व्यवस्थाको संस्कृतिको छाप ‘हिङ नभए पनि हिङ बाँधेको टालो’ को रुपमा हजारौँ वर्षदेखि आम जनतामा परिरहेको छ, त्यसबाट जनता सहसा मुक्त हुन सक्दैनन् । अतः आमूल परिवर्तनको कुरामा जनताको दृष्टि नपुगी माथिमाथिको परिवर्तनमा मात्र पुग्न जान्छ । जस्तो एक वंशको राजा समाप्त भई अर्को वंशको राजा अथवा एक परिवारको राजाको साटो अर्को परिवारको राजा आउँदा पनि असन्तुष्ट भएका जनताले परिवर्तन महसुस गरी सन्तोषको सास फेर्दछन् । राणाशाही समाप्त भई शाहशाहीको पुनरावृत्ति हुँदा पनि कम–बेसी मात्रामा यही कुरा हुन आयो । शाहशाहीले जनतामा भ्रम दिन सक्नुको मुख्य कारण यही हो । 

अतः संस्कृतिको समझादारीको विषयमा सबैमा स्पष्ट धारणा हुनु अतिआवश्यक छ । कुनै एक अमूक समाजको आर्थिक र राजनीतिक स्थितिबाट उत्पन्न हुने मानसिक गतिविधिलाई त्यस समाजको मानसिक गतिविधि अर्थात् संस्कृति भनिन्छ । हाम्रो देशमा दुई हजार वर्षभन्दा पहिलेदेखि जुन सामन्ती आर्थिक र राजनीतिक व्यवस्था चलेर आएको छ, त्यसमा केही परिवर्तन् हुँदै आए तापनि सामन्ती संस्कृतिले जनताको हृदयमा घर नै गरिरहेको छ । त्यसमा पनि मुख्य रुपले एकातिर आम किसान जनता सामन्ती आर्थिक र राजनीतिक व्यवस्थाबाट मुक्ति चाहन्छन् तर उनै किसान जनतामा सामन्ती संस्कारको छाप व्यापक रुपमा हामी पाउँदछौँ । एकातिर यो स्थिति छ भने शहरबजारमा पनि यो समाज व्यवस्थासँग आमजनता असन्तुष्ट छन् तर शहरबजारमा विकृत पूँजीवादी, अद्र्धऔपनिवेशिक र संशोधनवादी संस्कृतिको बोलवाला हुँदै आएको हामी पाउँदछौँ । सामन्ती शाशकवर्गले पनि यस खालका विकृत संस्कृतिको प्रचर र प्रसारलाई खुला छुट दिइरहेको छ । शहरबजारको यो विकृत पूँजीवादी, अर्धसामन्ती र संशोधनवादी संस्कृतिको प्रचार र प्रसार आमजनतामा पनि उनीहरूको आवतजावत, पत्रपत्रिका, रेडियो, मन्त्री तथा पञ्चहरूको भ्रमणबाट बढ्दै गइरहेको छ । यो स्थिति कायमै रहेको खण्डमा नेपालमा परिवर्तन चाहने जनताले परिवर्तनको नाममा ‘तावाबाट उम्केको माछो भुङ्ग्रोमा’ भनेजस्तै हुन जान्छ । 

राष्ट्रको यस्तो स्थितिमा सांस्कृतिक आन्दोलनको निर्माणका निम्ति सांस्कृतिक मोर्चाको महत्व  अति नै छ भन्ने् कुरा सबैमा स्पष्ट हुनुपर्दछ । आजको सामन्ती, अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजमा आमूल परिवर्तनको आवश्यकता र सम्भावना पनि बढ्दै गएको  छ। साथै यस परिवर्तनका निम्ति अन्तर्राष्ट्रिय स्थिति पनि झन्झन् अनुकूल हुँदै गएको छ । यस्तो स्थितिमा देशमा बढ्दै सामन्ती, साम्राज्यवाद र संशोधनवादविरोधी भावनालाई विकसित गर्नका निम्ति नेपालको संस्कृतिको ऐतिहासिक मूल्याङ्कन गरी जनवादी संस्कृतिको प्रचार र प्रसार गर्नु अति आवश्यक छ । २००७ सालदेखि यता लेखक र उनका कृतिहरूबारे वैयक्तिक टीकाटिप्पणी त शुरु भयो तर दृष्टिकोण र विचारधारालाई समष्टि रुपमा लिएर विश्लेषण गरिएको छैन । अतःयो दस्तावेज एक ऐतिहासिक आवश्यकता हो । 

पार्टीको तेस्रो ऐतिहासिक सम्मेलनपछि देखि नै यसको आवश्यकताको अनुभव केन्द्रीय पार्टी–नेतृत्वले गरेको थियो । यसै कुरालाई ध्यानमा राखी करिब डेढ वर्ष पहिले पार्टीकेन्द्रले सांस्कृतिक फाँटमा काम गर्ने साथीहरूको एक बैठकको आयोजना गरेको थियो । उक्त बैठकले छलफल गरी यो दस्तावेज तयार गरेको हो । तयार गरिसकेपछि पनि सांस्कृतिक फाँटमा पहिलेदेखि नै काम गर्दै आइरहनुभएका र नयाँ देखापरेका साथीहरूसँग भेटघाट गरी यस दस्तावेजमा छलफल गरियो र अहिले पनि यो दस्तावेज यस रुपमा छलफलका निम्ति नै प्रकाशित गरिँदै छ । अतः यसमा व्यापक छलफलको आवश्यकता छ । यस विषयमा पार्टीकेन्द्र आफ्ना सबै पार्टी शाखाहरूले; विशेषगरी जिल्ला स्तरका पार्टी शाखाहरूले आआफ्ना इलाकामा सांस्कृतिक क्षेत्रमा दिलचस्पी राख्ने साथीहरूको बैठकको आयोजना गरी यसमा व्यापक छलफल चलाऊँ र केन्द्रमा सुझाव पठाऊँ । 

यसका अतिरिक्त प्रत्येक पार्टी–शाखाहरूले आआफ्ना स्थानहरूमा प्रकाशित हुने सबै प्रकारका साहित्यहरूको सँगालो गर्नु, लोकगीत र लोककथाहरूको सङ्कलन गर्नु र माक्र्सवादीहरूले लेखेका पहिलेका लेख आदि जम्मा गरी केन्द्रमा पठाउने आदि काम गर्नु आवश्यक छ । यी सबै चीजको अभाव हामीले यो दस्तावेज तयार गर्दा पनि महसुस गरेका छौँ । यस अभावले गर्दा सांस्कृतिक फाँटमा देखापरेका विभिन्न लेखक तथा कलाकारहरूको नाम तथा कृतिको उल्लेख पनि छुट्न गएको छ । यसका निम्ति हामी दोष नभई हाम्रो स्गिथति नै दोषी हुन गएको छ । हाम्रो यस कठिनाइलाई सबैले बुझ्नु आवश्यक छ । 

यो दस्तावेज नेपालको सांस्कृतिक क्षेत्रमा आफ्नो रुपमा पहिलो खालको हो । प्रथम प्रयासमा विभिन्न त्रुटिहरू हुन स्वाभाविक कुरा हो । सबैको सहयोगले सामूहिक त्रूटि तथा कमजोरीलाई हटाउन सकिन्छ । यसका निम्ति हामी सबैसँग अपील गर्दछौँ ।

फागुन २०२८
(मार्च १९७२)
पुष्पलाल 
महामन्त्री
नेपाल कम्युनिष्ट पार्टी

सांस्कृतिक फाँटका क्रान्तिकारी साथीहरू

आज तपाईंहाम्रो काँधमा एउटा ज्यादै ठूलो ऐतिहासिक जिम्मेदारी पर्न आएको छ । विभिन्न उवडखावड खुड्किलाहरूबाट गुज्रँदै आएको इतिहासले आज नेपाली जनतालाई एउटा ठूलो विप्लव र आमूल परिवर्तनको ढोकानिर पुर्याउँदै छ । आज हामी जता हेरौँ, चाहे किसानको छटपटीमा, चाहे विद्यार्थीको आक्रोशमा, चाहे सिपाहीहरूको उकुसमुकुसमा, चाहे निम्नवर्गीय बुद्धिजीवीहरूको छलफलमा, चाहे मजदुरहरूको असन्तोषमा, चाहे नारीहरूका स्वरहरूमा, चाहे लेखक–कलाकारका उद्गारहरूमा, चाहे सुकुम्बासी–सर्वहारावर्गहरूको आह र चित्कारमा र चाहे अरू जुनसुकै क्षेत्रमा हेरौँ; सामन्तवाद र साम्राज्यवादका विरुद्ध क्रान्ति, मुक्ति, प्रगति, समानता र स्वतन्त्रताका उर्लंदा आकाङ्क्षाहरू छर्लङ्ग देखापर्न लागिरहेछन् र यसबाट स्पष्ट हुन्छ कि नेपालमा एउटा ठूलो क्रान्ति र परिवर्तन अवश्यम्भावी छ । तर इतिहासबाट सवक लिएर हामीले राम्ररी बुझ्नुपर्दछ कि त्यो क्रान्ति र परिवर्तन जनताको निस्क्रिय कामना र असङ्गठित असन्तोषबाट कदापि सम्भव छैन । त्यसका लागि आवश्यक छ— ठूलो योजना, तैयारी, सङ्गठन, अनुशासन, त्याग, तपस्या, बलिदान र रक्तपात पूर्ण एउटा ऐतिहासिक जनयुद्ध । तर, अब हुने यो जनयुद्ध भ्रम, अन्योल र अस्पष्ट उद्देश्यका निम्ति नहोस्, हामीलाई लहैलहैमा भेडाबाख्रा, तित्रा र बट्टाईझैँ लडाएर अरू कसैले् आफ्नो दुनो नसोझ्याओस् र हाम्रा रगतले भिजेको बलिवेदीमाथि अरू कसैले पनि महल नउठाओस् । त्यसको निम्ति आज प्रत्येक क्रान्ति र परिवर्तनका इच्छुकहरूले सचेत हुनैपर्छ । यस युद्धलाई ९५ प्रतिशत श्रमजीवी नेपाली जनताको मुक्तियुद्धमा परिणत गर्न मजदुरवर्गको नेतृत्वमा सम्पूर्ण शोषित–पीडित वर्गले जनवादी वर्गीय एकता कायम गर्नैपर्छ र यी सबै काममा निम्ति हामीले आफूसँग भएका सीप, प्रतिभा, बुद्धि, बल र श्रमलाई साधनको रुपमा अनिवार्य रुपले प्रयोग गर्नैपर्छ । चेतनशील, शिक्षित, बुद्धिजीवी हुनाको हैसियतले र जनचेतना निर्माणका प्रमुख स्रोत हुनाको कारणले सांस्कृतिक फाँटका लेखक, कलाकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी आदि सबले क्रान्तिका निम्ति वैचारिक पृष्ठभूमि तयार पार्ने, शोषित–पीडित श्रमिक जनतामा वर्गीय एकता कायम गर्ने, जनताका मित्रशक्ति र शत्रु शक्तिहरूको विभाजन रेखालाई स्पष्ट गरी सम्झाउने, क्रान्तिका निम्ति सारा जताको मनोवल बढाउने र विभिन्न क्रान्तिकारी मोर्चाहरूमा गई जनताको चेतनाको स्तर उकास्ने (स्टालिनको शब्दमा— क्रान्तिकारी वर्गहरूभित्र नयाँ आत्माको निर्माण गर्ने) आदिआदि काममा कसरी हामीले बढीभन्दा बढी योगदान दिन सकिन्छ र कसरी आफ्नो सीप र प्रतिभालाई लाखौँलाख जनताको उज्यालो भविष्य निर्माण गर्ने महान् सेवामा समर्पण गर्ने सौभाग्य पाउन सकिन्छ, त्यसको छिट्टै छलफल हुनु र तुरुन्तै काम थाल्नु अति आवश्यक भएको छ । यसरी जनक्रान्तिको अगुवा दस्ताको भूमिका पूरा गर्ने जिम्मेदारी इतिहासले आज हाम्रो काँधमा राखिदिएको छ । 

साहित्य र कला वर्गीय हितका साधन हुन् र तिनीहरू समयसापेक्ष हुन्छन्
साथीहरू, 

आज जनक्रान्ति र परिवर्तन चाहने प्रत्येक साहित्यकार र कलाकारले यो कुरा राम्ररी बुझ्नुपर्दछ कि वास्तवमा साहित्य र कलाको उद्देश्य र आजको वर्तमान परिस्थितिमा तिनको रुप कस्तो हुनुपर्दछ ? अनि साहित्य र कलाको उद्देश्य र रुपबारे समाजमा प्रचलित जुन भ्रमहरू देखापर्दछन् र तिनबाट मुक्त हुनैपर्दछ । 

इतिहासलाई वैज्ञानिक पद्धतिबाट हेर्ने र आफ्नै जीवनले ठूलाठूला जनक्रान्तिका जङ्घारहरू तर्ने महान् क्रान्तिकारी विचारकहरूले आफ्नो अनुभवको निचोडमा साहित्य र कलाहरू पनि राजनीति, दर्शन र अरू सारा विचारहरू जस्तै हरेक वर्गमा आ–आफ्नै हुन्छन् र तिनीहरू तिनैतिनै वर्गका हितका साधन हुन्छन् भनी ठोकुवा गरेका छन् । 

रुसी जनताका महान् नेता र विश्वका श्रमिक जनताका महान् गुरु लेनिनले सन् १९९७ को क्रान्तिकापछिको रुसको नयाँ साहित्यको उद्देश्य र रुप कस्तो हुनेछ भन्ने कुरा लेख्नुभएको छ—

“यो एउटा स्वतन्त्र साहित्य हुनेछ, यसले अघाएकी दरबारी मैयाँ साहेबहरूको वर्णन गर्नेछैन र ज्यादै मोटाएर बोसो बढ्नाले अटेसमटेस भएका माथिल्लो वर्गका दश हजार व्यक्तिको सेवा गर्नेछैन, किन्तु कोटीकोटी श्रमजीवी जनताको— देशका यी फूलहरूको, तिनको शक्ति र तिनकै भविष्यको सेवा गर्नेछ ।

साहित्य र कलाको उद्देश्य र स्वरुपबारे चिनी जनताका महान् नेता र यस युगका सबभन्दा ठूला माक्र्सवादी विचारक माओत्सेतुङ भन्नुहुन्छ—

“संसारमा आज सबै संस्कृति, सबै साहित्य र कला विशेष वर्गहरूको अधिनमा छन् र विशेष राजनीतिक दिशातिर हाँकिएका हुन्छन् । ..... साहितय र कला सम्पूर्ण क्रान्तिकारी मेसिनको आंशिक भागझैँ यस्तरी अडियून्, जसले गर्दा तिनलाई— जनतालाई एक पार्ने तथा शिक्षा दिने, शत्रुलाई आक्रमण गर्ने नष्ट पार्ने शक्तिशाली हतियारको रुपमा प्रयोग गर्न र जनतालाई एकै तनमनले शत्रुसित जुध्न मद्दत गर्न सकियोस् ।

तर यस्ता कुरा सुन्दा हाम्रा ती साथीहरू— जसले समाजको वर्गीय स्वरुपलाई राम्ररी बुझने चेष्टा गरेका छैनन्, इतिहासलाई वैज्ञानिक तरिकाबाट विश्लेषण गर्ने माक्र्सवादी पद्धति बुझेका छैनन् र सामन्ती पूँजीवादी वर्गका बफादार विद्वान्हरूले आ–आफनो वर्गीय स्वार्थको निम्ति फिँजाएका जाली, भ्रमपूर्ण र अवैज्ञानिक विचारहरूलाई नै सही मानेर हिँड्ने गरेका छन्, बडो अचम्ममा पर्दछन् तर्क र विश्लेषणको बाटो छोडेर जानीबुझी लिँडेढिपी लिएर आफ्नै सोचाई ठिक हो भनेर बहस गर्न थाल्दछन् । हुन पनि सामन्ती र पूँजीवादी शिक्षणसंस्थानहरूमा सारा कुराहरू व्यावहारिक क्षेत्रका उदाहरणहरूबाट हैन कि किताबी परिभाषाका आधारमा पढाइन्छ र ती किताबहरू पहिलेदेखि नै सामन्ती र पूँजीपतिवर्गको हित हुने कुराहरूले भरेर मात्र तयार गरिएका हुन्छन् । तर ती वर्गीय स्वार्थका कुराहरूलाई यस्तो रेशमी जाल र सुनौला पालिसले ढाकिएको हुन्छ कि पढ्नेहरू त्यही जाल र बाहिरी पालिसमा मात्र रल्लिई भित्री कुराको भेउ पाउन सक्दैनन् । 

साहित्य र कलाको उद्देश्यबारे प्रायः उनीहरूले यस्ता कुरा प्रचार गरेका छन्ः

१) साहित्य र कला अरूका निम्ति नभै आफ््नै मन बहलाउन (स्वान्त सुखाय) सिर्जिन्छ ।

२) साहित्य र कला केवल मनोरञ्जनका साधन हुन्, यिनको अरू कुनै सामाजिक उद्देश्य हुँदैन ।

३) जसमा सबैको हित गर्ने भावना छ, त्यही साहित्य हो ।

४) साहित्य र कला स्वतन्त्र र पवित्र कुरा हुन्, राजनीतिजस्तो फोहोरी विषयमा मुछेर यिनको स्वतन्त्रता र पवित्रता नष्ट गर्नुहुँदैन ।

५) कला कलाकै निम्ति हो । आदि । 

तर व्यावहारिक क्षेत्रमा गहिरिएर हेर्दा र आजसम्मका साहित्य र कलाहरूको इतिहासलाई हेर्दा माथि भनिएका एउटा परिभाषामा पनि वास्तविकता भेटिन्न, बरु प्रत्येक परिभाषालाई केलाएर हेर्ने हो भने यिनमा सामन्ती र पूँजीपति वर्गले कसरी आफ्ने वर्गीय स्वार्थको रक्षा गर्न वास्तविकतालाई तोडमोड गरेर भ्रमको रेशमी जाल फिँजाएका छन् भन्ने प्रष्ट हुन्छ । अब यो भनाइलाई एकएक गरेर हेरौँ ।

पहिलो परिभाषाले भन्दछ— साहित्य र कला आफ्नै मन बहलाउन (स्वान्तः सुखाय) मात्र सिर्जिन्छ तर आजसमम प्रकाशमा आएका कुनै साहित्यलाई हामी यस्तो देख्दैनौँ । यदि आफ्नै मन बहलाउन मात्र लेखिएको भए त्यसलाई छाप्नु र प्रचारप्रसार गर्नुको कुनै अर्थ हुँदैन । त्यसैले यो भनाइ एकदमै वाहियात र ढोँगपूर्ण छ । 

दोस्रो परिभाषाले— साहित्य र कलालाई केवल मनोरञ्जनको विषयमात्र मान्दछ । पहिलो परिभाषा र यसमा अन्तर यत्ति छ कि पहिलोले एकजनाको मनोञ्जनको कुरा गर्दछ भने दोस्रोले एक वा धेरै जनाको । तर आजसम्मका साहित्य र कलाहरू (चाहे जुनसुकै वर्गका किन नहोउन्) केवल मनोरञ्जनका निमित मात्र निर्माण भएका छैनन्, यो कुरा स्पष्ट छ । साहित्य र कला मनोरञ्जनका निम्ति बाहेक अर्तिउपदेश, एकता, उत्साह, प्रेरणा, ज्ञान आदिआदि कैयौँ उद्देश्यका निम्ति हुन्छन् भन्ने कुरा विश्वका प्रत्येक साहित्य वा कलाकृतिले सजिलै देखाउन सक्तछन् । 

तेस्रो परिभाषाले भन्दछ— साहित्यमा सबैको हितको भावना अर्थात् मानिस मानिसका बीच कुनै भेदभाव नराखी समान रुपले हितको भावना हुनुपर्दछ । यो त कुनै हालतमा नि हुनै नसक्ने कुरा हो, किनभने मानिसको इतिहासमा जहिलेदेखि समाज अलगअलग वर्गमा बाँडियो, त्यस बेलादेखि नै सबैको समान हित भन्ने कुरा बाँकी रहेन । समाजका एकथरी शोषक वर्ग छन् र अर्काथरी शोषित वर्ग छन् । एउटै कुरा दुवैको हित गर्ने हुनै सक्तैन । त्यसैले साहित्य र कला पनि आफ्नोआफ्नो वर्गको हितको निम्ति शोषक वर्गका छुट्टै र शोषित वर्गको छुट्टै हुन्छन् । जस्तो कि वेद, पुराण, वाइविल, कुरानजस्ता धार्मिक साहित्य र सारा पूँजीवादी साहित्यले सामन्त र पूँजीपति वर्गको हितको कुरा गर्दछन् भने मेक्सिम गोर्कीको ‘आमा’ अस्रोवस्कीको ‘अग्निदीक्षा’, लूस्यूनका निबन्धहरू, केवलपुरे किसानको ‘बाघ आयो’ आदिजस्ता कृति र अरू सम्पूर्ण माक्र्सवादी साहित्यले श्रमजीवी शोषित वर्गको हितको कुरा गर्छन् । त्यसरी नै कलाको क्षेत्रमा पनि राजामहाराजाका दरबार, मन्दिर पूँजीपतिहरूका महलका शृङ्गारप्रधान नाङ्गा मूर्ति, चित्र, सङ्गीत र नाटकहरूले शोषकवर्गको हित गर्दछन् भने आजका जनवादी, सामाजवादी देशहरूका कला, चित्र, नाटक र सङ्गीतहरूले शोषित वर्गको पक्ष लिन्छन् ।

अब गाउँ चौथो परिभाषामा । चौथो परिभाषाले साहित्य र कलालाई राजनीतिदेखि अलग हुनुपर्दछ भन्दछ । यस भनाईमा त शोषक र प्रतिक्रियावादी वर्गकै सबभन्दा ठूलो राजनीतिक चालबाजी घुसेको छ । आखिर राजनीति भनेको के हो ? यसबारे हामी बडो प्रष्ट हुन आवश्यक छ । राजनीति कुनै एउटा अनौठाको जनावर त हैन । राजनीति भनेको प्रत्येक वर्गले आफ्नो वर्गका स्वार्थ रक्षाका निम्ति बनाएको दृष्टिकोण हो । शासक र शासित या शोष्क र शोषित दुई वर्गको अलगअलग वर्गस्वार्थको विचारधारा हो । जब समाजमा अलगअलग वर्गहरू छन् भने त्यहाँका साहित्यकार र कलाकारहरू पनि विनाअपवाद कुनै न कुनै वर्गमा अवश्य पर्दछन्, त्यसैले उनीहरूले निर्माण गरेको साहित्य र कलामा पनि उनीहरूका आफ्नोआफ्नो वर्ग हितका कुरा सचेतन वा अचेतन रुपमा अवश्य नै पर्दछन् र अर्को कुरा कला र साहित्यको राजनीतिसँग सम्बन्ध हुन्छ या हुँदैन भन्नुको बाहिरी अर्थ समस्यामूलक हुन्छ या काल्पनिक उडानमा आधारित हुन्छ भन्नु हो । समस्यामूलक साहित्य प्रष्टतः राजनीतियुक्त हुन्छ र काल्पनिक उडानको साहितयमा बाहिरबाट त राजनीतिक छाप देखिन्न तर त्यस्तो साहित्य जनतालाई भुलभुलैयामा पार्न शोषक वर्गद्वारा तयार गरिने हुँदा स्वतः एउटा राजनीतिक चालबाजी हो । त्यसैले राजनीतिदेखि बिलकुल अलग र स्वतन्त्र साहित्य र कलाको रचना हुनै सक्तैन । तर शोषकवर्गमा वकिलहरू भने अगाडिदेखि नै सचेत छन् । उनीहरूलाई यो कुरा राम्ररी थाहा छ कि श्रमजीवी जनताको राजनीतिले लैस भएका साहित्य र कलाको सिर्जना हुन थाल्यो भने त्यसले शोषक वर्गका विरुद्ध हुने क्रान्तिका निम्ति जनतालाई ठूलो मद्दत मिल्नेछ । जनताले ती बलिया हतियार हाम्रा शोषणका व्यवस्थामाथि प्रहार नगरून् भन्ने बठ्याइँले नै शोषकह्रु साहितय र कलाबारेमा यस्ता भ्रम फिँजाउने गर्दछन् । तर, शोषकवर्गको सम्पूर्ण इतिहासलाई हेर्दा हामी प्रष्टरुपमा देख्दछौँ कि उनीहरूले जहाँ पनि र जहिले पनि झट्ट चाल नपाइने कलात्मक तरिकाबाट साहित्य र कलालाई आफ्नै राजनीतिको साँचोमा ढालेर श्रमिक जनताका विरुद्ध शोषको हतियारका रुपमा प्रयोग गर्दै आएका छन् । आजसम्मको धार्मिक साहित्यमा जात, पात, वर्ण, सम्प्रदाय, भाग्यवाद, पूर्व–पुनर्जन्मवाद, लोक–लोकान्तरवाद, ईश्वर–देवी–देवता आदिआदिको अनेक रहस्यवादी भ्रम सिर्जना गरेर जनतलाई फुटाएर शासन र शोषक गर्नको निम्ति सिर्जिएको चालबाजी के शोषक वर्गको राजनीति हैन ? के यसै उद्देश्यका निम्ति जनतालाई अन्योलमा पार्न बनाइएका लाखौँलाख मन्दिरहरू र देवीदेवताका मूर्तिहरू जनता ठग्ने कलाात्मक साहित्य र कलाको घुम्टोमा आफ्नो राजनीति घुसाएर शोषण गर्दै आएको छ भने पूँजीवादीहरू– स्वच्छन्दतावादी व्यक्तिवादी, स्वतन्त्रावादी (फ्रायडवादी), वर्ग समन्वयवादी, अमूर्तवादी, भाववादी आदिआदि अनेक भ्रमपूर्ण साहित्य र कलाको सिर्जना गरी क्रान्तिकारी चेतनशील श्रमिकवर्गलाई अन्योलमा पार्ने र बहकाउने राजनीति खेलिरहेका छन् । अनि अर्कातिर श्रमिक शोषित जनताले पनि द्वन्द्वात्मक भौतिकवादी, प्रगतिवादी, यथार्थवादी, विकासवादी, वर्गसङ्घर्षवादी आदिआदि साहित्य र कलाको सिर्जना गरी क्रान्तिका निम्ति र शोषणबाट मुक्तिको राजनीतिलाई अगाडि बढाइरहेछन् । तसर्थ हामीले प्रष्टसँग बुझ्नैपर्दछ कि विनाराजनीतिक उद्देश्यको साहित्य र कलाको कल्पना गर्नु हावा र पानीविना जीवनको कल्पना गर्नुजस्तै असम्भव कुरा हो ।

अब पाँचौँ परिभाषाले भन्दछ— “कला कलाकै निम्ति हो ।ूू यो के भनेको ? माने, कलाको कुनै उद्देश्य नहुनाले कलाको उद्देश्य कला नै हो । यो त ज्यादै आश्चर्यलाग्दो कुरा हो । त्यसो भए त कला र मानिसको कुनै सम्बन्धै भएन । मूर्ति मूर्तिकै लागि हुनेभयो, त्यसलाई सबले देख्ने ठाउँमा राख्ने आवश्यकर्त भएन । नाटक नाटककै लागि, दर्शकको लागि हैन । किताब किताबकै लागि, विद्यार्थीको लागि हैन । यस्ता कुरालाई त हामी खुस्केका दिमागको करतूत भन्दा बढी केही पनि भन्न सक्तैनौँ । 

यस्ता खालका परिभाषा गर्ने विचारहरूले काव्य, नाटक आदिका पात्रपात्राहरूको चुनावको पनि निर्देशन गर्दछन् । उनीहरूका अनुसार काव्य, नाटक आदिका पात्रपात्राहरू कुलीन, राजवंशी, धीरोदात्त, धीरललित आदिआदि हुनुपर्छ । यसको अर्थ हो— काव्य या नाटक आदिका पात्र–पात्राहरू माथिल्ला वर्गका मानिस मात्र हुन सक्छन् र यसबाट यो कुरा पनि प्रष्ट हुन्छ कि यस्ता पात्र–पात्राहरू आफ्नै वर्ग–चरित्र, वर्ग–राजनीति र वर्ग–स्वार्थ अनुरुपकै भूमिका पनि पूरा गर्दछन् । 

यिनै कुरालाई निचोडको रुपमा बुझ्न कमरेड माओत्सेतुङका यी पङ्क्तिहरू ज्यादै लाभदायक हुनेछन्—

“वास्तवमा कला कलाको निम्ति, वर्गहरू भन्दा माथिको कला, राजनीतिबाट अलग वा स्वतन्त्र कला भन्ने केही कुरा छैन । सर्वधारावादी साहित्य र कला सम्पूर्ण सर्वहारावादी क्रान्तिकारी उद्देश्यका एक भाग हुन् । लेनिनले भन्नुभएझैँ— ती सम्पूर्ण क्रान्तिकारी मेशिनका ‘दाँती र पेच–किला’ हुन् ।  

त्यसैले आज हामीले साहित्य र कलाको उद्देश्य र महŒवबारे कुनै भ्रममा नपरी प्रष्ट धारणा बनाउनैपर्छ । आज नेपालका प्रतिक्रियावादी वर्गले राष्ट्रिय संस्कृतिको नाममा सामन्तवर्गको संस्कृति जनतामाथि लाद्दै छ । उसले संस्कृतिलाई शाश्वत र वर्ग–निरपेक्ष रुपमा पेश गरी जनतालाई अन्योलमा परिरहेको छ । अतः आज हामीले राष्ट्रिय संस्कृतिको पनि सही परिभाषा बुझ्नुपर्छ । यस कुरालाई नयाँ जनवादी कार्यक्रममा प्रष्ट  गरिएको छ ।

संस्कृति कुनै दिव्य शक्तिको देन तथा अपरिवर्तनशील नभई सामाजिक विकासको क्रममा उत्पन्न हुने र त्यसमा परिवर्तन हुनासाथ परिवर्तन हुँदै जाने मानसिक क्रियाकलाप हो । कुनै पनि संस्कृतिमा कुनै एक आर्थिक तथा राजनीतिक व्यवस्थाको प्रतिबिम्ब हुन्छ । अतः संस्कृति विशुद्ध रुपले राष्ट्रिय नभई वर्गीय छापले रङ्गिएको हुन्छ । तसर्थ राष्ट्रिय संस्कृतिको परिभाषा पनि युगअनुसारको हुन्छ । (पृ. ४६)

अतः आजका प्रत्येक क्रान्तिकारी साहित्यकार र कलाकारले नेपालको भोकोनाङ्गो, कालोमैलो र शोषित–पीडित वर्गका मुक्तिको राजनीति बुझ्नै पर्दछ अनि आफना साहित्य र कलाजस्ता सम्पूर्ण संस्कृतिका अङ्गहरूलाई त्यस वर्गीय चेतनाले (सामन्तवाद र साम्राज्यवादका विरुद्ध नयाँ जनवादी राजनीतिक चेतनाले) लैस पारी आफ्ना दुस्मनहरूलाई लड्ने सशक्त हतियारको रुपमा तयार गर्नै पर्दछ । हामीले विश्वका क्रान्तिकारी जनताका अनुभवको अध्ययन गरी साहित्य र कलालाई क्रान्तिको निम्ति बढीभन्दा सशक्त र उपयोगी कसरी बनाउन सकिन्छ भन्ने कुरामा प्रयास गर्नुपर्छ । “साहित्य र कला मनोरञ्जनका विषय मात्र हुन्, यी काल्पनिक र बसिबियाँलो गर्ने कुरा हुन् । राजनीतिदेखि बिलकुल अलग कुरा हुन्” इत्यादि रुपमा फटाहा शोषकवर्गले फिँजाएको जाल तुरुन्तै च्यात्नुपर्छ र साहित्य र कला आदि संस्कृतिका अङ्गहरूलाई निर्विवाद रुपले क्रान्तिका साधनको रुपमा प्रयोग गर्नुपर्छ । 

शोषकवर्गले एउटा अर्को भ्रम फिँजाएको छ । त्यो के हो भने— ‘साहित्यकार र कलाकार छुट्टै किसिमका काल्पनिक संसारका अलौकिक प्राणी हुन् । उनीहरूभित्र  एउटा छुट्टै अहम्, महŒवाकाङ्क्षा र आत्मसम्मानको भावना हुन्छ । उनीहरूलाई कुनै पनि किसिमका सामाजिक विधान, निमय र अनुशासनका बन्धनमा रहन मन पर्दैन । त्यसैले उनीहरू स्वच्छन्द, मनमौजी र अद्र्धसिल्ली किसिमका हुन्छन् । समाजप्रति उनीहरूको खास कुनै उत्तरदायित्व छैन, तर तिनीहरू कल्पनिक संसारका निर्माता र मनोरञ्जनका साधन हुनाले समाजका अरू वर्गको भन्दा उनीहरूको बढी सम्मान गर्नुपर्छ’ इत्यादि । उनीहरूको यसो भन्नुको उद्देश्य श्रमिक वर्गकै लेखक–कलाकारलाई वर्गीय अडानबाट बहकाउनको निम्ति हो र यस्तै भ्रम एवम् बहकाउको शिकार भएर साँच्चै नै आफूलाई अलौकिक र अजीव प्राणीको रुपमा प्रदर्शित गर्न खोज्ने साहित्यकार र कलाकारको पनि कमी छैन । उनीहरू वैराग्यको अभिनय गर्ने जोगीले झैँ आफूलाई सामाजिक बन्धन र दायित्वदेखि मुक्त भएको हाक्काहाकी घोषणा गर्दछन् तर सच्चा क्रान्तिकारी साहित्यकार र कलाकारले यस्ता आडम्बरहरूबाट पन्छिनै पर्छ । हामी सांस्कृतिक क्षेत्रका काम गर्नेहरू कवि, लेखक, चित्रकार, मूर्तिकार, शिल्पकार, गीतकार, सङ्गीतकार, नृत्यकार, गायक, शिक्षक आदि जोसुकै भए तापनि समाजकै एक–एक अङ्ग हौँ । हामी आफ्नो समाजको राजनीतिक, आर्थिक, सामाजिक र वर्गीय अवस्थादेखि माथि एक्लै मुक्त र स्वतन्त्र भएर कुनै हालतमा पनि रहन सक्तैनौँ । हामीमध्ये कसैले पनि आफूलाई समाज र कुनै वर्गदेखि छुट्टा, विशिष्ट, स्वतन्त्र, स्वच्छन्द र मुक्त ठान्नु र आफ्नो कामलाई अरू श्रमजीवीहरूको कामभन्दा विशिष्ट, समाजको सुखदुःखको समस्यादेखि छुट्टा, भावनात्मक, व्यक्तिगत शौक र मनोरञ्जनको मात्र विषय ठान्नु वास्तविकतादेखि चिप्लिएर आफूलाई आफ्नो वर्गका सम्पूर्ण जनतालाई धोखा दिनु हो । यस्तै भ्रममा भट्कनेहरू नै जब काल्पनिक र आधारहीन स्वच्छन्ताको खोजमा विनामेसै दगुर्छन् र जब निराशा र असफलताबाहेक केही हात लाग्दैन, अनि हतास र उदास भएर रक्सीको घ्याम्पोमा मुख गाड्दै “मदिरा मेरो जीवनसाथी”, “म मुर्दा भएको तिमी आज हेर”, “ए मैले पिएकोमा रिसाउनेहरू, पिएर त हेर पिउनु झन् गाह्रो छ” जस्तो प्रलापमा बर्बराउँदै साहित्यिक रचनाको ढोँग देखाएर पलायन र मृत्युका राग अलाप्न थाल्दछन् । तर जनताको मित्र, क्रान्तिकारी र प्रगतिवादी–यथार्थवादी सांस्कृतिक योद्धाहरू आफ्नै समाजलाई आफ्नो आधारभूमि मान्दछन् र आफूलाई कहिल्र्यै समाजदेखि अलग, स्वच्छन्द र विशेष ठान्दैनन् । उनीहरू आफ्नो समाजको राजनीतिक, आर्थिक र सामाजिक स्थितिमा आधारभूत परिवर्तन ल्याएमा मात्र समाजका सारा परिवार मुक्त हुँदा हामी पनि त्यसैको इकाईको रुपमा स्वतः मुक्त हुन्छौँ भन्ने दृढ विश्वास राख्छन् । उनीहरू राम्ररी जान्दछन्— साहित्य र कलाद्वारा मानव इतिहासलाई न्यायपूर्ण दिशामा लैजान र वैज्ञानिक संस्कृतिको निर्माण गर्नमा ठूलो योगदान दिन सकिन्छ । त्यसैले उनीहरू यस्ता महान् जनवादी युद्धमा आफूलाई कायर, नपुंशक सावित गर्दै तटस्थ र पवित्र बन्ने ढोँग रचेर बस्न सक्दैनन् । आजको स्थितिमा जब कि देशमा पञ्चायती व्यवस्थाको नाममा सामन्ती व्यवस्थाले अन्याय र अत्याचारको नाङ्गो नाच नाचिरहेछ, उसैको निमन्त्रणामा विदेशका एकाधिकार पूँजीवादी र साम्राज्यवादीहरू देशमा घुसपैठ र जनशोषणलाई तीव्र पारिरहेछन्, त्यसबेला साहित्यकार र कलाकारहरूले किसान र मजदुर उठेपछि मात्र हामी साथ दिन जाउँला भन्ने खालका क्रान्तिकारी भएर मात्र पुग्दैन । आफ्ना समाजको बुद्धिजीवी वर्गको हैसियतले आज हामीले शत्रुपक्षको जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई, जनक्रान्तिको सैद्धान्तिक पृष्ठिभूमि तयार पारेर जनतलाई चेतनशील र सङ्गठित पार्न र आफ्ना पक्षको उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिम दस्ताको भूमिका पनि पूरा गर्नुपरेको छ ।

जनक्रान्तिको पक्ष लिने परिवर्तनवादी वैज्ञानिक विचारकहरू संसारको कुनै पनि कुरालाई स्थिर, सनातन, शाश्वत र अपरिवर्तनशील मान्दैनन् । उनीहरूको विचारमा संसारका प्रत्येक कुरा परिवर्तनशील छ र सामाजिक व्यवस्थालगायत समाजका सारा कुराहरू समयअनुसार परिवर्तनशील भइरहनु अनिवार्य कुरा हो । 

नेपालको इतिहासमा पनि समयअनुसार संस्कृति कसरी फेरिँदै आयो भन्ने कुरामा नयाँ जनवादी कार्यक्रमको यो उद्धरण मननीय छ :

“समाज विकासको क्रममा मातृसत्तात्मक समाज देखापर्दा ‘मातृभक्ति’, पितृसत्तात्मक समाज देखापर्दा ‘पितृ उद्धारसमो धर्म नाई’ सामन्ती समाज देखापर्दा ‘नर नारायण’ अद्र्ध सामन्ती समाजमा परिवर्तन भएपछि ‘मानिसहरूका काँध चढी कुन मन्दिरमा जाने हो ?’ र त्यस्तै पूँजीवादी व्यवस्थाको प्रभावले गर्दा अद्र्धसामन्ती समाजका मजदुरवर्ग देखा परेपछि ‘पहाड–पर्वत खोलानाला जग्गा जमिन सबको, माकि हामी दास बनौँ किन हिस्सा सबमा सबको’ भन्ने संस्कृति नेपालमा देखापर्न आयो ।ूू (पृ. ४६–४७)

त्यसैले आज हामी क्रान्तिकारी सांस्कृतिक योद्धाहरूको परिवर्तनको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थितिको मूल्याङ्कन गरेर आफ्ना कलाको पनि समयसुहाउँदो रचना गर्नुपर्छ । आज हाम्रो राष्ट्रमा सामन्ती, अद्र्धसामन्ती र अद्र्धउपनिवेशमाथि स्थिति छ र त्यसका विरुद्ध आमजनतामा नयाँ जनवादी क्रान्तिकारी दृष्टिकोण विकसित हुँदै गएको छ । अर्कातिर सम्पूर्ण विश्वस्तरमा हेर्ने हो भने एकातिर जर्जर पुरानो मक्किएको थोत्रो विश्वलाई टिकाएर शोषक, शोषिक, धनी, गरिब, मालिक, नोकर, सभ्य–असभ्य, छूत–अछूत, कुलीन, गैरकुलीन आदिले भरिएको नारकीय सामाजिक व्यवस्था कायम राखी आफू मालिक बन्न गौरव ठान्ने सामन्ती, पूँजीवादी, उपनिवेशवादी, साम्राज्यवादी र संशोधनवादी जस्ता प्रगतिविरोधी दृष्टिकोण लिएका शक्तिहरू छन्, जो लड्दालड्दा हार खाई विनासको ओरालोतिर लाग्दै छन् । तर अर्कातिर विश्वका सम्पूर्ण असमानता, शोषण र भेदभाव समाप्त गरी भाइचारको संसार निर्माण गर्न मनपर्ने र कसैका कमारा भएर बस्न नरुचाउने विकासोन्मुख प्रगतिशील शक्तिहरू जनवाद, समाजवाद र साम्यवादको पक्षमा सङ्घर्षरत रही विजयपछि विजय पाउँदै प्रगतिको शिखरतिर लम्किँदै छन् । यसै महान् लामो सङ्घर्षको परिणाम स्वरुप नै आज विश्वका एक तिहाईभन्दा बढी जनता पुरानो अन्यायपूर्ण अँध्यारो युगलाई पार गरी समाजवादको उज्यालोमा पुगिसकेका छन् र कैयौँ समाजवादी देशका जनता त समाजवादबाट साम्यवादतिर लम्किने तयारीमा छन् । यस्तो स्थितिमा हामी नेपाली जनता पनि कुनै हालतमा आँखा चिम्लेर अँध्यारोमा बसिरहन सक्दैनौँ । नेपाली जनता गत चार दशकबाट आफ्नो देशको अन्यायपूर्ण व्यवस्थाका विरुद्ध त्याग, बलिदान र सङ्घर्ष गर्दै आएको र बीचमा पाएका आंशिक सफलताहरूलाई पनि षड्यन्त्र, धोका र छलकपटबाट प्रतिक्रियावादी शोषक वर्गले समाप्त गरिदिएको कुरा हाम्रो अगाडि नै छ । किन्तु २००७ सालदेखि आजसम्ममा जनताको चेतनाको चेतनस्तर धेरै अगाडि बढिसकेको छ र इतिहासले श्रमिकवर्गलाई जनक्रान्तिको नेतृत्व सम्हाल्नैपर्ने स्थितिमा पुर्याएको छ । त्यसैले आज पूँजीवादी वर्गको ढुलमुल नेतृत्वका भ्रम्बाट जनतालाई मुक्त गर्नुपर्ने बेला आएको छ । किनकि, ऐतिहासिक स्थिति एवम् राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्थाले गर्दा आज पूँजीपतिवर्ग जनक्रान्तिको निर्णायक भूमिका पूरा गर्न नसक्ने स्थितिमा पुगेको छ । 

तर, सामन्ती पूँजीवादी र साम्राज्यवादीहरूले फिँजाएका भ्रम र कम्युनिष्ट सङ्गठनमा संशोधनवादी नेतृत्वले ल्याएको अन्योल आदिले गर्दा आज पनि आमक्रान्तिकारी श्रमवर्गीय जनतामा पूरा वर्गीय चेतना र क्रान्तिकारी एकताको पूर्ण विकास हुन सकेको छैन । आज पनि हामी देख्दै छौँ— शोषिकत वर्गका कैयौँ साहित्यकार र कलाकारहरू (तीमध्ये कतिपय माक्र्सवादको नाम लिएता पनि) वर्गीय चेतनाको अभावले शोषक वर्गले फिँजाएका भ्रमजालमै रुमल्लिइरहेछन् । आज पनि उनीहरूले शोषक वर्गले फिँजाएका भ्रमहरूलाई नै आफ्नो दृष्टिकोण बनाएर क्रान्तिकारी कला र साहित्यको विरोध गर्दै आफ्नो घाँटीमा बाँधिएको दाम्लो आफैँ कस्दै लगिरहेका छन् । आफ्नो वास्तविक हित केमा छ भन्ने कुरा ठम्याउन नसकी तुच्छ सम्मान र सानातिना पुरस्कारमा फुस्लिएर खूब ‘नाम र इज्जत’ कमाएको भरमा परी शोषक वर्गका माइक र कठपुतली भएर नाच्दै आमजनताको मुक्तियुद्धमा अड्चन बनेर बसिरहेछन् र कतिपय कविकलाकारहरू वर्गीय दृष्टिले अलिकति चेतनशील हुँदाहुँदै पनि भयङ्कर आर्थिक समस्याले गर्दा शोाक वर्गसमक्ष आत्मसमर्पण गर्न बाध्य भएका छन् । यस्तो स्थितिमा आज हामीले यी सारा समस्याहरूका विरुद्ध लड्न एउटा सांस्कृतिक मोर्चाको गठन गर्नु आवश्यक भएको छ र आजसम्मका कला, साहित्य र संस्कृतिको सिंहावलोकन गरी आजको विशेष स्थितिमा कला र साहित्यको उद्देश्य र रुप निर्धारण गरी ऐतिहासिक जनक्रान्तिको तयारीमा जुट्नुपरेको छ । 

नेपालमा साहित्य र कलाको विकास र वर्गीय हितमा तिनको प्रयोग

अन्यत्रका सबै ठाउँको इतिहासमा जस्तै नेपालमा पनि वर्गीय समाजको उदय हुनुभन्दा अघि मातृसत्तात्मक व्यवस्था थियो भन्ने कुरा “नेपालमा मातृसत्तात्मक समाज” भन्ने किताबमा कमरेड पुष्पलाले विभिन्न ऐतिहासिक प्रमाणहरूद्वारा सिद्ध गर्नुभएको छ । त्यो व्यवस्था कुन समयदेखि कुन समयसम्म थियो भन्ने कुरा अझै अनुसन्धानकै विषय छ तर पनि आजको दुईहजार वर्षभन्दा बढी समयबाट नेपालमा पितृसत्तात्मक, सामन्ती व्यवस्था सुरु भएको कुरा प्रमाणित भइसकेको छ । विकासका प्रारम्भिक चरणहरू पूरा गर्दै आएको उक्त सामन्ती व्यवस्था मानदेव प्रथम (वि. ५२०–५५७) सम्म आइपुग्दा सङ्गठित ससाना राजतन्त्रमा परिणत भइसकेका प्रमाणहरू प्राप्त भएका छन् । यसरी विकसित हुँदै गएका सामन्ती राजतन्त्रहरू शताब्दियौँसम्म लड्दैलड्दै गएर अठारौँ शताब्दीमा त्यसबेला बल्ल आजको विस्तृत नेपालको सामन्ती राजतन्त्रमा परिणत हुन्छन् जब कि युरोपका अधिकांश भागमा सामन्तवादको चिहानमाथि पूँजीवाद उभ्भिइरहेको हुन्छ । नेपालमा राजतन्त्रको यस सम्पूर्ण विकास क्रममा शासक वर्गले सामन्ती वर्ग–स्वार्थको हित र शासित जनतालाई भ्रममा पारेर दमन र शोषण गर्नको निम्ति साहित्य र कला लगायत समपूर्ण सांस्कृतिक साधनहरूको उपयोग गर्दै आएको छ । भूत, प्रेत, पिचासका प्रारम्भिक किस्सादेखि पूर्वजन्म, पुनर्जन्म र भाग्यवाद लगायत देवीदेवता, ईश्वर ब्रह्मा सम्मको वर्णनमा कथिएका र लेखिएका सम्पूर्ण धार्मिक एवम् शृङ्गारका साहित्य र तिनलाई पुष्ट्याउन निर्माण गरिएका हजारौँ मन्दिर, देवमूर्ति एवम् चित्रकला, भित्ति चित्र, गीत, नाटक आदिले शाशकवर्गलाई ठूलो सहयोग पु¥याउँदै आएका छन् । यसरी सामन्ती सत्राका ठेकेदार राजा, गुरुपुरोहित, सन्त–महन्त, लामा, मुल्ला–मौलवी आदिको हजारौँ वर्षको षडयन्त्रबाट जेलिएको अध्यात्मवादी–भावनावादी जालमा आज पनि लाखौँ जनता बल्झिरहेकै छन् र त्यसै जालमा झन् कसिँदै जानु नै मुक्तिको बाटो हो भन्ने सामन्ती दार्शनिकको फट्याइँले अझसम्म समाजमा जरा गाडेकै छ । 

मानव–समाज आदि मातृसत्तात्मक साम्यवादी युगबाट अघि बढेर पितृसत्तात्मक दासयुगका पुग्दा समाजमा शासक र शासित एवम् मालिक र कमारा दुई वर्ग देखापर्छन् । त्यसै युगमा नै सामूहिक सम्पत्तिको ठाउँमा निजी सम्पत्ति र निजी उत्तराधिकारीको व्यवस्था सुरु हुन्छ । पुरुष वर्ग स्वामीको स्थानमा र नारी दासी र लोग्नेकै सम्पत्तिको रुपमा परिणत हुन्छन् । समाजको त्यही वर्गस्थिति र शोषण एवम् दमनलाई कायम गर्न र राज्यसत्तालाई बलियो पार्न नै शासकवर्गले भाग्यवाद र पूर्व–पुनर्जन्मवादको आविष्कार गरेको हो । यही क्रम बढ्दै गएर ईश्वरवाद र ब्रम्हावादसम्म पुग्यो । हामीले नेपालको मात्र हैन, जुनसुकै पनि अध्यात्मवादी साहित्यको विश्लेषण गरेर हेर्यौँ भने जहाँ पनि व्यक्तिगत सम्पत्तिको सुरक्षामा जोड दिइएको, शासित वर्गलाई अनेक किसिमबाट भ्रममा अल्झाइएको र सामाजका सारा शोषण, उत्पीडन, अन्याय, अत्याचार र असमानताहरूलाई पूर्वजन्मका भाग्यको फलबाट भएको हो भननी अनेक किसिमका रहस्यवादी कथाहरूबाट घुमाईफिराई समर्थन गरेको देखिन्छ । ती सम्पूर्ण साहित्यकारहरू समाजका शोषकहरूको वर्गचरित्रमा पर्दा लगाइदिन्छन् र उनीहरूलाई सूर्यचन्द्रका वंश र ईश्वरका अवतारसम्म बनाएर छोडिदिन्छन् । तिनका हुकुम चलाउने राजा, धनी, जमिनदार आदि बन्नु वा गरिब, सुमुम्बासी बन्नु यसै समाजका माथिल्ला वर्गले कायम गरेको शोषणको अन्यायपूर्ण व्यवस्थाको कारणले हो भन्ने वास्तविक तथ्यलाई बडो चतुर्याइँसाथ ढाकिएको हुन्छ र तिनीहरूको सम्पत्ति र ऐशआराममाथि आँखा लगाउनेलाई अर्को जुनीमा यस्तो, उस्तो दुःख पाउनुपर्छ र नरकमा यस्तोयस्तो याता दिइन्छ भन्ने गफ बेलिविस्तारमा हाँकिएको हुन्छ । शासकवर्गबाट जनता ठग्न रचिएका यस्ता साहित्यलाई यिनै शोषकहरूले लेखेका झुट्टा कुरा हो भनेर जनताले विरोध गर्लान् भन्ने डरले— “यी हामीले हैन, ईश्वरले रचेका (अपौरूषेय) कुरा हुन् र त्यसै हुनाले यी सधैँ सत्य त्रिकाल सत्य छन्” भनी न्याय र अधिकारको निम्ति बोल्न खोज्ने जनताका मुखमा अगाडिबाट नै ताल्चा ठोक्ने प्रयास गरिएको हुन्छ । भारतीय वेदहरूमा वेदान्त, न्याय, वैसेषिक, मीमांसा आदि सारा सामन्ती दर्शनहरूले अपौरूषेय भनेर ढोल पिट्दै आएका छन् । ईशाई धर्मका जन्मदाता ईशामशीले आफूले अज्माएका कुरालाई ईश्वरको प्रेरणाले पाएको ज्ञान भनेका छन् र त्यही कुरा नै पारसी धर्ममा आचार्य जरथुस्त्र, यहुदी धर्मका आदि गुरु अव्राहिक एवम् इस्लाम धर्मका प्रवर्तक मुहम्मद साहबजे पनि समानरुपले भनेका छन् । त्यही आधारमा नै आजसम्म पनि हिन्दू शासकहरू ‘वेद’, ईशाईहरू ‘बाइबल’, पासरीहरू ‘जेन्दावस्ता’, यहूदीहरू ‘प्रोवब्र्स’ र मुसलमानहरू ‘कुरान’ लाई ईवरकृत रचनाको दुहोलो दिँदै आएका छन् । तर दुर्भाग्य, रुसको जारशाहीलाई ईश्वर अवतार सिद्ध गर्ने ‘ईश्वरकृत धर्मग्रन्थहरू र चीनका जनतालाई रनभूल्लमा पार्न लेखिएका कन्फ्यूसियस परम्पराका कृतिहरू जनक्रान्तिको आगोमा भष्म खरानी भए । 

एकातिर यसरी शासक वर्गले आफ्ना कृतिहरूलाई ईश्वरका कृति भन्दै आएका छन् भने अर्कातिर ती कृतिहरूको विरोध गर्ने कुनै पनि व्यक्ति वा विचारलाई हमेशादेखि दमन गर्दै आएका छन् । हिन्दूधर्मलाई काखी च्याप्ने शासकहरूले वेदको विरोध गर्नेहरूलाई भात, पानी नचल्ने गरी समाजबाट बहिष्कार गर्दथे ।  सूर्य स्थिर छ, पृथ्वी घुम्दछ भनेर पुरानो रोमन धर्मग्रन्थका विरुद्ध कुरा गर्दा पादरीहरूले बु्रनोलाई आगामा डढाएर मारिदिए । “मानिसको सृष्टि ईश्वरले गरेको हैन, यो पशुजगत्बाट विकसित प्राणी हो” भन्ने डार्विनको सिद्धान्तलाई आज पनि अमेरिकाका कतिपय धार्मिक विश्वविद्यालयहरूमा पढ्न दिइन्न । अरू त अरू, स्वयम् ईशामसीहलाई नै बहुदेवतावाद र सामाजिक असमानताका विरुद्ध बालेवापत् रोमन सम्राटहरूले सूलीमा चढाएर मारेका थिए । नेपालमा पनि “पशुपतिनाथ ढुङ्गाको मुर्ति हो” भन्ने माधवराज शास्त्रीलाई राणाहरूले प्रतिदिन पशुपतिनाथको दर्शन गर्नैपर्ने सजाय दिएका थिए । यस्ता उदाहरण विश्वको इतिहासमा असङ्ख्य छन् । 

यतिमात्र हैन, सामन्तवादको विकास हुँदै गएपछि शासक राजाहरूले स्वयम् आफैँलाई ईश्वरको अवतारसम्म सिद्ध गर्ने साहित्यको विकास गरे ।  नेपालको इतिहासमा पनि राजालाई ईश्वरका अवतारको रुपमा चित्रित गरेका कैयौँ लेख, शिलालेख, ताम्रपत्र र कविताहरू पाइन्छन् । सबै राजवंशीहरूले आफ्ना वंशलाई सूर्य र चन्द्रसँग जोडेका छन् । नुवाकोटे ठकुरी राजा भास्करदेव वर्माले नामको अगाडि ‘मरमभट्टारक महाराजाधिराज परमेश्वर’ भन्ने उपाधि जोडेका छन् । त्यसरी नै मललवशी राजा जयार्जुनदेवको नामको अगाडि “राजाधिराज, परमेश्वर, परमभट्टारक’ आदि उपाधि जोडिएको छ । पृथ्वीनारायणलाई गोरखनाथले वरदान दिएको कथा जोडिएको छ ।  उनका भाटकवि सुवानन्ददासले पृथ्वीनारायणलाई ‘कृष्णका अवतार’ भनेर लेखेका छन् ।  आज पनि शाहवंशीय राजाहरूले नामको पुच्छरमा जोड्ने गरेको “देव शब्द र स्वस्ति श्री गिरिराज चक्रचूडामणि नरनायणे इत्यादि विविध बिरूदावली ... अति तेजस्वी ... अतिकीर्तिमय .... शाहदेव देवानाम् सदा समरविजयिनाम्” जस्ता परम्परागत प्रशस्तिहरूले पनि त्यसै कुरालाई पुष्ट्याउँछ ।

नेपालका राजारजौटाहरूको स्मृतिमा लेखिएका वंशावली, काव्य, महाकाव्य आदिको खोजी गरे यस्ता बेगिन्ती उदाहरण पाइन्छन् र यसरी आफूलाई ईश्वरको अवतार र परम पराक्रमी भनाउने राजा र उनका आसेपासेहरूले नेपालमा मात्र हैन, जहाँ पनि धर्मको खूब सम्मान गरेको स्वाङ देखाउँछन् र कुनै न कुनै धर्मलाई काखी च्यापी हिँडेका हुन्छन् । त्यसेले नै राजतन्त्र, धर्म र जनशोषण यी तीन कुरा समानार्थक र घनिष्ट नातेदार जस्ता हुँदै आएका हुन् । 

मानदेव प्रथम भन्दा केही समयपूर्वबाट नै नेपालमा बहुवादको प्रचार हुँदै थियो । पुरानो ब्राह्मणवादी हिन्दूधर्मका विरुद्ध उठेको जातपातको भेदभाव र ईश्वर नमान्ने सङ्घवादी बुद्धको नाािस्तक दर्शन नेपालमा हिन्दू राजतन्त्रका निम्ति हानिकारक हुनु स्वाभाविकै थियो । किनकि, त्यसबाट जातीय भेटभाव हटी जनएकताका बलिया आधारहरू तयार हुने र ‘राजा इश्वरको हातबाट जन्म्यो’  भन्ने वेद खण्डित हुँदा रातन्त्रको दैवी सिद्धान्तमा पनि चोट पर्ने डर थियो । त्यसैले भारतवर्षका बुद्धविरोधी राजा–रजौटाहरूको अनुकरण गर्दै मानदेवले चाँगूनारायणको मन्दिर स्थापना गरी हिन्दू धर्मलाई फेरि प्रोत्साहन दिँदै आफ्नो नाममा ‘नरनारायणेत्यादि विपिध विरूदावली’ आदि जोड्न थाले । त्यसपछि पनि जब जनतामा बुद्धका दर्शनको प्रभाव बढ्न थाल्यो, बौद्धहरूले स्वयम्भू पुराण लेखी प्रचार गर्न थाले । हिन्दूराजाको छत्रछायाँमा बसेका सामन्तहरूलाई खट्पटी हुन थाल्यो अनि उनीहरूले पशुपति महात्य लेखाई प्रचार गर्ने र शङ्कराचार्य जस्ता बुद्धविरोधी विद्वान्हरूलाई बोलाई प्रवचन आदि गराउने गर्न थाले । यसरी सैद्धान्तिक झगडा तीव्रतासाथ बढ्दै गयो र यस विवादले गर्दा जब राजतन्त्र र सामन्तवर्गको आथिर्क स्रोतमा समेत धक्का लाग्न थाल्यो, त्यसबेला विवाद शान्त गरी शोषण कायम राख्न नेपाल महात्म्य लेख्न लगाई धर्मको ठाउँमा राष्ट्रवादलाई उठाएर त्यसैको आडमा स्वार्थपूर्ति गर्ने प्रबन्ध भयो । 

भारत र तिब्बतका बीच व्यापारको केन्द्र बन्दै गएको नाताले र यातायातको दृष्टिले समेत काठमाडौँ उपत्यका नेपाली राजतन्त्रको विकासमा निकै सहयोगी हुँदै गएको थियो । काठमाडौँकै प्रभाव र देखासिखीबाट पश्चिमका बाईसे र चौबीसे कविलाहरूमा र पूर्वका किराती कविलाहरूमा सामन्ती राजतन्त्रको विकास हुन थाल्यो । यस्तो मौकामा सामन्ती राजतन्त्रलाई शास्त्रसम्मत र शास्वत सिद्ध गरी अझ दृढ र फराकिलो पार्न त्यसै खालका साहित्य, कला र संस्कृतिको प्रचार गरी सामन्ती संस्कृतिको विकास गराउनु आवश्यक थियो । यो काम पूरा गर्न सक्ने साहित्य हजारौँ वर्ष पूर्वबाट राजतन्त्र हुर्केको भारतमा प्रशस्त हुनाले सबै राजारजौटाहरू त्यसबाट फाइदा उठाउने प्रयासमा लागे । भारतीय सामन्ती साहित्यमा नाम चलेका रामायण, महाभारत, श्रीमद्भागवत, गीता, चण्डी, देवी भागवत्, गरूडपुराण जस्ता किताबहरू मगाई नेपालमा प्रचार गर्न थालियो । यी किताबहरूबाट एकातिर जाति र वर्णगत फूटफाट (‘यो लोक असत्य हो, परलोक सत्य हो’) भन्ने धारणा र धार्मिक ढोँगलाई अझ बढाई जनताको मस्तिष्कलाई झन् कुण्ठित पार्न सकिन्थ्यो । देवपूजाको प्रचारले शक्तिपूजालाई प्रोत्साहन हिलन सक्थ्योभने राम र कृष्णजस्ता राजाहरूको चरित्रमा आस्था बढाउनुको अर्थ राजतन्त्रको महत्व बढाउनु र त्यसप्रति जनआस्था बढाउन योगदान पुर्याउनु हुन्थ्यो । यसै सिलसिलामा प्रत्येक जस्तो राजाले एकउक देउताका नाममा मेला, जात्रा आदिको पनि परम्परा चलाउँदै लगे । यत्रोप्रयास हुँदाहुँदै पनि नेपालमा जयस्थिति मल्लको शासनकाल (सन् १८३०–१४२) सम्म पनि जातपातका भेदभावको बन्धन अझ खुकुलै थियो । बौद्ध दर्शनको प्रचार र मङ्गोलीयन जनसंस्कृतिको अगाडि सामन्ती राजघरानाका षडयन्त्र त्यस बेलासम्म पनि पुर्ण सफल भइसकेका थिएनन् तर जातीय सामन्ती परम्पराको राम्रो अध्ययनको आधारमा जयस्थिति मल्लले जापात, भेदभाव र छुवाछूतलाई तीव्र पारिदिए । यस प्रकारको धार्मिक साहित्यको प्रचारबाट समाजलाई फूटपाट पार्नाले सामन्ती व्यवस्थालाई ठूलो सहयोग हुँदै गएको देखेर आम मध्यमवर्गीय चेतनशील जनतामा त्यसको झन् प्रचार गराउन इलाकीय र भाषागत समस्यालाई समेत ध्यानमा राखी ती ग्रन्थहरू हिन्दी, मैथली, ब्रज, नेवारी आदि भाषामा अनुवाद गराई पुराण–पाठको रुपमा, दाफा भजनहरूका रुपमा, शिलालेखहरूमा, कर्मकाण्ड, यज्ञ–योग आदिमा र अन्य दैनिक व्यवहारका कामहरूमा प्रचार गराइयो । यी सबै काम गराउन र आफ्नो–आफ्नो विषयमा समेत काव्य, प्रशस्ति आदि लेखाउन एवम् कलाकृति बनाउन राजाहरूले दरबारमा कवि, लेखक र कलाकारहरूलाई पाल्न पनि थाले । राजाहरूका प्रशस्ति लेख्ने,शिलालेखका स्तुतिहरू तयार पार्ने, इन्द्रस्त्वम् वरूणस्त्वम् जस्ता प्राथनाले जनतामा राजाको ईश्वरत्व सिद्ध गर्ने, राजा र राजपरिवारको कीर्ति बढाउन र मनोरञ्जाका निम्ति उनीहरूका मूर्ति, तस्बिर आदि बनाउने, नाटक खेल्ने आदि काम यिनै पाल्तू कवि–कलाकारहरू गर्दथे । यही क्रम पृथ्वीनारायणका सुवानन्ददास, चन्द्रशमशेरका जगन्नाथ वैजनाथ सेढाइ आदि हुँदै राजा महेन्द्रका बालकृष्ण सम, केदारमान व्यथित, नीरविक्रम प्यासी आदि पाल्तू साहित्यकारहरूले पूरा गर्दै आएका छन् र आजको युगमा पनि -

“नेपालाधिपतिपिष्णोबतारो जनप्रियः
राजास्माकं चिरं जीवेत् महेन्द्रो दीनवत्सलः ।

(नेपालका मालिक, जनताका प्यारा, भगवान् विष्णुका औतार, दीनदयालु हाम्रा राजा महेन्दै चिरंजीवी होउन् । पार्थमणि (गो.प. ३०-२-०२८) भनेर लाज पचाई राजाको स्तुति गर्नेहरू छँदैछन् । 

यसरी नेपालका सामन्तवर्गले सारा साहित्य, कला र संस्कृतिलाई आफ्नो वर्गस्वार्थको हतियार बनाउन र जनतालाई गधा, गोरू र भेडाबाख्रासरह बनाउनमा उपयोग गर्दै आएको छ । आज पनि यो ऐतिहासिक सामन्ती–संस्कृतिको चपेटामा परेका थुप्रै जनता तिनै सामन्ती साहित्य पाठ गरी ईश्र भेट्ने र जनचेतना कुण्ठित पार्न तिनै सामन्तहरूले बनाएका देवीदेवताका मूर्तिहरूमा थाप्लो ठोकीठोकी सुखी जीवन पाउने कामना गर्दैछन् । तर नेपालको सन्दर्भमा विशेष रुपले सोच्नुपर्ने कुरा यो छ कि शासक वर्गले यसरी शताब्दियौँदेखि सामन्ती संस्कार लाद्दा पनि त्यसका जरा सम्पूर्ण समाजको गहिराईसम्म पुग्न नसकी बाहुन, क्षेत्री र तिनीहरूको ज्यादै निकटतम प्रभव पर्नेहरूसम्म नै सीमित छन् । आज पनि थारु, मगर, भोटे आदि जातिमा त्यति धार्मिक जडता व्याप्त छैन । 

नेपालको यस लामो इतिहासमा शोषक वर्गका विरुद्ध शोषित श्रमिक जनताको पक्षमा पन िकाव्य र कलाको निर्माण त अवश्य नै भयो होला तर सामन्ती दबदबा भएको इतिहासले ती चीज जोजाएर रहनु दिनु पनि असम्भव कुरा नै हो । तै पनि सूक्ष्म खोज गरेमा केही मात्रामा ती चीज भेटिनेछन् । यस सन्दर्भमा भीमसेन थापाका समकालीन संस्कृत कवि वाणिनिधिले अङ्ग्रेजी प्रवेशका विरुद्ध भारतका राजाहरूलाई पठाएको ‘शनै शनै रूपगतो गोरण्डाख्यो मलिम्लुचः’ भन्ने सन्देशले आफ्नो समयसुहाउँदो साम्राज्यवाद विरोधी जनधारणा व्यक्त गर्दछ । त्यसरी नै नेपाली जनजीवनमा भनिँदै आएको ‘खाने प्युने रामे, काम गर्ने चामे’, ‘बत्तीका तल अँध्यारो’, ‘जो होचो उसकै मुखमा घोचो’, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो’, ‘लङका धाउने हनुमान’, ‘फेटा गुथ्ने ढडू’, ‘गरिबलाई ऐन धनीलाई चैन’, ‘ईश्वर बोल्दैन राजा हेर्दैन’ आदि जस्ता उखानहरूमो शोषित जनताका उद्गारहरू भेटिन्छन् । यसरी नै गरिबका छोराहरू आफ्नै बुद्धिले राजा बनेका जस्ता कतिपय लोकथाहरूमा र झ्याउरे, बालन, सँगिनी, देउडा, सवाई आदि लोकगीतहरूमा पनि जनताको तरफदारी गर्नेभ भावना प्रशस्त भेटिन्छन् । मौखिक रुपमा जनताका बीच सुरक्षित र विकसित हुँदै गएका लोकसाहित्यहरूको व्यापक अनुसन्धान भएको खण्डमा पक्कै पनि धेरैकुरा भेटिनेछन् । 

नेपाली भाषामा साहित्यको सुरुवात

अनेक इलाकीय रजौटा–समूहमा छरिएको सामन्ती शोषण व्यवस्थालाई केन्द्रीकृत गरी एकछत्र शोषण गर्ने नियले परम्परागत सामन्ती प्रतिस्पर्धालाई विकसित गरी पृथ्वीनारायण शाहले धेरै इलाकीय राजा–रजौटाहरूलाई परास्त गरी नेपालको एकीकरण प्रारम्भ गरे । त्यसपछि त्यस विस्तृत राज्यसत्तालाई टेवा दिन भाषा र साहित्यको क्षेत्र पनि विस्तृत गराउँदै लैजानु आवश्यक थियो । त्यसका निम्ति राष्ट्रभाषाको रुपमा वर्तमान नेपाली भाषा चुनियो । अहिलेसम्मको प्राप्त विवरण अनुसार नेपाली भाषामा कविताको सुरुवात गर्ने प्रथम कवि सुवानन्ददास ठहरिएका छन् ।  यिनले पनि परम्परागत दरबारिया कवि–लेखकहरूको इतिहासलाई नै झन् पुट दिँदै “पृथ्वीनारायणको स्तुति” लेखे । जसमा पृथ्वीनारायणलाई “कृष्णका अवतार” भनिएको कुरा माथि नै उद्धृत गरिसकिएको छ । हुन पनि सानातिना भारेभुरे राजा रजौटाहरूलाई पनि “परम परमेश्वर परमभट्टारक विजयाधिगत सौय प्रतापहत सकलशत्रुपक्ष प्रभावेन” आदि स्तुति गर्ने भाटकविहरू नेपालका थुप्रो राजा–रजौटाहरूलाई परास्त गरी महासामन्त बन्ने पृथ्वीनारायणलाई कृष्णको औतार भन्न किन चुक्थे । वस्तुतः ऐतिहासिक भोतिकवादको सन्दर्भमा हेर्दा सारा पौराणिक साहित्किा स्व्र्गहरू शासकवर्गको महलका प्रतिबिम्ब हुन् र त्यहाँका देउताहरू सामन्तवर्गकै प्रतिकात्मक रुप हुन् । यो कुरा यदुनाथ पोखरेलको “दरबार श्री अमरावती सुरपति नेपालका भूपति” जस्ता पद्यले झन् प्रष्ट तुल्याउँछन् । 
पृथ्वीनारायण शाहले पनि नेपाली भाषामै “दिव्य उपदेश” लेखे । त्यस किताबमा उनले परम्परागत जातिपाती र भेदभावको व्यवस्थालाई कायम राखेर सम्पूर्ण नेपालीको एकछत्र शोषण गर्ने भित्री मनसाय यसरी देखाए :
(नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो । प्रजा मोटा भया दरबार बलियो रहन्छ, राजाको भण्डार भन्याका रैती हुन् ।

स्पष्ट छ— पृथ्वीनारायण शाह जातपातमा फुटेर कमजोर भएका सारा रैतीलाई शोषणको निम्ति भण्डार ठान्दथे । त्यसै उपदेशमा उनले “यो मेरो साना दुःखले आज्र्याको मुलुक होइन” भनेर नेपाल निर्माणको श्रेय आफैँले मात्र लिई नेपाललाई ग्क्तिगत सम्पत्तिको रुपमा देखाउने कुचेष्टा पनि गरेका छन् । 

सुवानन्ददासपछिका नेपाली भाट कविकलाकारहरूका आराध्य देउता पृथ्वीनारायणका सन्तान र राणा प्रधानमन्त्रीहरू हुँदै आए । सीधै राजाको स्तुति लेखेर होस् या राम, कृष्ण आदिका गाथाहरू लेखी सामन्ती राजतन्त्रलाई अडान दिएर होस् शक्तिवल्लभ् अर्याल, उदयानन्द, इन्दीरस, गुमानी, विद्यारण्य केसरी, वसन्त शर्मा, यदुनाथ, रघुनाथ, पतञ्जलि, भानुभक्त, मोतिराम, शम्भघुप्रसाद ढुङ्गेल, कुलचन्दै गौतम, सोमनाथ, लेखनाथm, बालकृष्ण सम, केदारमान व्यथित, पूर्णप्रसाद ब्राह्मण आदिले आफ्ना कतिपय सामािजक र प्रगतिशील कृतिहरूको अलावा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामन्तवादलाई निकै सघाउ पुर्यााएका छन् । अचेल नेपाली साहित्यका कथित समालोचक र इतिहासकारहरू राजारजौटाका स्तुतिपाठलाई ‘वीरगाथाकाल’ र राम, कृष्णजस्ता मत राजाका स्तुतिपाठलाई भक्तिकाल नाम दिएर यो पहिलो र ऊ पहिलो भनी माथापच्ची गर्छन् । वास्तवमा उनीहरूको वीरगाथा वा भक्तिको कुरा सामन्ती दर्शनको प्रत्यक्ष र अप्रत्यक्ष समर्थनको फरकको कुरा मात्र हो । 

नेपाली भाषामा लेखिएका साहित्यमा हुन त सुवानन्ददासदेखि आजसम्मका धेरै कविकलाकारहरूले सामन्तवादको सेवा गर्दै आएका छन् । तर तिनमा पनि सबभन्दा गुवा स्थान निम्न लेखक र उनका कृतिहरूको रहेको छः

जगन्नाथ बैजनाथ सेढाइले रामायण जत्रिकै मोटो ‘भूचन्द्र चन्द्रिका’ र ‘चन्द्रमयूख’ भन्ने शास्त्रीय सवाई  लेख्न सारा दिमाग घोटेर चन्दै शमशेरको स्तुति भट्याई घृणित जीवन बिताए । त्यसरी नै चन्द्रशमशेरकै दरबारिया कवि शम्भु प्रसाद  ढुङ्गेलले ‘श्री चन्द्रप्रताप वर्णन’ र ‘चन्द्रोदय दर्शन’ लेखे । कुलचन्द्र गौतम जस्ता सुप्रसिद्ध विद्वानले  लालचमा परी चन्द्र शमशेरको स्तुतिमा ‘अलङ्कार चन्द्रोदय’ भन्ने किताब लेखे तर त्यस कुकृत्यबाट जनतामा ज्यादै बदनामी चलेको थाहा  पाएर तुरुन्तै उसै किताबलाई फेरफार गरी ‘राघवालङ्कार’ नाम दिई लाज पचाउन खोजे । तर अवसरवादको हिलामा मुछिएका गौतमजीले जमानामा मरिसकेको  रामचन्द्र पनि आफ्नो समयमा चन्द्र शमशेरजस्तै शोषकवर्गको नायक थियो भन्ने भेउ सायद पाएनन् क्यार । यसैगरी नेपालीमा प्रायः सबै राजा र राणा प्रधानमन्त्रीहरूका प्रशंसामा जङ्गबहादुरको सवाई, वीर षष्टिका, भीम गीताञ्जलि, जुद्धोदय वर्णन, मौहनप्रातामाला, शाहवंश महाकाव्य, पृथ्वी महेन्द्र महाकाव्य आदि थुप्रै साहित्य लेखियो । ‘कविशिरोमणि’ पद पाउने लेखनाथ पौड्याल र ‘महमापण्डित’ सोमनाथ सिग्देलले पनि आफ्ना अगाडि उदाएका कुनै ‘प्रभु’ को स्तुति गर्न कसर राखेनन् । आज पूर्णप्रसाद ब्राह्मण, व्यथित, सम, माधवप्रसाद घिमिरे, धर्मराज थापा, नीरविक्रम प्यासी आदिले स्तुतिपाठको परम्परागत बाँडो थमिरहेका छन् । 

आज आएर त राजदरबारले इतिहासकारलाई समेत किनेर पुर्खाका दुइचारओटा राम्रा कामको उत्तराधिकराीको रुपमा आफूलाई श्रेष्ठ देखाउने र इतिहास अनसन्धान र संशोधनको नाममा आफ्ना पुर्खाका सारा कमजोरी र गद्दारीहरूलाई समेत सच्याई नेपाली राष्ट्रको निर्माण गर्ने, विदेशी आक्रमणको विश्रद्ध लड्ने आदि सम्पूर्ण ऐतिहासिक कुराको श्रेय राजवंशका व्यक्तिविशेषलाई दिएर इतिहास उज्यालो पार्ने दुस्साहस गर्दैछन् । यसै खरिद–बिक्रीमा परेकाले सूर्यविक्रम ज्ञवालाीजीले आफू दार्जिलिङ छँदा लेखेका इतिहासको ‘पृथ्वीनारायण शाह मगरका सन्तान थिए’ भन्ने अंश संशोधन गरी उनको पुख्यौली भारतका राजपुतसँग नै जोडिदिए (वस्तुतः शोषण गर्ने राजतन्त्र क्षेत्रीय वा मगर वंशको हुनुले केही फरक पर्दैन ।) चित्तरञ्जन नेपालीजीले शाहवंशका सबभन्दा उज्ज्ण्ड, कामुक र अर्धसिल्ली राजा रणबहादुर शाहलाई आफ्नो ‘रणबहादुर शाह’ भन्ने किताबमा सबभन्दा प्रगतिशील र विवेकशील देखाउने धृष्टता गरेका छन् । यस्ता कुकर्ममा योगी नरहरिनाथको नाम पनि अग्रगण्य छ । यस प्रसङ्गमा इतिहासकारहरूका चाप्लुसीको दुर्दशा प्रा. ढुंडिराज भण्डारीको निम्न भनाईबाट पुष्टि हुनेछः

“शरीरले पुड्को र बुद्धिले सानो मजस्तो मानिसले युगनेता श्री ५ महेन्द्रको सु स्व. प्रकाशित व्यक्तित्वमाथि आफ्ना आशक्त शब्दरुपी टुकीले प्रकाश छर्न खोज्नु विद्वत्वर्ग समक्ष हास्यास्पद र दुस्साहसको कार्य गरेजस्तो लाग्छ । तर लाभनामक विकार बडो बलवान् हुँदोरहेछ । एउटा त बाहुनको जात प्रकृतिले नै लोभी र फेरि त्यसमाथि उनले कलम कोर्न जानेको रहेछ भने त कुरै छैन ।

यसरी सबको नाम बटुल्दै जाने हो भने आत्मवेचुवा र चाकरीदार लेखक कलाकारहरूको ठूलो सूची तयार हुनेछ । 

तर यसको अर्थ यो हैन कि पुरानो समयमा सामन्ती व्यवस्थाका विरुद्ध जनताको पक्षमा साहित्य लेखिँदै लेखिएन र जतिजनाले सामन्तवादको पक्षमा साहित्य लेखे, तिनीहरू सबै सामन्तवर्गकै लेखक थिए । आआफ्नो समयमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले साामन्ती व्यवस्थालाई आक्षेप लाग्ने खालको साहित्य पनि कविलेखकहरूले सिर्जंदै आएका छन् र जो अधिकांश निम्न वर्गीय साहित्यकारहरूले सामन्तवादको समर्थनमा साहित्य लेखे, त्यसको पछाडि तत्कालीन समाज–व्यवस्थाका कवि–कलाकारहरूको गए गुज्रेको आर्थिक स्थिति मुख्य कारण छ । उदाहरणको निम्ति शभ्भुप्रसाद ढुङ्गेलजस्ता कविले राणाहरूप्रति अत्यन्त घृणा हुँदाहुँदै पनि पेटको विवशताले राणाहरूको स्तुति लेख्नुपरेको मजबूरीलाई त्यसै उपेक्षा गर्न सकिँदैन । कविकलाकारहरूको यस्तो मजबूरीबाट पनि शासकवर्गले ठूलो फाइदा उठाएका छन् ।

सामन्तवादप्रति घृणा गर्ने र जनताको हितमा लेख्न सुरुवात गर्ने परम्परा यद्यपि आज अनुसन्धानकै विषय छ तर प्राप्त सामग्रीअनुसार यो परम्परा भानुभक्त आचार्यबाट नै सुरु हुन्छ । हुन त भानुभक्तका मुख्य कृति रामायण, रामगीता आदिले सैद्धान्तिक रुपमा सामन्तवादलाई नै सहयोग पुर्याउँछन् तर भानुभक्तले आफ्नो समयका परोहितवर्ग र संस्कृति भाषाको एकाधिकारलाई तोतेर जनभाषाको जग बसाले, यस अपराधको निमित उनले पुरोहितवर्गबाट ठूलो धम्की पनि पाए । ‘सरस्वतीको पेट चिर्ने गँवार’ भनेर कतिले तिरस्कार गरे भने कति संस्कृतकविले भानुक्र कविराँड् भनी श्लेष–भाषामा व्यङ्ग्य कसे । तर यसबाट भानुभक्त विचलित भएनन् र वास्तवमा नै (धार्मिक भावनाबाटै प्रेरित भएर सही) “लोकको हित गरूँ भनी” भन्ने आफ्नो उद्देश्यमा अगाडि बढ्दै रहे । भानुभक्त नेपाली जनजीवनका कवि थिए । त्यसैले उनका कवितामा नेपाली सासूबुहारी, आकलाङ्का जैसी बाहुन, गजाधर सोतीका परिवार आदि चित्रित छन् । नेपाली सामत्ी उत्पीडनलाई आफैँले भोगथेका हुनाले -

“बिन्ती ढिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् न बोली ...
.... भोलि भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

जस्ता कवितामा उनले सामन्ती भ्रष्टता र प्रशासनले जनताप्रति गरेको लापरवाहीप्रति तीव्र घृणा व्यक्त गरेका छन् । आज पनि सिंहदरबारको व्यवहार देख्ने व्यत्तिलाई सहसा यो सिलोक सम्झना हुन्छ । नेपाली भाषा र साहित्यको माध्यमबाट जातीय एकतामा सहयोग गरी जातिगत र साम्प्रदायिक भावनामा फुटेको नेपालीलाई राष्ट्रिय एकतामा बाँध्ने परम्परा पनि भानुभक्तबाटै बसेको छ । 

जङ्गबहादुर राणाको समयमा ज्ञानदिलदासले सामन्तवादको पृष्ठपोषक ब्राह्मणवादको विश्रद्ध सुधारवादी भजन–गीतहरू लेखेका थिए, उदयलहरी भन्ने कवितामा उनी लेख्दछन्ः

“ब्राह्मण भन्छन् आफू ब्रह्मा नचिन्या, बैला बाख्री बसी बोका खोजी खोजी हिँड्न्या ... मासु भात नैबेद्य खान्छन्, ठूलो बुजा .... सूझ बूझ उसै वकवाद गर्छन् । इत्यादि ।

कवि लक्ष्मीदत्त पन्तले त शासकवर्गका सामु सोझै चोर औँलो ठड्याएर हाँक दिएका छन् :

“राजा भई सेखि तिम्रो म पनि गुरूकृपा बुद्धि भै टिम्किएको
धनले नामी तिनी छौ चहुँदिश म इलम्ले सुयस् गाइएको
यस निम्ती हे घमण्डी तिमी र म दुइमा के फरक आज यहाँ
यस्तो मन्टो बटार्छौ तिमीसित म पनि राख्नु पर्वाह काहाँ ?”

सुब्बा कृष्णलालको ‘मकैको खेती’ त ‘मकै पर्व’ नामले प्रसिद्धै छ । उनले त्यस पुस्तकमा खेतीपातीको शिक्षा लेखेता पनि राणा दरबारको भ्रष्टतामा व्यङ्ग्य हान्न चुकेका थिएनन् । मकैको खेतीको “हामी आफ्ना देशी कुकुरभन्दा विदेशी कुकुरहरूको मान गर्छौं तर डाँकूबाट हाम्रो रक्षा गर्ने बखत गद्दीमा सुत्ने विदेशी कुकुरहरू काम नलागी स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।ूू भन्ने भनाईले राणाशाही र अङ्ग्रेजी साम्राज्यवादको साँठगाँठबाट नेपाली जनतालाई परेको मर्का जाहेर गर्दछ । यही किताब लेखेवापत चन्द्रशमशेरले गाथगादी ताकेको अभियोग लगाई उनलाई नौ वर्ष र उनका दशजना साथीलाई पाँच वर्षको कैदको सजाय दिए । कृष्णलाल जेलमै मरे ।

पण्डित लेखनाथ पौडेलले हुन त नेपाली जनजीवनबारे प्रायः लेख्दै लेखेनन् भने पनि हुन्छ तर पनि फाटफुट रुपमा सामन्ती व्यवस्थाप्रति घृणा र प्रश्नचिह्न उठाएका छन् । हिन्दू सामन्तहरूको ईश्वरको अवतार मानेर सम्मान गर्दै आएका कृष्णका चरित्रको भण्डाफोर गर्दै उनले बुद्धिविनोदमा लेखेका छन् :

“जगत व्यवस्था जसमा छ सन्तत, स्वयम् उनै कृष्ण परांगना रत,
कहाँ गयो उत्कट वेद–बन्धन, तँलाई मालुं छकि यो कुरा मन ?”

कृष्णको नाममा लेखिएका यस्ता कविताले छायावादी अर्थमा नेपाली जनताको भाग्यव्यवस्था हातमा लिएका राणाहरू र उनका दरबारको रासलीलालाई सङ्केत गर्दछ । त्यसरी नै ‘पिँजराको सुगा’ कवितामा सामाजिक, आर्थिक र राजनीतिक अधिकारबाट वञ्चित जनताको एक सामान्य चित्र उनले उतारेका छन् । तर त्यो चित्र आम निम्न वर्गीय नेपाली जनताको नभई लेखनाथजस्तै मध्यमवर्गीय महŒवाकाङ्क्षीहरूकै हो । त्यसैले त लाखौँ नोपली जनता सातु, च्वार्चा, मकैको रोटी र कोदाको खोलेसम्म खान नपाई विदेशीको कमारो बन्न भागिरहेको बेला “खानु त खाली तौली धान” भनेर तौली धानको मोटो मात खानुपरेकोमा उनले गुनासो पोखेका छन् । लेखनाथभित्र सामान्तवादप्रति असन्तोष थियो तर क्रान्तिकारी वर्गचरित्र थिएन । त्यसैले राणातन्त्रको पिँजडामा जकडिएका जनतालाई पिँजरा फोरेर बन्धनबाट मुक्त हुने आह्वान गर्नुको सट्टा “तुच्छ सुगाको जन्म नदेऊ, दीन दयाो, विन्ती लेऊ ।ू भन्दै निराशाको प्रलाप गरी जनतालाई हतास पारेर पलायनको बाटो रोज्दै छन् तर लेखनाथको समयबाट नेपाली भाषामा प्रवास र नेपालबाट ‘गोरखाली’, खोर्गा संसार, तरूण गोर्खा, शारदा, युगवाणी आदि पत्रपत्रिकाको प्रकाशन सुरु हुन्छ ।यी पत्रिकाहरूको माध्यमबाट फाटफुट रुपमै सही, गुप्न नामबाट भए पनि कविता, गीतहरू लेखी सामन्तवाद, साम्राज्यवादमाथि प्रहार गर्ने काम सुरु हुन्छ । कैयौँ कविलेखकहरू महिलाहरूको नक्कली नामबाट कविता लेखी नारीलाई पनि प्रोत्साहित गर्न थाल्दछन् । यी पत्रिकाहरूमध्ये राणाशाहीको ठाडो विराधे गर्नेमा ‘युगवाणी’ को विशेष भूमिका छ र यसै बेलादेखि साहित्यको क्षेत्रमा परम्परावाद र नवजागरणका बीच ढुलमुल साहित्यकारहरू देखापर्दछन् । सामन्ती र मध्यम वर्गीय कविलेखकहरू बढ्दो जनअसन्तोष देखेर आफूलाई जनपक्षीय देखाउन प्रगतिशील कुरा गर्ने र आफ्नो वर्गचरित्र अनुसार झालेमाले साहित्य लेखी सामन्ती व्यवस्थालाई नै अप्रत्यक्ष रुपमा सघाउने काम गर्न लाग्दछन् । शेर काटी सम बन्ने बालकृष्णजस्ता देश–विदेश घुमेका, इतिहास पढेका, माक्र्सवाद बुझेका र प्रबुद्ध भनिएका नाटककारले जतिसुकै देशप्रेम र क्रान्तिकारी कुरा गर्न खोजे ता पनि आखिरमा ‘मुकुन्द इन्दिरा’ मा सोझीसादी इन्दिरलाई “पतिभक्ति त मर्दैन पापी पति भए पनि” भनेर ललाईफकाई लोग्ने (मुकुन्द) रण्डीवाज र बदमास भए तापनि पतिव्रता स्वास्नीले एक पतिपरायणा भएर बस्नुपर्छ भनी नारीलाई जसरी पनि दबाएर दासी नै बनाइराख्ने सामन्ती परम्परालाई टेवा दिन्छन्् । त्यो पनि त्यस बेला जति बेला  िनारी जागृतिका निम्ति उपर्युक्त प्रयासहरू बाहिर आइसकेका हुन्छन् । रूद्रराज पाण्डे र भीमनिधि तिवारी पनि ‘रूपमती’ र ‘सुशीला’ को माध्यमबाट नारीलाई सहनशीलताको पाठ घोकाइ पुरुषवर्गको दबावमा पिल्सिएर बस्नु नै सच्चरित्रता हो भन्ने सल्लाह दिन्छन् ।

यसरी यस्ता कतिपय साहित्यकारहरू यति अगाडि आइपुग्दा पनि “हाँस्नु छैन कदापि नारीजनले वेश्या हुने हाँस्दछन्” भन्ने भानुक्राको युगलाई नै पछ्याएर समाजको आधार हिस्सा नारी वर्गलाई दमन गर्ने परम्परालाई नयाँ ढङ्गले अगाडि बढाइरहेका हुन्छन् ।

सामन्तवर्गका बफादार लेखकहरू राणाशाहीप्रतिको जनअसन्तोषलाई गलत दिशामा मोड्न यसै बेलाबाट साहित्यिक चालबाजी खेल्न थाल्छन् । यसको नमूना बालकृष्ण समको ‘प्रह्लाद’, ‘धु्रव’ जस्ता नाटक छन् । स्वयम् लेखकको भनाइअनुसार हिरण्यकशिपुलाई राणातन्त्रको प्रतीक र प्रह्लादलाई जनभावनको प्रतीक बनाइएको छ । तर त्यत्रोविधि अत्याचार गरी यातना दिने हिरण्यकशिपुको अगाडि प्रह्लादले चुपचाप अन्याय सही भगवान् सम्झेमा नै अन्तमा उसको जीत हुनेछ भनी जनसङ्गठन र क्रान्तिको काम स्वात्रै नै ‘नियति’ र ‘ईश्वर कृपा’ को हातमा छोडिएको छ । यसको सोझो अर्थ हो— जनताले राणाहरूको अत्याचार चुपचाप सहेर बसेमा एकदिन भगवान्ले स्वतः दुःख पार गर्नेछन् । ‘धु्रव’ नाटकको “सहू सहू बाू सहनै नसके पनि” जस्ता भनाइबाट पनि यही कुरा प्रष्ट हुन्छ । यसरी उनले आफ्नो राणावर्गीय स्वार्थको प्रतिनिधित्व गरेका छन् । उनले पछि आएर क्रान्तिकारी जनताका बीच ‘आगो र पानी’ लेखेर माक्र्सवादी लेखको श्रेयसमेत बटुल्ने कुचेष्टा गरे तापनि जब अन्तमा आएर “यस्तो कोलाहलमय अन्धकारपूर्ण ऐतिहासिक पृष्ठभूमिमा वैदेशिक गुमास्ताद्वारा नेपालमाताले बहानउनुपरेको पसिना, आँसु र रगतले बनेको हिलेपोखरीको बीचमा एक कमलतुल्य नेपालको प्राचीन गौरवका एक अवतार देवीप्यामान एक महापुरुष आज हामीले पाएका छौँ, श्री ५ महेन्द्र” (प्रहरी, त्रैमासिक, २९ ज्येष्ठ २७) भन्दै सामन्ती व्यवस्थाको नाइके तानाशाह महेन्द्रको जीवनीसमेत लेखेर आत्मसमर्पण गर्न पुग्छन् । त्यसबाट कविकलाकारहरूमा कसरी अन्ततः वर्गचरित्र देखापररै छोड्दोरहेछ भन्ने कुरा छर्लङ्ग हुन्छ । नेपाली साहित्यको हालसालैको इतिहासमा सम, व्यथित, माधवप्रसाद घिमिरे, तानाशर्मा आदिको उदाहरणबाट यो कुरा पनि प्रष्ट भएको छ कि मध्यमवर्गीय बुद्धिजीवीहरूमा कस्तो ढुलुमुल चरित्र हुन्छ र उनीहरू जब जनताको क्रान्तिकारी पक्ष बलियो देखापर्न थाल्छ, त्यसबेला आफूलाई सबभन्दा बढी क्रान्तिकारी देखाउन खोज्छन् र जब प्रतिक्रान्तिकारी पक्षले आफ्नो तुजुक देखाउन थाल्छ, त्यस बेला उतै साख्खै हुन पुग्ने चमेरे नीति खेल्दछन् । गजबको कुरा त के छ भने २०२७ सालमा आइपुग्दा जब राजा महेन्द्रको तानाशाही व्यवस्थाका विरुद्ध व्यापक जनतामा जनवादी भावना बढ्न थाल्यो, काठमाडौँमा मनाइएको लूस्यन दिवसमा समजीले “लूस्युन साँच्चिकै महान् हुनुहुन्थ्यो, हामीले त  जनपक्षमा केही लेखेकै छैनौँ, म अब जनपक्षमा लेख्ने विचार गर्दै छु ।” भन्न सम्म पनि लाज मानेनन् ।

२००७ सालको आन्दोलन र त्यसको आसपासको नेपाली साहित्य

राणाशाही सामन्ती जहानियाँ शासनको दम, शोषण र उत्पीडन जतिजति बढ्दै गयो उतिउति जनतमा छटपटी र मुक्तिको इच्छा पनि तीव्र हुँदै गएको थियो । तर, राणाशासकहरू जनतामा सकेसम्म जागरण र जानीतिक चेतना नआओस् भनेर चेतनाका सारा ढोकाहरू बन्द गरिरहन चाहन्थे । कनयाँ युग सुहाउँदो शिक्षाको त के कुरा, सामान्य लेखापढीको शिक्षा पनि जनतालाई प्राप्त थिएन । खालि राणा भाइभारदारकै सनतानहरू देशविदेश जान्थे र शिक्षा लिई सामन्ती शोषण कामय राख्न खप्पीस भई नेपाल फर्कन्थे । सर्वसाधारण जनता शिक्षाको नाममा पुरोहित र पण्डितहरूबाट तिनै राजामहाराजा र कुलीन घरानाका स्तुतिपाठ, स्व्र्ग, नरक, भाग्य, ईश्वर, देवीदेवता, पूर्वजुनी, परलोक र भूतप्रेत आदिका थोत्रा गन्थनले भरिएका पुराणमात्र सुन्न पाउँथे या त साहित्यको नाममा ‘प्रेमलहरी’, ‘मदनलहरी’ जस्ता फोहोरी किताब र ‘तोतामैना’, ‘वीर सिक्का’, ‘मधुमालती’जस्ता बकम्फुसे गल्पमात्र पढ्न–सुन्न पाउँथे । जसबाट चेतनाका निर्माण र यस लोकको वास्तविक समस्यामा ध्यान जानुको सट्टा निराशा, वैराग्य र काल्पनिक परलोकको मात्र ध्याउन्ना हुन्थ्यो या त कामुकता र उच्छृङ्खलता बढ्न सक्थ्यो । यसरी जनताको चेतना र असन्तोषलाई उठ्न नदिन राणाशासकहरू मन्दिर, मूर्ति, गुठी, धार्मिक प्रवचन, धार्मिक मेला आदिको विकास गरेर देवाहयहरूको अगाडि हात जोडेर बसेको आफ्ना मुर्तिहरू बनाई भक्तिभावको आडम्बर देखाएर र आफ्ना स्तुतिमा लेखाइएका शिलालेख टाँगर एवम् आफ्ना प्रशस्तिका काव्य र जीवनी बाँडेर अज्ञानको अध्यारो सधैँ कायम गर्न चाहन्थे । नेपालको राणाशाही, दरबारीया सत्ता लोलुपता र अङ्ग्रेजी साम्राज्यवादको षडयन्त्रको प्रतिफल थियो । अङ्ग्रेजहरू राणाशाहीको माध्यमबाट नेपाललाई आर्थिक उपनिवेश बनाई नेपाली युवकहरूलाई आफ्ना फौजभा भर्ति गरी विश्वमा साम्राज्यवादको विस्तार गर्न चाहन्थे । भारतको राज्य चलाउने क्लर्कहरू त भारतमै मिल्न सक्थे, त्यसैले भारतमा क्लर्क उत्पादन गर्ने शिक्षा प्रचलित गराएका थिए । तर, फौजी बोका बनाउनुपर्ने नेपालीका निम्ति त अन्धकारकै आवश्यकता थियो । यो जिम्मेवारी अङ्ग्रेजहरूले राणाशाहीकै हातमा सुम्पेका थिए । यसरी जबर्दस्त सामन्ती संस्कृति र साम्राज्यवादी दवावबाट थिचिएका विचरा जनता जति ठूलो शोषण र अत्याचारबाट पिल्सिए पनि दैव र कर्मलाई दोष दिनुबाहेक अरू कुनै उपाय देख्दैनथे । आखिर जे जतिसुकै यस्ता कुरा भए तापनि जनता ठ्याम्मै पशु त थिएनन् । परिस्थितिवश बोलवन नसकेता पनि आफूमाथि भएको पाशविक दमन असह्य हुँदा उनीहरूका छातीमा राणाशाही र वैदेशिक थिचोमिचोप्रति घृणाको भाव घृणाको आगो सल्किरहेको थियो तर पनि अर्को वैकल्पिक सिद्धान्तको अभावमा विद्रोहका निम्ति उठ्ने ह्याउ उनीहरूमा आएको थिएन । तर सन् १९९७ को रुसको महान् समाजवादी क्रान्ति र त्यसपछि विश्वका विभिन्न देशहरूमा जनवादी, समाजवादी एवम् राष्ट्रिय मुक्ति आन्दोलनहरू जतिजति चर्कंदै गए, उतिउति नेपाली मध्यमवर्गीय र निम्नवर्गीय जनतामा पनि चेतनाको लहर फैलिन थाल्यो । आखिर बीसौँ शताब्दीको मध्यान्हतिर दक्षिणको छिमेकी देश भारत उपनिवेशवादी अङ्ग्रेजी साम्राज्य तोडी स्वराज्य फिर्ता गर्ने तरखरमा र उत्तरको छिमेकी महादेश चीन लामो निद्राबाट ब्यूँझेर सामन्ती, अद्र्धसामन्ती र अद्र्धउपनिवेशवादी बन्धनहरू तोडी नयाँ जनवादी क्रान्ति पूरा गर्न जुर्मुराउन थाल्यो । यस्तो स्थितिमा जब कि राणाशाहीको सम्पूर्ण राज्ययन्त्र त्यस अन्तर्राष्ट्रिय नवजागरणबाट नेपालीलाई एकदमै अन्धो राख्न मरिमेट्न प्रयास गर्दै थियो तर पनि केही सीप लागेन । युगचेतनाको जग्मगाउँदो सूर्यलाई तानाशाही हत्केलाले कतिबेर छेक्न सकिन्थ्यो र ? आखिर नेपाली युवकहरू पनि विभिन्न माध्यमहरूबाट सामन्तवाद र राणाशाहीका विरुद्ध जनचेतना उठाउने प्रयासमा लागे । देवकोटाको ‘यात्री’ धरणीधर कोइरालाको ‘नैवेद्य’ गोपालप्रसाद रिमालको ‘मशान’ र ‘यो प्रेम’ जस्ता मानववादी, राष्ट्रवादी नारी जागरणका नमूनाहरू यसै सन्दर्भमा लेखिन थाले । 

यसैबेला दार्जिलिङबाट धरणीधर कोइरालाले विगुल फुकेः

“जाग जाग अब जागन जाग, लाग उन्नति विशे अब लाग
घोर नीद अब ता परित्याग, भो भयो अति सुत्यौ अब जाग ।”.....
...... एक पेट ता कागले पनि, भर्छ है सदा गल्लीमा घुमी
...... स्वार्थ त्यागले मातृभूमिको, भार टार्ने कर्म गर्नु जो,
मुक्ति तेही हो, मुक्ति तेहि हो ।”
(नैवेद्य)

नेपालमा पनि आर्य समाजको स्थापना गरेर स्वामी दयानन्द ‘सत्यार्थ प्रकाश’ को प्रचारद्वारा रूढीवादी सामन्ती व्यवस्थाको आधार हिन्दू संस्कृतिका विरुद्ध अलिकति नयाँ दृष्टिकोण सिर्जना गर्न खोज्दा माधवराज शास्त्रीमाथि राजद्रोहको मुद्दा लाग्यो । गीताको युगानुकूल प्रवचनको माध्यमबाट ‘नागरिक अधिकार समिति’ द्वारा र ‘प्रजापरिषद्’द्वारा जनचेतना बढाई क्रान्तिको तयारी गर्दा वि.सं. १९९७ मा शुक्रराज, गङ्गाला, दशरथचन्द र धर्मभक्तलाई देशद्रोही अभियोग लगाई मृत्युदण्ड दिइयो । राणाशाहीका दमन र अत्याचारको यो पराकाष्टा । यसरी देशभक्तहरूमाथि भएको पाशविक अत्याचारको खबर सर्वत्र हावाझैँ सन्सनायो । बल्ल नेपाली बुद्धिजीवीका आँखा खुल्न थाले । अनिमात्र सधैँ भ्रम र लोभमा परी शोषकहरूका वर्गस्वार्थको निम्ति मात्र लेखेर हुँदोरहेनछ भन्ने र आफ्नो र आफूजस्तो शोषित–पीडित जनतको हितको निम्ति साहित्य र कलाको उपयोग हुनै पर्दोरहेछ भन्ने कुरा राजनीतिक चेतनाको रुपमा मध्यम र निम्न मध्यमवर्गीय लेखककलाकारहरूले बुझ्न थाले । त्यसपछि इमानदार साहित्यकारहरू “मलाई राजनीतिसँग कुनै सरोकार छैन र राजनीतिमा साहित्य मुछिन हुँदैन” भनी देश र जनताको दुर्दशा हेर्दै आफूलाई सामाजिक समस्यादेखि छुट्टै, विशुद्ध साहित्यकार ठानी तमासा हेरेर चुप्प लागेनन् । ‘आफ्नै थाप्लामा लाठी बज्रेपछि बल्ल दुखेको थाहा हुन्छ’ भनेझैँ सामाजिक परिस्थितिले साहित्यकारहरूलाई जागरण र क्रान्तिको निम्ति कलम उठाउन बाध्य गरायो । गोपालप्रसाद रिमाल क्रान्तिप्रति दृढता व्यक्त गर्दै चिच्याए :

“आमा, त्यो आउँछ र ?”
“हो बा, त्यो आउँछ,
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।”
(आमाको सपना)

शोषकवर्गको मिति सकिन लागेको ठोकुवा महानन्द सापकोटाले -

“सयमा दशपाँच धनी गनिनु, अरूले तिनका करिया बनिनु,
विधिको यदि यै छविधान भने, अब त्यो विधिको पनि आयु पुग्यो ।”

लक्ष्मीप्रसाद दवकोटाले नेपालीको दयनीय अवस्थाप्रति सजग गराउँदै युवावर्गलाई आह्वान गरेः

“नेपाली भाइ! नेपाली बैनी ! सबैको गुहार्छ
अँधेरी आज यी हाम्री आमा देशको मुहार्छ
.... भेडा र बाख्रा सरिका हामी हक आफ्नो देख्दैनौँ
भेडा त बिक्छ रुपियाँ पाँचमा हामी त बिक्दैनौँ ।”
(पहाडी पुकार)

अनि सिद्धिचरण श्रेष्ठले क्रान्तिको अनिवार्यतामा विश्वास पोखे ः
“क्रान्तिविना थन शान्ति दै मखु ।”
(यहाँ क्रान्तिविना शान्ति असम्भव छ ।)

यसै सिलसिलामा २००६ सालतिर माक्र्स–एङ्गेल्सको विश्वप्रसिद्ध किताब ‘कम्युनिष्ट घोषणापत्र’ को पुष्पलाले नेपालीमा अनुवाद गरे । यसबाट पनि जनतामा स्वतन्त्रता र समाजवादप्रति आकर्षण बढ्न थाल्यो । यसभन्दा अगाडि खुलेका प्रजापरिषद्, राष्ट्रिय काङ्ग्रेस, नेपाली काङ्ग्रेस आदि पार्टीहरू र काठमाडौँको ‘जयतु संस्कृतम्’ आन्दोलनले जहाँ मध्यमवर्गीय जनचेतना बढाउँदै थियो भने २००६ सालमा जन्मेको श्रमजीवी, गरिब, मजदूर–किसानहरूको पार्टी कम्युनिष्ट पार्टीले नयाँ जनवादी कार्यक्रम पेश गरी सम्पूर्ण सामन्ती सत्ताबाट मुक्त भएर समाजवाद र साम्यवादतिर जाने गोरेटो देखाइदियो । अनि त वर्ग–सचेतन रूपमा सुकुमबासी, गरिब किसान, मजदूर, विद्यार्थी, बुद्धिजीवी र निम्नपूजीवादी जनतामा क्रान्तिको भावना उर्लन थाल्यो । युवकहरूले निर्भीकताका साथ परेड गीत गाउन थालिहाले :

“पहाड–पर्वत खोला–नाला जग्गा–जमिन सबको
मालिक हामी दास बनौँ किन, हिस्सा सबमा सबको नास गरौँ यो
राणाशाही, ध्वस्त गरौँ यो तानाशाही
जाऔँ, क्रान्ति गरौँ अब क्रान्ति गरौँ ।”
(कम्युनिष्ट पार्टीको परेड गीत)

यसरी क्रमशः बढ्दै गएको जनचेतनाले सामन्ती सत्तालाई जरैदेखि उखेलेर फ्याँक्ने योजना बनाउन थाल्यो र त्यस क्रान्तिलाई नेपालका विभिन्न वर्गहरू आआफ्ना वर्गीय स्वार्थअनुरुप अगाडि बढाउन चाहन्थे । राणहरूको बन्धनमा परेका राजा र उदारवादी सामन्तहरू पनि क्रान्तिको नाटक खेली राणाको ठाउँमा राजालाई बसाली केही सुधारका साथ सामन्तवाद बचाउन चाहन्थे । मध्यमवर्गीय बुद्धिजीवी र पूँजीवादी प्रवृत्तिका तŒवहरू सीमित राजतन्त्रमा संसदीय व्यवस्थाको स्थापना गरी केही हदसम्म पूँजीवादी वर्गहितलाई टेवा दिन चाहन्थे भने श्रमजीवी जनताहरू कम्युनिष्ट पार्टीको नेतृत्वमा सम्पूर्ण सामन्ती सत्ता उखेलेर फ्याँकी नयाँ जनवादी व्यवस्था कायम गर्न चाहन्थे । उता भारतीय सामन्त र पूँजीपतिहरूको सरकार नेपाली सामन्त वर्ग र उदीयमान पूँजीवादी तप्काका बीच सम्झौता गराई नेपालमा कम्युनिष्ट आन्दोलनलाई कुण्ठित पार्न र त्यहाँको बजारमा आफ्नो व्यापारिक अधिकार कायम गर्न चाहन्थ्यो । यस कामका निम्ति उसले आफ्नो नेपाली काङ्ग्रेसका केही शीर्षष्थ नेताहरूलाई हात लिएर साधनको रुपमा प्रयोग गरिरहेको थियो । आखिर आम नेपाली जनताको राणाशाहीप्रतिको तीव्र आक्रोसको कारणले क्रान्तिको विगुल बज्यो । सबै वर्गहरू आ–आफ्नो वर्गस्तरअनुसार क्रात्किा विभिन्न मोर्चाहरूमा उत्रे । कम्युनिष्ट पार्टीको नेतृत्वमा सङ्गठित भएका आमूल परिवर्तनवादी प्रगतिशील श्रमिक जनता भने “खेत कसको — जोत्नेको” जस्ता नाराहरूका साथ जाली तमसुक च्यात्ने, लूटका सामान फिर्ता गर्ने र गरिबगुरुबामा जग्गा बाँड्ने आदि काममा अगाडि बढ्न थाले । यसरी जनक्रान्तिको नेतृत्व क्रमशः समपूर्ण रुपले सामन्तवाद र साम्राज्यवाद विरोधी जनवादी शक्तिहरूको हातमा जान लागेको देख्दा राजा, राजाका अनुयायी सामन्तहरू र ढुलमुल पूँजीवादी काङ्ग्रेसी नेता अतालिन थाले । उता आफ्नो कूटनीतिक तिगडम असफ हुन लागेको देखेर प्रतिक्रियावादी भारत सरकार पनि आत्तिएर नेपाली जनक्रान्तिलाई लङ्गडो पार्ने कुचेष्टामा लाग्न थाल्यो । यसरी तीनतिरका स्वार्थी तŒवहरू दिल्लीमा भेला भई जनक्रान्तिलाई सामन्तवर्ग, पूँजीपति वर्ग र भारतीय पूँजीवादको साझा स्वार्थमा मोड्ने उद्देश्यले कुख्यात ‘दिल्ली सम्झौता’ गरी जनक्रान्तिको घोक्रोमा छुरी रोप्दछन् र क्रान्ति स्थगित गरिएका घोषणा गर्दछन् । यसरी आम नेपाली जनताको भाग्यमाथि खेलबाड र विश्वासघात हुन्छ । कालो बिरालोलाई लघारेर सेतो बिरालोले दूधको कुँडे कब्जा गरेझैँ सामन्ती शोषणको बागडोर राणाशाहीको हातबाट कथित क्रान्तिकारी राजा त्रिभुवनको पञ्जामा अँठिन पुग्दछ । जनवादी शक्ति बढ्ने त्रासले आत्तिएर दिल्लीको इशारामा सामन्तवादसँग सम्झौता गरी नगण्य अधिकार र सीमित सत्ताको लोभमा नेपाली काङ्ग्रेसले नेपाली जनतामा भाग्यको ताला कुञ्जी राजतन्त्रकै हातमा सुम्पन्छ र जनताका आँखामा छारो हाल्न “जनक्रान्ति पूर्ण सफल भएको र प्रजातन्त्र आएको” फटाहा कुराको भोँपा बजाउँछ । यसबाट नेपाली काङ्ग्रेसले ‘सामन्तवादका विरुद्ध निर्णयात्मक पूँजीवादी क्रान्तिको नेतृत्व गर्ने क्षमता अब पूँजीवादवर्गमा छैन” भन्ने ऐतिहासिक वास्तविकताको राम्रो उदाहरण नेपाली जनताका सामु प्रस्तुत गरेको छ । यसरी २००७ सालको अपूर्ण क्रान्त्किो पर्दा बन्द हुन्छ । 

२००७ सालको अपूर्ण जनक्रान्ति र त्यसपछिको राजनीतिक स्थितिमा साहित्यको भूमिका

नेपाली गरिब श्रमजीवी जनताको पार्टी कम्युनिष्ट पार्टी बालखै भएको र राष्ट्रिय स्तरमा वर्गीय चेतनाको विकास हुन नसकेकोले दिल्ली सम्झौताले सर्वसाधरण जनतामा भ्रम पार्न निकै सफलता पाउँछ तर दिल्ली सम्झौताको विश्वासघाती धोखापूर्ण नीति बुझ्ने र वर्गीय हितको ज्ञान भएका जनता क्रान्तिको हतियार बिसाउन मान्दैनन् । सच्चा क्रान्तिकारी जनवादी शक्तिहरू “दिल्ली सम्झौता धोखा हो” भनी त्यसबा बिरुद्ध लगातार क्रान्ति जारी राख्ने प्रयासमा लाग्दछन् । क्रान्तिकारी विभिन्न तप्काहरूमा र खासगरी किसान आन्दोलनहरूमा धोखेबाज दिल्ली सम्झौताको भण्डाफोर सुरु हुन्छ । यस्तो स्थितिमा शासनसत्ताको हिस्सेदास बनिसकेको र आफूलाई प्रजातन्त्रवादी भन्ने सम्झौतापरस्त नेपाली काङ्ग्रेसको सरकार देशीय सामन्तवाद र वैदेशिक प्रतिक्रियावादी पूँजीवादी इशारामा नाचेर जनक्रान्ति दबाउन कुनै कसर राख्दैन । नेपाली काङ्ग्रेसकै निवेदनमा दिल्लीको नेतृत्ववर्गले भारतीइ फौज नेपालमा हुली नेपाली जनताको क्रान्तिकारी भावनालाई निलैज्ज्तापूर्वक बूट र सङ्गीनले दबाउन थाल्दछ । यसैबेला नेपालको नयाँ नेतृत्ववर्गले कम्युनिष्टविरो्धी खेमा बलियो पार्न अमेरिकी साम्राज्यवादलाई निम्त्याउन सुरु गर्छ । ऊ पनि सहयोग, मिशन आदिका अनेक बहानाले नेपाल पसी आफ्नो स्वाथैअनुरुप नेपाली राजनीति नचाउने प्रयासमा लाग्दछ । 

उपर्युक्त सबै कारणहरूले जनक्रान्ति शिथिल हुँदै जान्छ र देशभरि दिल्ली सम्झौताको अँध्यारो फैलिन थाल्छ । राणाशाही सत्ताबाट च्यूत भए तापनि देशमा प्रजातन्त्रको नाममा जनशोषणको तौरतरिका फेरिन्छ । अब जनताको टाउकामा राजतन्त्रको शोषण, नयाँ नेताशाहीको शोषण र भारतीय पूँजीवादको शोषण दुगुना र चौगुना हुँदै बढ्दै जान्छ भने जननेता भनाउदाहरू पद, स्वार्थ र ऐसआरामको निम्त आपसमा वाक्युद्ध गर्दै दगुर्न थाल्दछन् । 

देशभित्रको यस किसिमको राजनीतिक स्थितिको प्रभव र प्रतिक्रिया साहित्य र कलाको क्षेत्रमा पनि नपरी छाड्दैन । जनाका चेतनहील साहित्यकार र कलाकार निर्भीकतासाथ धोखेबाजीको भण्डाफोर गर्न र देशको राजनीतिक वस्तुस्थितिको विश्लेषणात्मक चित्रण गर्न थाल्छन् । हृदयचन्द्र सिंहले दिल्लीसम्झौताको धोकालाई प्रष्ट्याएर ‘उनको मुराद’ नाटक रङ्गमञ्चमा उतार्छन् । सचेत र इमानदार प्रत्येक कविहरू यसरी धोकाको विरोध गर्दछन् :

“म क्रान्तिको भोको छु, क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।
(रिमाल)
“हेर हेर नेपाली हो ! क्रान्ति अधुरो छ, नेपालको चन्द्रसूर्य विघ्नै मधुरो छ ।ूू
(धर्मराज थापा)
“नवाफी रवाफी कवाफी छ नेता, विलासी गिलासी चुवासी विजेता
प्रजातन्त्रको ढ्वाङ रित्तो करायो, जमाना अनौटा नयाँ आज आयो ।ूू
(देवकोटा)

तर नेपालको यस्तो दयनीय स्थितिमा पनि सत्ताको जुठोपुरो चाट्न पाएका सामन्ती एवम् पूँजीवादी वर्गक बफादार र वर्गचेतना नभएका, क्रान्तिबारे अवैज्ञानिक दृष्टि राख्ने लेखक–कलाकारहरू भने नेताहरूको स्वरमा स्वर मिलाउँदै नेपालमा जनता पूर्ण मुक्त भएर धूकधाम प्रजातन्त्र आएको, उज्यालो भएको, स्वतन्त्रता र खुसियालीका लहर उर्लेको आदिआदि फट्याइँपूर्ण कविता, गीत, नाटक लेख्न थाल्छन् । उदाहरणका लागि -

“मुक्त प्राण नाचिरहेछ, मुक्त कण्ठ गाइरहेछ, इनकलाब, इनकलाब ।
(केदारमान व्यथित)
“स्वदेशमा अब भयो उज्यालो, रहेन कहीँ बाँकी अँध्यारो ।
(तेजकुमार दाहाल– युगवाणी)
“अब त झन् सुनमा मिल्यो सुगन्ध स्वतन्त्र
त्यो चारतारे झण्डाको मुनि यो देश पवित्र ।
(चिरञ्जीवी पौडेल, युगवाणी)
“अब हाम्रा नील–गगनमा रवि, चन्दै, तारका झल झल् झल्
साम्राज्यवादका रक्त–कलश अब फुट्लान् प्राचीतिर भल् भल् भल् ।
(कुलमणि देवकोटा)
इत्यादि ।

तर, आम शोषित जनताको पक्ष लिने लेखक–कलाकारहरूले भने २००७ सालपछिको राजनीतिक स्थितिमा भएका षडयन्त्र, दाउपेच, दमन, सत्ताको लुछाचुँडी, राजनीतिमा भएका दिमागी खरिदबिक्री र जनता अल्मल्याउने छद्मभेषी कुकृत्यहरूको एकएक गरी भण्डाफोर गर्दै जनतालाई वास्तविकताको बोध गराउँदै गए । 

क्रात्प्रिति विश्वासघात, किसान–आन्दोलनको दमन र बढ्दो अत्याचार देखेर सम्झौतापरस्त, भ्रष्ट, दिल्लीका कठपुतली नाचको नकाब खोलिदिँदै क्रान्ति पूरा गर्ने आह्वानमा कविता लेखेः

“नेपालमा के सरकार आयो किसानलाई गोलीले उडायो
राणाशाही खतम गर्ने ढोँगी नारा लाई, भारतको सरकारले सहायता पाई
यो विचल्ली हाम्रो् पार्यो घरबास छैन, राणासँग हात मिलाई यसले गर्यो चैन ।

०००

“... मन्त्री मण्डल गठन गर्न पुग्छन् यिनै दिल्ली
नेपालको शासन गर्ने नेतहरूका बिल्ली
यो अन्याय खतम पार्न बालौँ साथी राँको
गरिब चुसी मोज गर्नेलाई पारौँ एकै फाँको ।
नडराई बढौँ अघि जेजे पर्छ पर्छ, संसारमा सच्चा क्रान्ति गरिबले नै गर्छ ।
गरिबैले पाउनुपर्छ शासन गर्ने भिटो ।
(देवीप्रसाद किसान— ‘बाघ आयो’)
त्यसपछि बढ्दै गएका देशीय प्रतिक्रियावाद र साम्राज्यवादको साँठगाँठलाई कविले यसरी हकारे :
“हाम्रा् देशका दाजुभाइलाई अङ्ग्रेजले हेर
मलाया र हिन्दचीनमा लाखौँ कटाइरहेछ
तिनैलाई झिका भन्दा विदेशीलाई ल्याउँछ
भारत सरकार मादल ठोक्छ, नेपाल सरकार नाच्छ ।

००

“... जनवादी देशसँग राम्रा्े सन्धि गर, विदेशीका शोषकलाई हटा परपर 
यस्तो नारा लगाउनेलाई भाला गोली ताक्छ
जनवाद दबाउन अमेरिका डाक्छ
अघिअघि भारत र पछिपछि अमेरिका, जनक्रान्ति निमोठ्नलाई कुद्दै आइरेछ ।

००

“छि छि छि छि आयो कि ज्वरो, कहाँ गयौ ए ढोँगी नेता हो
लौन भन ए साइँला–माइला, हामी जाने गोरेटो कता हो ?”

००
जब नेपालमा सामन्तवादका भरौटे् नेताहरूका् बिगबिगी बढ्न थाल्यो र अर्कातिर पूँजीवादी नेताहरूमा पनि पद र सत्ताको निम्ति लुछाचुँडी हुन थाल्यो, त्यस बेला कविहरूले नेताशाहीलाई चुनौती दिन थाले :

“पेशा तिम्रा्े, किसानको शोषण गरी खाने
ढोँग रच्छौ जनतालाई बाटो देखाउने
आफूसर्को विद्रोले आगो लाग्यो घरमा, नचिच्याऊ अमेरिकी डलरको भर्मा
भविष्यमा तिम्रो स्वार्थ टिक्न पाउने छैन, याद राख क्रान्तिकारी ज्वालो निभ्ने छैन ।
(गोकुलप्रसाद जोशी)

२००७ सालमा अधुरो रहेको क्रान्तिलाई जनवादी किसान क्रान्तिद्वारा फेरि अघि बढाएमा मात्र नेपालीको मुक्ति सम्भव छ भन्ने ठोकुवा गर्दै कविले लेखेः

“ज्यानै पो जाओस्, प्राणै पो जाओस्, पर्बाह गर्दैनौ
मानिसलाई चाहिने हक नलिई छाड्दैनौँ
मर्नु त एकदिन अवश्य पर्छ, पशुझैँ नजिऊँ
मानिस हुँ भने मानिसझैँ जिऊँ, मानिसको हक लिऊँ
बोल बोल किसान भाइ हो, धर्तीपुत्र जिन्दावाद ।ूू
००
“...धर्तीको यो मालीक्याइँ ठालूबाट खोस
एकजुट होऊ किसान, एकै डल्लो बनी
हजार गरिब एकातिर अर्कोतिर धनी
हातमा लाठी लेऊ सबै ..... ।
(देवकोटा, ‘कृषिवाला’)

“धनवाद तिम्रो जनवाद हाम्रो एक दिन दाँजौँला
आमाको काखमा देशको नाममा एकदिन बाझौँला
तिमी र हामी सङ्घर्षैरत छौँ, हेरौँला को थाक्छ ?
(भुपेन्द्रमान ‘सर्वहारा’)

यसैबेला कृष्णचन्द्रसिंह प्रधान र अरू लेखकहरू मिली प्रगतिशील लेखक सङ्घको स्थापना गरे । गोविन्दप्रसाद लोहनीका लेखहरूले जनसाहित्यकारहरूलाई सचेत पार्न लागे । श्यामप्रसादले ‘सेवा’ को माध्यमबाट प्रगतिशील आन्दोलनलाई ठूलो मद्दत पुर्याए ।

यस रुपमा साहित्य र कलालाई अनेक आडम्बर र मपाईंबाट मुक्त गरी प्रष्टरुपले जताको सुखदुःखको प्रश्नमा गाँसिने कविकलाकारहरू झन् पछि झन् सजग हुँदै जान थाले । यस प्रसङ्गमा आज आएर राम्रो–नराम्रो जुन बाटो पक्रिएता पनि सरोज कुमार, केदार ढकाल, जनकप्रसाद हुमागाईं, कृष्ण सर्वहारा, टि.आर. विश्वकर्मा, डि.पी. अधिकारी, आनन्ददेव भट्ट, शान्तदास, वी. ए. कृष्ण, जयप्रसाद, केपी मल्ल, त्रिरत्न बज्राचार्य, भवानी घिमिरे, जगत्बहादुर जोशी आदिको नाम उल्लेखनीय छ । 

२००७ सालको जनक्रान्तिमा कस्तो षडयन्त्र भयो, त्यसको छोटो उल्लेख त माथि भैसकेको छ तर राणहरूको हातबाट सत्ता आफ्नो हातमा परेपछि राजको देखावटी क्रान्तिकारिता समाप्त भएर गयो । आखिर राजा र राजतन्त्रलाई क्रान्ति र प्रजातन्त्रको के आवश्यकता थियो र ? राजतन्त्रले राणाशाहीप्रति बढ्दो जनअसन्तोषबाट फाइदा उठाएर त्यसलाई आफ्नो सत्ता हत्याउने साधनको रुपमा प्रयोग गरेको थियो । राजको वर्गचरित्र नचिन्ने राजनीति, ‘कम्युनिष्टको ह्याऊ’ ले डराएको सम्झौतापरस्त नेतृत्व र राजाको नेतृत्वमा सामन्तवादलाई अलिकति सुधारसाथ कायम राख्न चाहने उदारवादी सामन्तहरूको पूर्ण सहयोग आदि कारणले राजा आफ्नो दाउमा सफल भए । यी तत्वहरूले आफ्ना स्वार्थका निम्ति चाकरीवादको चरम प्रवृत्ति देखाउँदै उल्टै राजालाई नै ‘प्रजातन्त्रका जन्मदाता, क्रान्तिका अग्रदूत, स्वतन्त्रताका पुजारी, विश्वका पहिला महान् प्रजातान्त्रिक राजा’ आदिआदि विशेषण दिएर राजाको वर्गचरित्रमाथि पर्दा लगाई जनतामा भ्रम दिन थाले । नेपाली काङ्ग्रेसका नेता वि.पि. कोइराला सम्मले “जङ्गलका फूल सुक्न सक्छन् तर नेपालका हाम्रा प्रिय राष्ट्रनायक महाराजाधिराजप्रति प्रजाको श्रद्धा घट्न सक्दैन”  भने । यस्ता–यस्ता भ्रमपूर्ण प्रचारहरूको आड पाएका तिनै ‘क्रान्तिकारी’ राजा संसदीय व्यवस्था स्थापनाको निम्ति जनतालाई दिने वादा गरेको संविधानसभाको आमचुनाव टाल्ने र बाक् र प्रकशन स्वतन्त्रता सम्बन्धी सीमित अधिकारसमेत खोस्ने उद्देश्यले सारा शक्ति लगाएर दरबारी षडयन्त्र गर्न थाल्दछन् । त्यसको निम्ति सर्वप्रथम गुटबन्दी र साम्प्रदायिकता बढाउन बर्खे च्याऊ जस्ता कोठेपार्टीहरू खोलाउने, साहित्यकार र बुद्धिजीवीहरूको खरिदबिक्री गर्ने, राजनीतिक पार्टीहरूभित्र फूट पारिदिने आदि काममा राजदरबार जनशोषणका पैसाको ओइरो लगाउन थाल्दछ । त्यसबेला जनताका कवि पैसामा बिक्री हुने र राजनीतिक वेश्यावृत्ति गर्ने नेताहरूलाई भन्दछन् :

सङ्घर्ष गर्न डराउँछौ भने पस जङ्गलमा, ओढ रामनामी
चार जना बसी नखोल न पार्टी, यो फितलो नीतिले त साह्र्रै भयो हानि ।
(किसान)

फूटबन्दी र गुटबन्दीको षडयन्त्रले आखिर जाराले संविधानसभाको प्रश्नलाई नै ठुन्काइदिए, अनि त क्रमशः पार्टी–प्रजातन्त्रलाई नै असफल पार्ने उद्देश्यले सबै पार्टी र नेता देश बनाउन अयोग्य छन् भन्ने देखाउन खालि मन्त्रिमन्डल भत्काउने र बनाउने मात्र बाम हुन थाल्यो । कवि त्यस बेलाको चित्र खिच्दछन्ः

“नक्कली आइमाईको लुगासरी फेरिन्छ मन्त्रिमण्डल”
(भूपेन्द्रमान)

साम्यवादी चीनको छिमेकमा रहेको नेपालमा यसखाले सीमित संसदीय प्रजातन्त्र पनि प्रतिक्रियावादी राजतन्त्र र साम्राज्यवादीहरूको निम्ति असह्य हुन थाल्छ । साम्राज्यवादीहरू नेपालको कमजोर पूँजीवादी वर्गको नेतृत्वले मात्र साम्यवादविरोधी खेमाको बोझ उठाउन नसक्ने र आफ्नो व्यापारिक स्वार्थ पूरा नहुने ठानी सामन्ती राजतन्त्रलाई समेत आड दिएर आफ्नो त्यो कुचक्र पूरा गर्ने उद्देशयले अनेक सहयोगका स्वाङ रची घुसपैठ बढाउँछन् । यसबाट सजग कवि देशको भविष्यप्रति सजग हुँदै भन्दछन् :

“खबरदार, नेपाल नआ अमेरिकन ब्वाँसो
बेच्दैनौँ हामी रुपियाँका लागि नेपालको हाँसो”
००
“साम्राज्यवादी अमेरिकी मिशन खोल्न आउँछन्
सुनमाथि आँखा गाडी सेवा–गीत गाउँछन् ।
(भूपेन्द्र)

यसरी प्रतिक्रियावादी षडयन्त्र बढ्दै गएपछि जब कि भरौटे पार्टीहरू “एउटै देशमा दुइरृ सम्प्रभु हुन सक्तैन र संविधान राजबाटै बन्नुपर्छ” भन्दै नूनको साझो गरिरहेका हुन्छन् र अर्कातिर किनिएका कविहरू “नेपालमा घातक हो चुनाउ”  जस्ता फालाका हालिरहेका हुन्छन् । त्यस बेला बल्ल राजालाई ‘प्रजातन्त्रका जन्मदाता र प्रहरी’ भन्नेहरूका आँखा खुल्न थाल्छन् । त्यसपछि “संविधानसभाकै निम्ति संयुक्त भएर सङ्घर्ष गर्नुपर्छ” भन्ने कम्युनिष्ट पार्टीको आग्रहलाई समेत छोडी जब सत्तामा जान हतार भएका नेताहरू “संसदकै चुनाव भए पनि पाऊँ सरकार” भनेर बिन्ती बिसाउन थाल्छन्, कविले हकारिदिन्छन्ः

“भिक्षाले हक पाइँदैन अहिले सङ्घर्षको ठिक्गर ।
(किसान— सङ्घर्षको ठीक गर)

माथिका उदाहरणबाट प्रष्ट भइसकेको छ कि आ–आफ्ना वर्गको राजनीति र साहित्य एवम् कलाको कति घनिष्ट सम्बन्ध हुँदोरहेछ र राजनीति जस्तो महŒवपूर्ण कुरालाई कसरी शोषकवर्गले शोषणको निम्ति आफ्नो मात्र बपौती सम्झँदोरहेछ । यसबाट सजिलै यस निष्कर्षमा पुग्न सकिन्छ कि जुगौँदेखि सामन्तवर्गको हितको मात्र हतियार हुँदै आएको कला र साहित्य कसरी जनताको राजनीतिक चेतनाको विकास हुँदै जाँदा जनताको हातमा आई उनीहरूका हितको बलियो हतियार बन्न सक्तोरहेछ । अनि यस्ता साहित्यकार कालकारलाई “राजानीतिमा मुछिने, नारेबाज, अभद्र साहित्यकार, पार्टीका पछौटे” आदिआदि आरोप लगाउनेहरूको वास्तविक उद्देश्य के हुँदोरहेछ त ?

नेपाली संस्कृतिमा पूँजीवादी विकृति र संशोधनवादको प्रवेश

२००७ सालको क्रान्ति मध्ययुगीन सामन्ती व्यवस्था र त्यसका सम्पूर्ण मूल्य र मान्यताहरूका विरुद्ध उठ्दै गएका पूँजीवादी–जनवादी नयाँ मूल्य र मान्यताहरूको एउटा भूकम्प थियो । यद्यपि त्यस भूकम्पले सम्पूर्ण सामन्तवादलाई भत्काउन सकेन तर नेपालको सामन्तवादलाई मध्ययुगीन बर्बर ढङ्गले टिक्न नसक्ने स्थितिमा अवश्य पुर्यायो । यसरी सामन्तवादले पुरानो रुपमा टिक्न नसक्ने स्थिति आएको र अर्कोतिर राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेष स्थितिले गर्दा पूँजीवादी वर्ग सम्पूर्ण रुपले सामन्तवादका विरुद्ध निर्णायक क्रान्ति गर्न पनि नसक्ने एवम् सामन्तवादसँग नमिली एक्लै आफ्नो अस्तित्व कायम गर्न पनि नसक्ने स्थितिमा रहेकाले आजको विश्वपूँजीवादको स्वभाविक चरित्रअनुरुप नै उसले पनि वर्गसहयोगको आरधारमा सामन्तवादसँग सम्झौता गरेको थियो । यसरी क्रान्ति अधूरो रहे तापनि सात सालको घटनाले नेपालको सामन्तवादी दर्शन, परम्परा र सामाजिक रीतिथितिमा ठूलो चोट पार्यो । हुन त फ्रान्सको राज्यक्रान्तिपछि नै पुँजीवाद, सामन्तवादसँग सम्झौतापरस्त हुँदै गएको हो र विशेष गरेर रुसको समाजवादी क्रान्तिपछि त्यो समाजवादका विरुद्ध विश्वप्रतिक्रियावादको गढ हुँदै गयो तर पनि मूलतः पूँजीवाद भौतिकवादी औद्योगिक दर्शन हो । यूरोप एवम् अमेरिकामा सामन्तवादसँग लड्दा त्यसले युगान्तकारी प्रगतिशील भूमिका खेलेको कुरा पनि बिर्सन सकिन्न । आज निश्चय नै पूँजीवाद भन्नासाथ भ्रष्ट र मरणोन्मुख प्रवृत्तिको बोध हुन्छ तर पनि सातसालको सन्दर्भमा आफ्ना तमाम कमजोरीहरूको अलावा पनि त्यसको सामाजिक र वैचारिक क्षेत्रमा नयाँ हलचल ल्याएको कुरालाई उपेक्षा गर्नु पनि अवास्तविक हो तर यसको अर्थ यो पनि हैन कि यस्तो वैचारिक र सामाजिक परिवर्तनको श्रेय पूँजीवादी वर्गलाई मात्र छ । यसको प्रमुख भूमिका पूरा गर्न कम्युनिष्ट पार्टी र अरूहरूले पनि सहयोग गरेका छन् तर सातसाले क्रान्तिको नेतृत्व त यसै पूँजीवादोन्मुख वर्गले नै गरेको थियो । त्यस क्रान्तिको चरित्र पनि पूँजीवादी नै थियो । जे होस्, यहाँ त्यस घटनाले नेपालको बौद्धिक र सामाजिक क्षेत्रमा पारेको प्रभावको मात्र प्रसङ्ग हुनाले त्यसतिर नै दृष्टि केन्द्रित गर्नु व्यावहारिक हुनेछ ।

नेपाली साहित्यमा सातसाले क्रान्तिको सन्दर्भमा नै जातपात, छूतअछूत, भाग्यवाद, परलोकवाद आदि र सामाजिक, आर्थिक, असमानता एवम् भेदभाव जस्ता सामन्ती धारणाहरूका विरुद्ध आक्रोश र आक्रमण सुरु हुन्छ । सामन्तवादका आधार, ईश्वर, देवीदेवता, पूर्व–पूनर्जन्म, स्वर्गû–नरक आदि काल्पनिक कुराहरू हुनाले र तिनीहरूलाई समाप्त नगरेमा सामन्तवाद नढल्ने हुनाले यी सब कुराको प्रत्यक्ष र अप्रत्यक्ष विरोध सुरु हुन्छ । मानिस नै ईश्वर वा देवता हो, मानिसको भाग्य निधारमा हैन, उसैको हातमा छ, स्वर्ग र नरक यसै संसारमा छन् । जातपात र आर्थिक असमानता मानिसले बनाएको हो । मानिस–मानिस सबै समान तŒवबाट बनेका हुनाले सबले समान अधिकार पाउनुपर्छ इत्यादि उदारवादी (वर्गनिरपेक्ष, मानवतावादी) विचारधारा नै त्यस बेलाका सचेत साहित्यकारहरूको चिन्तनको मूल विषय हुन्छ । 

देवकोटा, रिमाल, माधवप्रसाद घिमिरे, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, युद्धप्रसाद मिश्र, गुरुप्रसाद मैनाली आदिका कृतिहरूमा (छायावादी प्रतीकात्मक रुपमै सही) प्रशस्त मात्रामा यी कुराहरू देखापर्छन् । ‘क्रान्ति हुन्छ, सामन्तवाद पल्टन्छ, देशमा नयाँ उज्यालो र सुविधाको युग आउँछ’ भन्ने विश्वास जताततै देखापर्न थाल्दछ तर समाजमा त्यसबेला माक्र्सवादी चेतनाको कमी भएकोले त्यसताकाको मुक्ति र स्व्तन्त्रताको चेतना सामूहिक र वैज्ञानिक नभई व्यक्तिवादी र भवानावादी मात्र थियो । त्यसै हुनाले नै सात साल असपासको साहित्यमा सामूहिक स्वतन्त्रताको भन्दा व्यक्ति–स्वतन्त्रता र स्वच्छन्दतावादी भावना बढी देखापर्छन् । परन्तु सातसाले क्रान्ति षडयन्त्र र सम्झौतामा ढुङ्गिई जनविरोधी षडयन्त्रको कार्य विभिन्न रुपबाट सुरु हुन थाल्छ । सामन्तवाद पूर्णरुपले पल्टन“ र साम्राव्यवादी हस्तक्षेप कम हुनुको सट्टा ती दुवैको साँठगाँठ झन् तीव्र भएर जान थाल्छ । त्यसपछि क्रमशः एकपछि एक गरी सीमित प्रजातान्त्रिक अधिकारमाथि पनि कुठाराघात हुँदै जान्छ । अनि पुरानै खालका भेदभाव, आर्थिक शोषण दमन, उत्पीडन, नोकरशाही आदिकै बोलवाला हुन्छ । २०१७ सालको राजको सैनिक कारवाही र त्यसपछिको निरङ्कुश तानाशाहीको स्थितिले त यी सब कुराहरू चरम चुलीमा पुग्दछन् । यसरी सातसालको क्रान्तिमा जनताले देखेका सपना चकनाचूर हुँदै गई अन्तमा समाप्त हुन्छन् । यस खालको क्रान्ति र प्रतिक्रान्तिको राजनीतिक भ्रम र अन्योलको जटिल सन्दर्भमा साहित्य र कलामा पनि विभिन्न किसिमका विकृत पूँजीवादी प्रवृत्तिहरू देखापर्न थाल्दछन् । जसलाई निम्न रुपमा विभाजन गर्न सकिन्छ । 

१. क्रान्ति र परिवर्तनप्रति दीर्घकालीन र वैज्ञानिक दृष्टिकोण परिपक्व नहुनेहरू सातसालको अपूर्ण क्रान्तिपछिको स्थितिले ज्यादै नै आत्तिए । उनीहरूले जुन किसिमको परिवर्तनको कल्पना गरेको थिए, त्यो भएन । त्यसैले प्रतिविम्ब साहित्यमा निराशावाद, कुण्ठावाद, पलायनवाद, शून्यावाद आदिमा देखापर्यो र जतिजति राजनीतिक जटिलता तीवै हुँदै गयो, उतिउति यी प्रवृत्तिहरू पनि मौलाउँदै गए र सत्र सालपछि त यी पराकाष्ठामै पुगे । यी प्रवृत्तिहरूले जहाँ राष्ट्रिय स्तरमा भएको थिचोमिचोले अत्तालिएर निराश बनेका छन् भने यसै आफ्नै हारको मनस्थितिले अन्तर्राष्ट्रिय क्रान्ति र प्रतिक्रान्तिकारी युद्धहरूमा पनि निराशा र उदासीन दृष्टिकोण लिई खालि युद्धको विरोध र विश्वशान्तिको कामना मात्र गर्दछन् । उनीहरू वास्तवमा युद्धहरू न्याय र अन्यायपूर्ण हुन्छन् र अन्तमा न्यायपूर्ण युद्धकै जीत हुन्छ भन्ने वैज्ञानिक र धैर्यपूर्ण दृष्टिकोण राख्दैनन् । यस खालका साहित्यकारहरूमा कुलमणि देवकोटा, वासुशशी, पारिजात, भीमविराग आदिको नाम उल्लेखनीय छ ।

२. राजतन्त्रको खिलाप नजाने (राजतन्त्रलाई वर्गनिरपेक्ष देखाई वैधानिक राजतन्त्रको कुरा गर्नु) सम्झौतापरस्त पूँजीवादी तप्का नेपालमा आफ्नो वर्ग स्थितिलाई राम्ररी जान्दथ्यो, त्यसैले ऊ नेपालमा साम्यवादी विचारधाराको बोलवाल हुनुभन्दा सामन्तवादसँग नै सम्झौता गरी ‘आधाआधा नाफा’ गर्न बेस ठान्दथ्यो । बरु यसको नििमत ऊ देशको  अर्धऔपनिवेशिक स्थिति स्वीकार गर्न पनि तयार थियो । यस तप्काले नेपालमा दोहोरो भूमिका खेल्नु आवश्यक थियो । एकातिर सामान्तवादसँग बढी सहुलियत लिनु र अर्कातिर साम्यवादी विचारलाई बढ्न नदिन वैदेशिक पूँजीवादको दलाली गर्नु । त्यसैले नै उसले सातसाले क्रान्तिलाई पूर्ण सफल क्रान्तिको संज्ञा दियो र साहित्यमा पूर्ण स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका काल्पनिक गीत अलापी जनता अलमल्याउन थाल्यो । अर्कातिर आमूल क्रान्तिकारी जनवादी प्रवृत्तिहरूलाई अन्योलमा पारेर भ्रष्ट र कुण्ठित पार्न फ्रायडलाई  काँधमा बोकी स्वच्छन्दतावाद, यौन स्वतन्त्रतावाद जस्ता छाडावादी प्रवृत्तिको विकास गरेर घोर व्यक्तिवादी दृष्टिकोणलाई बढावा दिन थाल्यो । साहित्य र कलामा अमूर्तवाद , रुपहीनता र ‘कला कलाको निम्ति’ जस्ता प्रवृत्तिहरूलाई यसै वर्गले विकास गरेर लगेको हो । व्यक्तिवादलाई प्रोत्साहन दिन नै यस वर्गले क्लिष्ट, जटिल र दूरूह साहित्य र कलालाई बढावा दिँदै लगेको छ । यस तप्काले २०१७ सालपछिको विकट स्थितिमा पनि जनवादी साहित्यका विरुद्ध भ्रष्ट प्रवृत्ति नै अँगालिरहेछ । यस खालका साहित्यकारहरूमा सालाखाला नाम लिँदा यिनीहरू पर्छन्— मोहन कोइराला, विपी कोइराला, प्रेमा शाह, कुमार नेपाल, रत्न शमशेर थापा, पुष्कर लोहनी, तारिणीप्रसाद कोइराला, विश्वम्भर चञ्चल, वानिरा गिरी आदि । 

३. क्रान्तिप्रति माक्र्सवादी दृष्टिकोण र वर्गी चेतना भने नभएको तर सातसालको अधूरो क्रान्तिपछिको स्थिजति र खास गरी सत्र सालपछिको अन्धार युगबाट असन्तुष्ट बुद्धिजीवी वर्गको जुन तप्का थियो, तिनीहरूमा अनास्थावादी, अराजकतावादी दृष्टिकोण विकास भएर गयो । आज अस्विकृत जमात, आयामवाद, आमलेखवाद, राल्फावाद  आदिमा त्यसमा अभिव्यक्ति पाइन्छ । ती विचारहरू वर्तमान अन्धकारको स्थितिदेखि असन्तुष्ट छन् र यसबाट मुक्ति पनि चाहन्छन् तर न त सामूहिक सङ्गठन, प्रयास र अनुशासनमा ध्यान दिएर क्रान्तिको मार्ग तयार गर्न चाहन्छन् न त वर्तमान व्यवस्थाको विकल्प नै उनीहरूको विचारमा प्रस्ट छ । उनीहरू अन्धाधुन्ध तरिकाले समाज, इतिहास, सभ्यता, विज्ञान आदिप्रति अनास्था व्यक्त गर्दछन् । यस खालका लेखकहरूमा जगदीश शमशेर, ईश्वरवल्लभ, द्वारिका श्रेष्ठ, मदन रेग्मी, उपेन्द्र श्रेष्ठ, कृष्णभक्त आदि छन् । 

४) सात सालको अपूर्ण पूँजीवादी क्रान्तिले नेपालको अर्धसामन्ती र अर्धऔपनिवेशिक तस्बिर अझ प्रस्ट भएर आयो । सामन्तवाद र पूँजीवादको सम्झौताले नयाँ किसिमको नोकरशाही प्रवृत्तिको विकास भयो । यसै नोकरशाही थिचाईमा सात सालको पूँजीवादी–मानववादी उदारवादी तहसनहस भएर गयो र नेपाली साहित्यमा फेरि सांस्कृतिक वेश्यावृत्ति, स्तुतिवाद, अन्धराष्ट्रवाद, शक्तिपूजावाद र अवसरवादी तीवै रुपले विकसित भएर गए । राजकीय प्रज्ञा प्रतिष्ठान, नेपाल साहित्य संस्थान र रेडियो नेपाल जस्ता संस्थाहरू यी प्रवृत्तिका केन्द्र बन्न पुगे । यस व्यभिचारमा संलग्न रहेका व्यक्तिहरूको सङ्केत ठाउँठाउँमा दिइसकिएकै छ । 

यी सम्पूर्ण नयाँ प्रवृत्ति र विकृतिहरू सात सालदेखि आजसम्मको नेपाली राजनीतिक र आथिर्क स्थितिका प्रस्ट उपज थिए तर त्यस बेलदेखि नै सत्तामा हिस्सेदास बन्दै आएका सामन्तवादी र पूँजीवादी विचारकहरूले यस वास्तविकतालाई बङ्ग्याएर प्रस्तुत गर्दै आएका छन् । उनीहरू यी सम्पूर्ण प्रवृत्तिहरूलाई साहित्य र कलाको क्षेत्रमा भएको विविधताको विकास एवम् विचार स्वतन्त्रताको नमुना हो भन्ने झुट्टा र भ्रमपूर्ण कुरा प्रचार गर्दछन् । उनीहरू आफ्नो  वर्ग–स्वार्थको निम्ति वास्तविकलाई छोप्न ‘मानवीय स्वभाव‘ प्रवृत्तिहरूको विविधता’ भने पश्चिममा थोत्रिएको जाली पर्दाकै सहारा लिन्छन् । उनीहरू भन्दछन्— प्रत्येक मानिसको स्वभाव, रूचि र विचार भिन्नभिन्नै हुन्छ र साहित्य र कलामा देखिने विभिन्न रुप त्यसैको प्रतिबिम्ब हो । तर वास्तविकता त के हो भने वर्गीय समाजमा स्वभाव, रूचि र विचारहरू पनि वर्गीय नै हुन्छन् र ‘मानवीय स्वभाव’ भन्ने अलग कुरा केही हुँदैन । ‘मानवीय स्वभाव’ को विचारले वर्ग सहयोग र वर्ग समन्वयको वकालत गर्दछ र वर्ग सङ्घर्षको दृष्टिकोणलाई धमिल्याउन चाहन्छ । 

नेपालको यस्तो सङ्कटपूर्ण राजनीतिक स्थितिमा पनि क्रान्तिप्रति वैज्ञानिक र दूरदर्शी, मार्क्सवादी दृष्टिकोण राख्ने केही जनताका इमानदार साहित्यकारहरू भने कुर्न पनि अन्योल र भ्रममा नपरी दुःख र कष्टहरू सहेर पनि आत्मा नबेची वर्गीय अडानमा दृढ रहेर बोलिरहेका देखिन्छन् । उनीहरू सम्पूर्ण षडयन्त्रकारी र सम्झौतापरस्त शासक वर्गलाई हाँक दिन्छन् ।

“जनताको अधिकार पटापट खस्यो, धेरै परे कान्लामुनि माथि अर्कै बस्यो,
निमिट्यान्नै भयो देख्यौ पाइआएको हक, यो बेलामा क्यै गरेनौ अब तिम्लाई पख ।
—किसान

हुन त नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा बडो विवादास्पद छन् र रहने पनि छन् तर मूल रूपमा उनले जनपक्षीय विचार र आचारणले नेपाली साहित्यकारहरूलाई ठूलो प्रेरणा दिएका छन् । आफ्नो मृत्युभन्दा थोरै अघि २०१५ सालमा तासकन्दमा भएको अफ्रो–एशियाली लेखक सम्मेलनमा साहित्यको उद्देश्य प्रस्ट गर्दै नेपाली प्रतिनिधि मण्डलका नेताको हैसियतले देवकोटाले दिएको यो भाषण आज पनि हाम्रा लागि प्रेरणा लिन लायक छ :

“जसले समाजको हानी गर्छ, त्यो जहर हो । जहर असली साहित्य होइन । जीवनका निम्ति र विनाशको विरूद्ध, सहअस्तित्वको निम्ति र सैनिक आक्रमणको विरूद्ध, आधुनिक मानव जातिको महान् सङ्घर्षले जागरूक जनतामा शक्तिशाली समर्थन पाउँदै गएको छ । यस अवस्थामा साहित्य माथिल्लो वर्गको शोखको विषय बन्न सक्तैन । अब त्यो समाज र जनताको हातमा यौटा ठूलो हतियार भएको छ...”

तर नेपालको सारा प्रतिक्रियावादी शक्ति बुद्धिजीवी वर्गमा यस खालको प्रष्ट जनवादी चेतना विकसित भएको हेर्न चाहन्थ्यो । त्यसै कारणले नै सामन्तवाद र नयाँ नेताशाहीको बफादार तप्का जनताको सुख–दुःखमा आत्मीयता राखेर सही कुरा लेख्ने साहित्यकारहरूलाई नारेबाज, राजनीतिक पूर्वाग्रहयुक्त, राजनीतिमा पिछलुग्गू, कला, शिल्प र साहित्यको मर्म र स्वरुप नबुझ्ने पाखे आदिआदि आरोप लगाई वास्तविकताबाट विचलित पार्ने प्रयास गथ्र्यो । यसै सन्दर्भमा नै जनवादी दबाउन र नेपाली जनता लुट्न शासक वर्गको पाहुना बनेर नेपाल पसेको भारतीय प्रतिक्रियावादी एकाधिकार पूँजीवाद र अमेरिकन साम्राज्यवादले नेपाली जनचेतनालाई कुण्ठित पार्न पश्चिममा थोत्रिएर मक्किएका सारा भ्रष्ट सांस्कृतिक प्रवृत्तिहरू नेपालका हुल्ने सल्ला दियो र विभिन्न सांस्कृतिक संस्थाहरूका माध्यमबाट तिनै उद्देश्यको पूर्ति हुने खालका शिक्षा पद्धति, सिनेमा, क्लव, होटल, नाचगान, फेसन, बोलीचाली, रहनसहन आदि सब कुराको अन्धाधुन्ध प्रचार सुरु गरियो । यसरी सातसाल पूूर्वसम्म राणा–दरबारहरूभित्र मात्रै सीमित रहेका भ्रष्ट प्रवृत्ति बाहिर बजारमा प्रचारित हुन थाले । यस नयाँ झिलिमिलीले मध्यम वर्गीय समाजलाई निकै नै भ्रम दिई पथभ्रष्ट पार्नमा सफलता पाउन थाल्यो । 

दुर्भाग्यवश ठीक यसै बेला संशोधनवादी रोग पनि संस्कृतिमा लाग्न आइपुग्यो । नेपाल कम्युनिष्ट पार्टीमा राजतन्त्रको वर्ग विश्लेषणबारे पहिलेदेखि नै मतभेद रहँदै आएको थियो र यसैबीच अन्तर्राष्ट्रिय साम्यवादी संसारमा समेत संशोधनवादी प्रवृत्ति उठेकाले फूट पैदा भयो र त्यसले २०१४ सालतिर नेपाल कम्युनिष्ट पार्टीम पनि प्रवेश गरी विवाद चर्काउन झन् मद्दत गर्यो । त्यसको असर जनवादी साहित्यिक क्षेत्रमा पनि पर्यो र फूट सुरु भयो । संशोधनवादले वर्गसङ्घर्षको माक्र्सवादी दृष्टिकोण छोडी वर्गसमन्वयको सिद्धान्त मान्ने हुनाले मध्यम वर्गीय कतिपय जनवादी साहित्यकारहरू विचलित भएर उनीहरू पनि ‘शुद्ध साहित्य, मानवतावादी साहित्य साम्यवादी अनुशासनेखि मुक्त र स्वतन्त्र साहित्य’ (ताना शर्मा ने. सां. को इतिहास) आदि कुराको वकालत गर्दै माक्र्सवाद–लेनिनवादको घुम्टोको आडमा पूँजीवादकै सेवा गर्ने, चरम व्यक्तिवादी र संशोधनवादी साहित्य लेख्ने, इमानदार अनुशासित जनवादी साहित्यकारहरूमाथि अनेक प्रकारका लाञ्छना लगाउने गर्दै प्रथप्रष्ट भई अन्तमा शासक वर्गको अगाडि आत्मसमर्पण गर्न पुगे । ताना शर्मा, कष्णचन्दै सिंह प्रधान, धर्मराज थापा आदि यस कुराको प्रष्ट नमुना हुन् । ‘प्रगतिशील साहित्यिक आन्दोलन’ लाई यी गद्दारहरूले ठूलो चोट पुर्याएका छन् । यिनीहरूजस्तै प्रतिक्रियावादका प्रताला चटुवाहरूको उद्दण्डतटाले २०१६ सलामा स्थापित ‘नेपा प्रगतिशील लेखक सङ्घ’ अल्पायुमै ढल्यो । 

२०१७ साल र त्यसपछिको सांस्कृतिक अवस्था

२००७ सालमा आधार सत्ता पूँजीवादी वर्गका हातमा गएको, बुद्धिजीवी वर्ग चनाखो हुँदै गएको र किसान–मजदुर आन्दोलन बढ्दै गएको देख्दा आत्तिएर पुनः एकलौटी सत्ता हत्याउने षडयन्त्रमा व्यस्त रहेको सामन्ती राजतन्त्र अनेक षडयन्त्रको अलावा पनि २०१५ सालमा पूँजीवादी पार्टीले ठूलो बहुमतले आमचुनाव जितेको र जनवादी शक्तिहरू खुला मैदानमा उत्रन लागेको देखेर झन् विचलित भयो र उसले जनवाद विरोधी साम्राज्यवादीहरूको सहरसल्लाहबाट सत्र सालमा आई सैनिक षडयन्त्रबाट संसदीय व्यवस्थाकै विघटन गरी जनतामा सीमित अधिकारसमेत खोसेर ज्यादतीलाई पराकाष्ठामा पुर्यायो । उसले समाजवाद र साम्राज्यवादका बीचको अन्तर्राष्ट्रिय अन्तर्विरोधबाट फाइदा उठाई अन्धराष्ट्रवाद र राष्ट्रिय सङ्कटको फुक्लो नारा दिई केही समय जनता अल्मल्याउन र अन्तर्राष्ट्रिय पूँजीवादी र साम्राज्यवादको कृपापात्र बन्न सफलता पायो । २००७ सालदेखि पाइआएको सत्ता र सीमित प्रजातान्त्रिक अधिकारसमेत खोसिँदा सामन्तवादसँग सम्झौता गरी साम्यवादी प्रभाव रोक्न अन्तर्राष्ट्रिय प्रतिक्रियावादको दबाबमा परेको नेताशाही चीत पर्यो । 

राजतन्त्रले जनताका आँखामा छारो हाल्न र आफ्नो सामन्ती रुपमा पर्दा हाल्न ‘देश, हावापानी र माटो सुहाउँदो’ भनी पञ्चायती प्रजातन्त्र नाम दिई सामन्तीवर्गको दुदृढ सङ्गठन गर्न थाल्यो र राजनीतिक सङ्गठनको अभमावमा शक्तिहीन भएका राजनीतिक पार्टीका केही भ्रष्ट नेताहरूलाई पनि सत्ताको सानो हिस्सा दिई आफूलाई पूँजीवादी र जनवादी वर्गका नेताको रुपमा समेत देखाउने दुस्प्रयास गर्न थाल्यो । सारा कठमूल्ले प्रतिक्रियावादीहरूको सहानुभूति बटुल्न र आफूलाई क्षेत्रीय, वंशीय शास्त्रोक्त राजा देखाउन प्रजातन्त्र विरोधी धर्मसापेक्ष राज्य घोषित गरी, जनतालाई सत्र सालपूर्वको भ्रष्ट र नियन्त्रित नेतृत्वहरूको उदाहरण दिईदिई आफू साँखिलो बनी आफूलाई पक्का राष्ट्रवादी र आफ्नो ‘पञ्चायती’ व्यवस्थालाई पूरा प्रजातान्त्रिक देखाउने ढोँग रच्न थाल्यो । तर त्यो राष्ट्रवाद केवल प्रजातन्त्रको हत्यामा पर्दा हाली राजतन्त्रीय शोषण कायम राख्ने बहानाबाहेक अरू केही हैन भन्ने कुरा राजाले खुलेआम निम्त्याएका विदेशी एकाधिकार पूँजीवादको बेरोकटोक घुसपैठ र राम्राज्यवादपरस्त नीतिले प्रष्ट देखाएको छ । ‘मेरो नेपाली जाति उच्च र पवित्र छ, म पक्का राष्ट्रवादी भएर बाँच्छु’  भन्ने राजाको फोस्रो जातिवादी राष्ट्रवादले हिटलरको सम्झना गराउँछ र ‘मान् कि नमान् तेरो महमान्’ भनेझैँ राजा जब आफैँले नै जनतालाई ‘राजमुकटमा आस्था र राजमुकुटको नेतृत्वबाट मलाई सदा उत्साह र भरोसा मिलिरहेको छ ।  भनी रटाउन लगाउँछन्, त्यसबेला उनको प्रजातन्त्रको सक्कली चेहरा पनि उदाङ्गो रुपमै देखापर्छ । जे होस्, राजनीतिक र आर्थिक क्षेत्रबाट जनतालाई केही दिन नसके तापनि सामन्तवादका नाइके राजतन्त्र, संसदीय व्यवस्थालाई सराप्ने र आफ्नो डम्फू पिट्ने किताबी हल्लामा निकै अगाडि रह्यो । यो स्थिति माक्र्स–एङ्गेल्सले फ्रान्स र इङ्ग्लैण्डका अभिजात वर्गको स्थितिको चित्रण गर्दै ‘कम्युनिष्ट घोषणापत्र’ को सामन्ती समाजवाद भन्ने अनुच्छेदमा लेखेको कुरासँग खूब मिल्छ । 

मार्क्स –एङ्गेल्स लेख्दछन्ः

“फ्रान्स र इङ्लैण्डका अभिजातहरूको ऐतिहासिक स्थिति यस्तो थियोकि आधुनिक पूँजीवादी समाजका विरुद्ध पम्प्लेट लेख्नु उनीहरूको पेसा बन्यो । जुलाई १८३० को फ्रान्सेली क्रान्तिमा र इङ्लैण्डको सुधार आन्दोलनमा यिनै अभिजात फेरि यी घृणास्पद नवप्रतिष्ठित अनभिजातहरूदेखि पराभूत भए । त्यसपछि कुनै महत्वपूर्ण लडाइँ लड्ने सम्भावना रहेन, अब खालि साहित्यिक लडाइँ सम्भव थियो । "

राजतन्त्रले आजको स्थितिमा मध्ययुगीन बर्बर व्यवस्थालाई यथावत् कायम राख्न त सक्तैनथ्यो, त्यसैले ऊ त्यसमा ‘सुधार’ को ढोँग रची अलिकति नयाँ रुपले टिक्ने चेष्टा गर्न थाल्यो । वर्गसङ्घर्षको वैज्ञानिक सिद्धान्तको ठाउँमा विश्वका सारा प्रतिक्रियावादीहरूले भट्याउने गरेको ‘वर्ग समन्वय’ लाई अगाडि ल्याइयो र ‘शान्तिपूर्ण तरिकाबाट शोषणविहीन समाज कायम गर्ने’ ढोँगी नारा दिइयो । तर अर्कातिर शोषण भनेको के हो र वास्तवमा त्यसको उन्मूलन कसरी गर्न सकिन्छ भन्ने कुरामा जनतालाई सोच्ने र बोल्नेसम्म अधिकारदेखि वञ्चित गरियो । शोषणविहीन समाज निर्माणको निम्ति त्यसै अनुरुपको समाजवादी अर्थव्यवस्थाको तर्जुमा त कताकता सामन्ती र अद्र्धउपनिवेशवादी अवस्थालाई नै झन् दीगो र दरिलो बनाउन थालियो । 
‘पञ्चायती प्रजातन्त्रको नामले लागू गरिएको यो प्रतिगामी व्यवस्था एकातिर त शान्ति, समन्वय र मेलमिलापको ढोँग रच्दछ भने अर्कातिर भोका किसानहरूले गुहार माग्दा गोलीले भुट्ने, हिन्दू धर्मलाई काखी च्यापेर ‘विश्वको एकमात्र हिन्दू राज्य’ को संज्ञा दिई हिन्दूस्तानका जातिवादी–प्रतिक्रियावादीहरूको समेत सहानुभूति बटुली धार्मिक फूत, जातिगत घृणा र साम्प्रदायिकताको झगडाबाट आफ्नो चुसाहा व्यवस्था कायम राख्न चाहन्छ । एकातिर सार्वमौकिताको नारा छ त अर्कातिर भारतीय विस्तारवाद र एकाधिकार पूँजीवादका सामु आत्मसमर्पणको क्रियाकलाप बढाउँदो छ  उकातिर तटस्थता र शान्तिपूर्ण सहअस्तित्वको राग अलाप्छ भने अर्कातिर साम्राव्यवादको चाकरीमा दौडिरहन्छ । उकारित राष्ट्रिय एकताको पनि ढोल पिटिन्छ भने अर्कातिर देशभरका इलाका–इलाकामा बसेका जमीनदार, दलाल व्यापारी, सामन्त, जाली फटाहा र शोषकहरूलाई पञ्चमात र तथाकथित वर्गीय सङ्गठनको माध्यमबाट एकजूट गरी सामन्ती राज्यसत्ताको अडानको रुपमा जनवादी भावनाका विरुद्ध प्रयोग गरिँदो छ । 

यसरी उभ्याइएको अर्धसामन्ती थोत्रो तानाशाही व्यवस्थालाई अडान दिन त्यसै सुहाउँदो कला र संस्कृतिको विकास गर्न पनि राजतन्त्र पछि परेको छैन । यो कुरा त पक्कै हो कि अजाको चेतनाको स्तरमा राजतन्त्रलाई दैवी सिद्धान्तको मात्र आड दिएर ‘ईश्वर अवतार’ भनाई शासन चलाउनु असम्भव छ, त्यसैले सर्वप्रथम राजको वर्गस्थितिमा पर्दा हाल्न ‘देश’ र ‘नरेश’ शब्दलाई पर्यावाची शब्दजस्तै बनाइयो । ‘ईश्वर अवतार र धर्मावतार’ को सट्टा ‘राष्ट्रनायक’, ‘दैवी अवतार’ को सट्टा ‘राजा सबको साझा’ जस्ता नारा भट्ट्याउन लगाइयो । भौतिकवादी चेतनाले ध्वस्त हुन लागेका आध्यत्मिक अन्ध परम्परालाई राजतन्त्र थाम्न र धार्मिक ढोँग देखाई आफ्ना कुकृत्यहरू सर्वसाधारण जनतासमक्ष छिपाउन अत्यावश्यक ठानिएकालेले फेरि उठाउने प्रयास गुरु भयो । कोतपर्वपछि जङ्गबहादुरले कोटिमोह र ‘जङ्ग हिरण्य हेमनारायण मन्दिर’ को स्थापना गरी आफूलाई परम पुण्यात्मा देखाउन खोजझैँ २०१७ सालको तानाशाही काण्डको लगत्तै पछि दुई करोड खर्च गरी काठमाडौँका सारा जीर्ण मन्दिरहरूको मरम्मत गराइयो । कोटिहोम महायज्ञ, बृहत् आध्यात्मिक सममेलन, अद्वैतवादको प्रचार र पहेँला भेषधारी गुप्तचरहरूको विकासमा लाखौँलाख रुपियाँ खर्चिन थाल्यो । उदाहरणका लागि राष्ट्रद्रोही योगी नरहरिनाथलाई लाखौँ रुपियाँ दिएर सम्मेलनहरू गर्न लगाई पाल्पा, अर्चलेको थानेश्वर जस्ता छट्टुलाई ‘महाप्रभु’ पदवी दिएर ‘राजा ज्यूँदो ईश्वर’ हो भन्ने प्रचार गराउन लाखौँलाख रुपियाँ र मनोमानी सुविधा दिई देश घुमाउन लगाइयो । क्षितीशचन्द्र चक्रवर्ती जस्ता विदेशी लुटहालाई अद्वैतवादको ढ्याङ्ग्रो पिटेर नेपाली जनतालाई भेडा बनाउने र नेपाली सम्पत्ति विदेश ओसार्ने काममा खुला छूट दिइएको छ । कस्तो हाँसो लाग्दो हुरा ! एउटासम्म विश्वविद्यालय राम्ररी चल्न नसकेको नेपालमा आज क्षितीशचन्द्र चक्रवर्तीले तीनवटा अद्वैत विश्वविद्यालय खोली प्रमाणपत्रका खोस्टा (स्वर्ग जाने प्रमाणपत्र) बाँडी पोपलीला रचेर नेपाली जनता लुटिरहेछ ।  अर्कातिर छाडा मैथुनवादी हिप्पीहरूलाई खूब प्रोत्साहन दिएर नेपाली युवा चेतनालाई सकेसम्म विकृत तुल्याउन जोडतोडका साथ प्रयास गरिएको छ । शिक्षासुधारको नाममा रूढीवादले भरिएको अवैज्ञानिक पञ्चायती पाठ्यक्रम जबर्जस्ती लादिएको छ । राष्ट्रिय गीतको नाममा :
‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति,
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति,
राखून् चिरायु ईशले प्रजा फैलियोस्
पुकारौँ जय प्रेमले
हामी नेपाली साराले ।’

जस्तो व्यक्तिको प्राथना भएका, दैवी सिद्धान्तको भूलभूलैयामा जेलिएको र सुन्दै पनि आत्मग्लानि भई शिर निहुराउनुपर्ने भाट गीतलाई शिक्षण संस्थालगायत सर्वत्र साँझै, बिहानै अनिवार्य रुपले रट्नुपर्ने बनाइएको छ । सारा साहित्यकार र कलाकारहरूलाई भाडाका गाइने बनाउन पुराना दरबारका भाट कविकलाकारहरूलाई दिइने ‘बक्सिस’हरूलाई आधुनिक बनाई त्रिभुवन पुरस्कार र इन्द्रराज्यलक्ष्मी  पुरस्कार जस्ता नाम दिई ‘प्रभुको गुणगान गर्ने आत्मा – बेचुवा’ कलाकारलाई बाँड्ने र गोर्खा दक्षिण बाहु जस्ता थोत्रा पदकले डामेर दागी बनाई छाड्ने व्यवस्था  गरिएको छ । अझ कथित ठूलाबडा लेखक–कलाकारलाई स्थायी भाडाका गाइने बनाउन सामन्ती संस्कृतिको अखडा राजकीय प्रज्ञाप्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्य र आजीवन सदस्य आदि बनायर  भाटहरूको जमात तयार गरिएको छ । नेपालको एकमात्र सांस्कृतिक प्रसारणको माध्यम भएको रेडियो नेपालबाट खालि :

‘हाम्रै राजा ठूला छन् हाम्रै देश विशाल’
‘राजा महेन्द्र हाम्रो, हामी महेन्द्रका’
‘महेन्द्र जस्ता राजा हाम्रा, रत्ना जस्ती रानी’
‘कलम समाऊ हे राजा, कविता हामी बनौँला’
‘श्री ५ महाराजाधिराजको भयो सवारी’
‘काँधमाथि महेन्द्र राजालाई’
‘राजा र रानीको तस्बिर छ यो मेरो रातो झोलामा’
‘स्वदेशका हे वीर महेन्द्र, नेपालीका आशा केन्द्र, तिम्रो जय जय होस् ।’
आदिआदि स्तुति पाठका गीतहरूले रेडियोको आधाभन्दा बढी समय समाप्त गर्ने तर्जुमा गरिएको छ । विज्ञापन आदिको बहानाले सारा अखबारहरू किन्ने चेष्टा गरिएको छ । 

यति सबै कुराको व्यवस्था गरिसकेपछि २००७ सालपछिको अवस्थामा सत्ता हत्याउने नियतले जनताको मर्म बुझेझैँ गरी -

“गर्छिन् पुकारा आमा रोई कराई जोडले
होइन मेरो भन्छिन् सन्तान थरीथरीका
सुनको छ थाल काहीँ काहीँ छ पात खाली
कोही धनी असाद्धे, कोही गरिब माग्ने
सक्तिनँ हेर्न भन्छिन् सन्तान थरीथरीका”
(उसैको लागि)

यस्ता गीत लेख्ने कवि–भेषधारी राजा महेन्द्रले २०१७ सालपछि सत्ता हत्याएर अलिकति चाँजोपाँचो मिलाउनासाथ निर्धक्क भई -

“नसीव सबको काँ एक हुन्छ र हुँदैन”

भनेर हाक्काहाक्की घोषणा गरेर जनतालाई लोप्पा ख्वाइदिए । तर यति हुँदा पनि पञ्चायती तानाशाही व्यवस्था धेरै दिन टिक्ला भन्ने भरोसा नहुनाले ‘तातै खाऊँ जल्दी मरूँ’ भनेझैँ गरी छिटोछिटो शोषण गरेर विदेशी बैङ्कहरूमा सम्पत्ति ओसार्न जनतामाथि ७ गुना सम्म मालपोत वृद्धि, तिरी नसक्नु बचत र नाना किसिमका ट्याक्सहरूको भारी लादिदिए । देशका सारा आर्थिक स्रोतहरूमा राजदरबारको मालिक्याइँ र विदेशी पूँजकिो दरदबा बढाइयो । देशका सुनचाँदी र किमती सम्पत्ति विदेशी बैङ्कहरूमा ओसारिन थाल्यो । राजदरबार बेचियो । युवराजको विवाहोत्सव र नवयुवराजको जन्मोत्सवको बहानाले मुलुकी खानालाई ‘दरबारीखाना’ बनाइयो । सामन्ती स्वार्थको कुचुक्र पूरा गर्न लागु गरिएको तथाकथित भूमिसुधारको परिणाम देशमा झन् गरिबी, हाहाकार, आर्थिक सङ्कट र विदेश निर्वासनको बाढमा परिणत भयो । यो सारा असह्य पीडाले छटपटाएका किसानहरूलाई ‘बचत माफ गर, मालपोत कम गर’ भनेर गुहार माग्दा हजारौँको सङ्ख्यामा बारुदमा भुटियो । 

देशमा नाङ्गो नाच नाच्दो यस्तो तानाशाही निरङ्कुशतामा इमानदार, जनसाहित्यकारहरू सकेसम्म बोल्दैरहे, जेल, नेल र यातनाहरू खप्दै गए,बरु लेख्नै नपाएर कलमै थन्काएर बसे तर आत्मा बेच्ने घृणित कामबाट जोगिए । तर जुनजुन मध्यम वर्गीय बुर्जुवा प्रवृत्तिका अवसरवादी साहित्यकार र कलाकारहरू थिए र जसले जनक्रान्तिको समयमा जनताका सम्मुख क्रान्तिकारी र प्रगतिशील देखा परी स्वार्थ हत्याउने बाटो खोज्दथे, ती सारा तिहुन चखुवाहरू आफ्नो मध्यम वर्गीय ढुलमुल चरित्रअनुसार पिपलको पातझैँ धमाधम आत्मा बेचेर तानाशाहका भाडाका स्तुति पाठक बन्न पुगे । ‘आगो र पानी’ लेख्ने सम ‘महेन्द्रको जीवनी’ लेखी उपकुलपति बन्न पुगे । हिजोको ‘घघडान् क्रान्तिकारी’ बनेर ‘इन्क्लाब’ लेख्ने ‘व्यथित’ जीले नेपाली साहित्य संस्थानबाट श्री ५ महेन्द्रको अभिनन्दन ग्रन्थ सुम्पेपछि मन्त्री र कुलपतिको पद भेट्टाए । ‘हेर हेर नेपाली हो, क्रान्ति अधुरो छ’ भन्ने जनकवि भनाउदा धर्मराव श्री ’श्री ५ को सवाई’ गाएर ‘काँधमाथि महेन्द्र राजालाई’ बोक्नासाथ प्रज्ञाप्रतिष्ठानमा घुम्न पाए । ‘भोका छन् जनता जनार्दन भने खाएर पो के भयो ?” भन्ने माधव घिमिरे -

“वैशाख फुल्यो सुनगाभा काँनमा टिपी लाउँ कि
महेन्द्र हाम्रा राजाको एउटा गीत गाउँ कि ?”

भनेर कृपापात्र बनी प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य बन्न पुगे । इतिहास संशोधन गरी राजाको चाकरी पुर्याउने सूर्यविक्रम ज्ञवाली, बालचन्द्र शर्मा, चित्तरञ्जन नेपालीहरूले पनि यथायोग्य बक्सिस पाए । भोको छँदा आफूलाई भयङ्कर मार्क्सवादी समालोचक भन्ने ताना शर्माले अघाएपछि महेन्द्रको तानाशाहीलाई नै अति प्रगतिशील (मार्क्सवादी – लेनिनवादी भन्दा पनि ) देख्दा  विलायततिर बरालिई, गोरी अप्सराहरूको वनमा विहार गर्ने सुअवसर भेट्टाए । अनि त “विशेष गरेर २०१७ सालपछिको नेपाली साहित्य बढी चिन्तनपूर्ण, अनुशासित र सुन्दर भएको छु” (ने.सा. को इतिहास, पृ. १७३) भनेर निर्धक्क हात हाली नूनको सोझो गर्न थालिहाले । अरू त अरू राजको जागिर नखाने भूपि शेरचन (क्रान्तिकालमा भूपेन्द्रमान सर्वहारा) ले पनि ‘धनवाद तिम्रो जनवाद हाम्रो’ भन्ने गीत “मैले अल्लारे उमेरमा गलत राजनीतिक प्रभावमा परी लेखेको हुँ”  भनी सफाइ दिएर अनाहकमै आफूलाई जनताबाट टाढा पार्दै छन् । जबकि अझै पनि उनको कलम पूर्ण रुपले बेइमान भइसकेको छैन । यसरी प्रगतिवादको घुम्टो ओढेका प्रतिक्रियावादीहरूले जनतालाई धोका दिएर तानाशाही व्यवस्थालाई टेवा दिएका छन् । अर्कातिर महेन्द्रको स्तुतिमा ‘महेन्द्रमालंकार’ (मुकुन्द शरण), ‘शाहवंह महाकाव्य’ (हरिप्रसाद आचार्य), ‘पृथ्वीमहेन्द्र महाकाव्य’ (झा) आदिआदि चाकरीका किताब लेख्ने थुप्रै कविहरू भाट बन्नका निम्ति ताँती लागिरहेका छन् । यस्तो मौकामा सबका नाइके राजाले ‘नसीब सबको काँ एक हुन्छ र हुँदैन’ भनेर राष्ट्रको शोषण र समाजको आर्थिक विषमतालाई नसीबको कुरा भन्न पुग्छन् भन्ने आश्चर्य मान्नुपर्ने कुरै के हुन्छ र ?

यति मात्र होइन, राजाले आफ्नो वर्गस्वार्थका विपरीत युवा वर्ग चेतनशील र क्रान्तिशील भई नउठोस् भन्ने नियतले पूँजीवादको बोलवालामा जन्मेका र भित्रिएका पश्चिमका ह्रासोन्मुख विकृत कला–संस्कृतिलाई पनि उचित प्रयोग गर्न र प्रोत्साहन दिन बिर्सेका छैनन् । त्यसैको निम्ति नै ‘हिन्दू सम्राट’ भनाउदा राजा रक्सी, आधुनिक वेश्यालय र हिप्पीवादको भरमार प्रचार गरी यौन स्वतन्त्रता, उच्छृङ्खलता र स्वच्छन्दतालाई खुला रुप दिएर बढीभन्दा भाँडभैलो मच्चाउन अग्रसर भएका छन् । एकातिर उनी हिन्दू संस्कृतिको संरक्षण, आध्यात्मिक अनुशासनको अभ्युत्थान, नारी आदर्शको विकास, आचारशील र संयमशील जीवन निर्माण आदिको थोत्रो कर्नाल फुक्दछन् भने अर्कातिर सोल्टी होटल जस्ता भ्रष्टाचारका केन्द्र खोली पश्चिमी नाङ्गा नाच, जुवा, मदिरा, वेश्यावृत्ति आदिको प्रचार गराएर पैसाको कुमलो पार्छन् ।नेपालका पुराना कलात्मक भूर्तिहरू विदेश पठाएर डलरका थैला स्याहारी मूर्तिचोरीको अभियोग जनतालाई लगाउँछन् । नेपालका सारा मूर्तिहरू विदेश निकासी गर्ने काममा राजदरबार नै सबभन्दा बढी व्यस्त छ भन्ने कुरा आज छर्लङ्ग भइसकेको छ । नेपाली युवा वर्गलाई भाँड्नका निम्ति नै जानीजानी पनि पात्रपत्रको अवधि सिद्धिएका अधोरी हिप्पीहरूलाई सडकसडकमा छाडा मैथुनको स्वतन्त्रता दिएर गाँजा, चरेश, धतुरो, अफीम र रक्सी बेचेर राजदरबार पैसा थुपार्दो छ । रेडियोमा जहाँ जनवादी भावनाका पुराना गीतहरूमा प्रतिबन्ध लगाइएको छ भने उपुर्यक्त स्तुति पाठका गीतहरूका अलावा  -

‘एक्लै तिमी नआऊ म मात्तिएको बेला’, ‘मदिरा मेरो जीवन साथी’, ‘लर्के जोवान गएन, मायाँ नलाई भएन, चौतारीमा मायालु दुईजना बसेर’, ‘अब ता पुग्यौ रानी तिमी सोह्र वर्ष’, एक फेरा काँढालाई म्वाइँ खाने धोको बाँकी छ’, ‘म मुर्दा भएको तिमी आज हेर ।’

जस्ता रक्सीवाज, रण्डीवाजहरूलाई उत्तेजित पार्ने, युवावर्गको चेतनालाई कुण्ठित पार्ने, भ्रष्ट, मरन्च्याँसे गीतहरू मात्र सुनाइन्छन् । हिन्दीका सस्ता र फोहोरी फिल्म र फिल्मी गीतलाई खुला छूट दिइएको छ । समाजवादी देशका क्रान्तिकारी प्रगतिशील चलचित्रहरूमा सेन्सरको बहानाले प्रतिबन्ध लगाइन्छ । देशभित्रबाट या प्रवासबाट निस्कने अलिकति प्रगतिशील र सामन्तवाद विरोधी पत्रपत्रिकाहरू यात जफत गरिन्छन् यात उनीहरूका सामु अनेक बाधाहरू तेस्र्याइन्छन् । लेखक, प्रकाशक र सम्पादकहरूलाई या त जेल ठोकिन्छ या पिट्ने, तारिखे बनाउने, पैसा डाँड्ने, एवम् निम्नस्तरको अपमान र बदनामी गर्ने गरिन्छ तर अङ्ग्रेजी नाङ्गा चलचित्रहरू, हिन्दीका सस्ता र भ्रष्ट प्रवृत्तिका फोहोरी पूँजीवादी उपन्यास, कथा र सिनेमालाई खूब प्रोत्साहनसहित निम्त्याएर प्रचार गरी जनतालाई मानसिक र आर्थिक दुवै दृष्टिले तहसनहस पारिन्छ । चाकडी, चाप्लुसी, यौन स्वतन्त्रता, निराशा, रोदन र निरर्थक बर्बराई आदिआदि जनद्रोही कुराले भरिएका पत्रपत्रिकाहरूलाई विज्ञापन, पुरस्कार आदि दिएर प्रोत्साहन गरिन्छ । त्यस्तै खालका नाचगान, नाटक, चित्रकला आदिको खूब सम्मान गरी पुरस्कार दिइन्छ । शिक्षण संस्थाहरूमा आत्म–बेचुवा भरौटे शिक्षकहरू मनोनित हुन्छन् र एकातिर विद्यार्थीले राजनीतिमा भाग लिन हुन्न भनिन्छ भने अर्कातिर राष्ट्रवादी विद्यार्थी सङ्गठनको नाम दिई गुण्डा र पतीत चरित्रका आवाराहरूको जमघट बनाई जनवादी शक्तिका विरुद्ध सी.आइ.डी. को काममा प्रोत्साहित गरिन्छ । 

यसरी सामन्ती र पूँजीवादी दुवैथरी साहित्य, संस्कृति र कलाका सम्पूर्ण भ्रष्ट–प्रवृत्तिहरूलाई साधन बनाएर क्रान्तिकारी युवाचेतनालाई कुण्ठित पार्न ‘जी हजुरीया’ हरूको जमात तयार गर्न, शिशुहरूको दिमागमा विकृतिका बिउहरू रोपिदिन, नारीलाई वेश्या बन्न बाध्य गर्न र सम्पूर्ण रुपले जनक्रान्तिलाई सकेसम्म पर पन्छाउन आज पञ्चायती प्रशासन जीउज्यान लगाएर मिहिनेत गरिरहेछ । यसले गर्दा साहित्यिक क्षेत्रका व्यक्तिवादी, उच्छृङ्खलवादी आदिआदि विकृतिहरू झन् तीव्र भएर गएका छन् । यसरी जनवादी–प्रगतिवादी संस्कृतिका विरुद्ध प्रतिक्रियावादी संस्कृतिले तीव्र रुपले आफ्नो प्रचार बढाइरहेका बेला सात वर्षको लामो कारावास बस्नुभएका श्री वि.पि. कोइराला (नेपाली काङ्ग्रेसका अध्यक्ष) नेपाली जनताको निम्ति साहित्यिक कोसेलीको रुपमा ‘तीन घुम्ती’ लिएर आउनुहुन्छ । बाहिरका जनताले उहाँबाट केकस्ता कृतिको आशमा राखेका थिए होलान् तर उहाँले त राजनीतिक झन्डाको सट्टा यौन स्वतन्त्रताको झन्डा उठाइदिनुभयो । आखिर यस्ता कृतिबाट उहाँ आज नेपालका कुन वर्गको सेवा गर्न चाहनुहुन्छ ? चेतनशील वर्गले सोच्नु आवश्यक छ । तर यी सारा कुराहरूका अतिरिक्त पनि चेतनशील नेपाली जनताले आफैँले भागेर नै पञ्चायती व्यवस्थाको सामन्ती, अद्र्ध सामन्ती र अद्र्ध औपनिवेशिक जनद्रोही स्वरुपलाई राम्ररी चिनिसकेका छन् र आम जनतामा आमूल परिवर्तनका जनवादी क्रान्तिको माग तीव्र हुँदै गएको छ । जहाँ ०५ प्रतिशत जनताको प्रतिनिधि कम्युनिष्ट पार्टी पनि वर्षौंको लडाइँ लडी विभिन्न खालका संशोधनवादी प्रवृत्तिहरूको जञ्जालबाट मुक्त भई माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराले दृढ अडान लिई नयाँ जनवादी कार्यक्रमको आधारमा जनसङ्गठन गरी क्रान्तिको तयारीमा जुटेको छ भने साहित्य र कलाको क्षेत्र पनि असङ्ठित रुपमै भए तापनि जुर्मुराएर उठिरहेछ । खास गरेर नेपाल कम्युनिष्ट पार्टीको तेस्रो ऐतिहासिक सम्मेलन (२०२५) पछि साहित्यिक क्षेत्रले पञ्चायती सामन्तवादको स्वरुप र उसको साम्राज्यवादसँगको साँठगाँठको प्रष्ट र निर्भीक भण्डाफोर गर्न सुरु गर्यो । जसका केही नमूना यस प्रकार छन्ः

“युगयुगको यो अपमान घृणा, शोषण अनि अत्याचार
खतम गराउन उत्रिरहेको मेरो जाज्वल्य विचार”
सिद्धिचरण श्रेष्ठ (लेनिनप्रति)
“हैन के हाम्रो काम हो खालि खसी भएर काटिनु बगरेहरूको भुँडी भरिरहनु
हैन के हाम्रो काम हो धनुकाण ताकेर बसेका व्याधाहरूको निम्ति
भँगेरो ढुक्कुर बनिदिनु, छटपटाउँदै झर्नु, मर्नु ....”
— गोविन्द भट्ट (उजेली, वार्षिक १०)
“अब म चिच्याई–चिच्याई यस देशका
किसानहरूलाई यो भन्ने आँटमा छु कि
यो देश सामन्तीहरूको देश हैन,
किसानहरूको देश हो ।
प्रत्येक किसानले पाउने हक र न्याय यस देशका सामन्तीहरूले खोसेका छन् । बन्दूकको भरमा यिनीहरूले लुटेका छन् ।”
शेखर कार्की (छायाँ वार्षिक)
“विदेशीसित पसारी हात कति दिन मागिखाने ?
अब त चुप्प दर्दशा हेरी बसे त गाइखाने 
ए देशका गरिब हो .......

पिटाइमा, लुटाइमा थिचाइमा, चुसाइमा
लिथो लिथो परेर पिल्सियौ युगौँयुग यहाँ
ल उत्र युद्धभूमिमा मिलाऊ काँध काँधमा
यहाँ छ गर्नु सिर्जना नहेपिने समाजको ।”
मोदनाथ प्रश्रित (पचास रुपियाँको तमसुक
“त्यो अजङ्गको महासागर पार गरेर आएका
ती डरलाग्दा बाजहरूलाई देख्दा
मलाई आफ्ना परेवीको सम्झना आउँछ ।”
रमेश पौडेल (लालुपाते, सामयिक सं.)
“यिनको जगभित्र खनेर हेर त कुहिएको रगत गन्हाउँछ
गुम्सिएको पसिना गन्हाउँछ छिःछिः महलहरू, यी चिहानहरू ।”
सुरेन्द्रराज तुम्बाहाम्फे (‘छायाँ’ वार्षिक)
“हे रगत चुस्न पल्किएकाहरू, तिमीहरूको अन्तिम घडी आइसकेको छ ।”
(कालिकाप्रसाद शर्मा, ‘लालुपाते’)
“निस्कन्छु कामीदाइको आरनबाट
र, खरानी पारिदिन्छु सारा यी महलहरू ।”
मेघनाथ पौडेल (नौलो हाँक, सामयिक सं.)
इत्यादि ।

प्रस्तुत पङ्क्तिहरू नमुनाका लागि मात्र हुन् । सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाले लेख्ने, बोल्ने सारा हक खोसेको बेला पनि इमानदारी, आँट र साहस लिएर देशीय पञ्चायती सामन्तवाद, वैदेशिक एकाधिकार पूँजीवाद, विस्तारवाद एवम् साम्राज्यवाद र संशोधनवाद आदिको विरोधमा निस्केका पञ्चामृत, लालुपाते, नौलो हाँक, मुक्तिज्वाला द्यौराली, दोभान, जस्केलो, हिमाली आवाज, नौलोपथ, आँधीखोला, नौलो राँको, छायाँ,प्रकश, विगुल, नौलो नेपाली, सुस्केरा, प्रभात, सगरमाथा, जनअमृत, सन्देश, छात्रप्रभा, कोशीको सुषमा, नवज्योति, साहित्यसुधा आदिआदि पत्रिकामा सयौँ निर्भीक र क्रान्तिकारी भावनाले ओतप्रोत भएका साहित्यकारहरू नयाँ चेतना लिएर ब्यूँझिरहेका छन् । तिनमा कतिपय उल्लेखनीय नयाँ र पुराना नाम यसप्रकार छन् :

लेख र समालोचनाको क्षेत्रमा— गोविन्द भट्ट, बोाधराज काफ्ले, टी.आर विश्वकर्मा, मोदनाथ प्रश्रित, खेम कोइराला बन्धु, शक्ति लम्साल आदि । कवितामा— अगमसिंह गिरी, नारायणप्रसाद शर्मा, प्रेम शर्मा ‘विरोकी’, वेणु आचार्य, दुर्गालाल, कृष्णपैसाद श्रेष्ठ, रामचन्द्र भट्टराई, विकुभावुक, नरेश शाक्य, भानुभक्त पोखरेल, भीमनिधि तिवारी, रविलाल अधिकारी आदि । गीतमा— मञ्जुल राल्फा, रामप्रसाद प्रदीप, प्रचण्डबहादुर बुढाथोकी, लेखनाथ ज्ञवाली आदि । त्यसरी नै ‘पचास रुपियाँको तमसुक’, ‘लाहुर जाने धोको’ जस्ता क्रान्तिकारी नाटक रङ्गमञ्चमा उत्रन थालेका छन् र चित्रकलाको क्षेत्रमा पनि क्रान्ति हुन लागेको प्रमाण विभिन्न पत्रिकाका मुखपृष्ठहरूले पेश गरेका छन् । 

यता आएर साहित्यकारहरूमा आत्मआलोचना गरेर आफ्ना अतीतका कमजोरी र त्रुटिहरू स्वीकार गरी अगाडि जनवादी साहित्यप्रति इमानदार बन्ने माक्र्सवादी प्रवृत्तिको पनि विकास हुन लागेको छ । मोदनाथ प्रश्रितले आफ्नो ‘मानव महाकाव्य’ लाई वर्ग निरपेक्ष मानवावदी अवैज्ञानिक प्रवृत्ति र सामन्तवादी पूँजीवादी वर्गसमन्वयवादी संस्कारको अवेशष भनी (नौलो नोपली, वर्ष २ सं. २–३) स्विकारेका छन् । त्यसरी नै निनु राल्फा, मञ्जुल राल्फा आदिले ‘नौलो नेपाली’, ‘झिल्का’, ‘आक्रोश’ आदि पत्रिकामा साहित्यमा साल्फावाद अन्धाधुन्ध प्रवृत्ति लिएर आएको थियो तर अब हामीले माक्र्सवादी चेतना, सङ्गठन, अनुशासन र सशस्त्र सङ्घर्षविना वास्तवमा जनताको आकाङ्क्षा पूरा हुन सत्तैmन भन्ने कुरा बुझ्यौँ ।  भनी उदाहरणीय आत्मालोचना गरेका छन् । यता पारिजातमा पनि पुराना विकृतिहरूबाट मुक्त भई माक्र्सवादी दर्शन अपनाउने प्रवृत्ति देखिएको छ । यस खालको प्रवृत्ति इमानदार साहित्यकारहरूका निम्ति अनुकरणीय कुरा हो ।

यसरी समगै रुपमा हेर्दा पञ्चायती व्यवस्थाप्रति बुद्धिजीवी वर्गको व्यापक धारणा प्रष्ट विरोधीका रुपमा देखापरेको छ र पञ्चायती सरकारले जनवादी विचार राख्नेहरूप्रति क्रूर दमनको गतिविधि राख्दाराख्दै पनि राजधानीमै यसरी जनवादी संस्कृति हुर्केर जानुबाट ‘पञ्चायती व्यवस्था निर्विकलप छ’ भन्ने राजालाई खुला चुनौती मिलेको छ । त्यसैले आज फेरि राजदरबार राजनीतिक क्षेत्रमा जस्तै प्रगतिशील सांसकृतिक क्षेत्रमा पनि आफ्ना नकावधारी भरौटेहरू प्रवेश गराई फूट पार्ने र दिमागी खरिद–बिक्रीको सांस्कृतिक वेश्यावृत्ति बढाउने प्रयास गरिरहेछ । 

नेपालमा पञ्चायती व्यवस्थाको सम्माननीय अतिथि बनेर बसेको अमेरिकी साम्राज्यवाद पनि सामन्तवाद र पूँजीवादको चाकरीमा जुटेका साहित्यकार र कलाकारहरूलाई खूब फुस्ल्याउने र प्रसामा किन्ने प्रयास गरिरहेछ । ‘स्वतन्त्र विश्व’ जस्ता पत्रिकामा रङ्गीविरङ्गी रुपमा छापिएका बालकृष्ण सम, उत्तम कुँवर, लैनसिंह वाङ्देल, लक्ष्मण श्रेष्ठ आदि लेखक, कलाकारका तस्बिरहरू र दूतावासका विज्ञापन, सिनेमा, भोजभतेर र उपहारहरू सकेसम्म युवावर्गलाई लोभ्याउन र किन्न जालझैँ फिँजारिएका छन् । तर सामन्तवाद र साम्राज्यवादका यी सारा तिगडमबाजीहरूको अलावा पनि आज जनवादी चेतना कुण्ठित नभई झन् उत्तरोत्तर तीव्र भएर गई दर्जनौँ पत्रिका र सयौँ लेखक–कलाकारहरू निस्कँदा पञ्चायती प्रशासनलाई औडाहा हुन थालेको छ र हाल उसले लेखकहरूप्रति कडा निगरानी राख्ने, सामयिक सङ्कलनहरू प्रकाशित गर्न नदिने, तिनीहरूलाई सरकारी विज्ञापनहरू दिन बन्द गर्ने र गैसरकारी विज्ञापनहरू समेत रोक्का गर्ने घृणित कुकृत्य गर्न थालेको छ । यसबाट जनवादी साहित्यिक क्षेत्र झन् क्रुद्ध हुँदै गई आफ्ना प्रकाशनहरूलाई खुलारुपले पञ्चायती तानाशाही व्यवस्थाकै विरुद्ध नयाँ जनवादी क्रान्तिको पक्षमा भूमिगत रुपमा प्रकाशित गर्न थालिरहेछ । यी सब गतिविधिबाट नेपालको जनक्रान्तिको स्थिति परिमाणात्मक रुपले निकै नै सन्तोषजनक ढङ्गबाट परिपक्व हुँदै गएको प्रस्ट छ । 

आजको विशेष स्थितिमा जनताको पक्षमा कस्तो साहित्य र कलाको सिर्जना हुनुपर्छ र नयाँ जनवादी क्रान्तिमा लेखक–कलाकारहरूको दायित्व के हो ?
आजको नेपालमा शोषित वर्गहरूमा बढ्दै गएको तीव्र असन्तोष र जनक्रान्तिको मागले ‘पञ्चायती व्यवस्थालाई व्यापक जनसमर्थन प्राप्त छ र यो व्यवस्था निर्विकल्प छ’ भन्ने पञ्चायती नाराको पर्दाफास भएको छ । र, यता आएर पञ्चायती व्यवस्थाको सामन्ती, तानाशाही एवम साम्राज्यवाद परस्त रुप जतिजति नाङ्गिँदै गएको छ, उति जनविद्रोहका स्वरहरू पनि विभिन्न माध्यमबाट चर्कंद जान थालेका छन् । समाजकोे सबभन्दा चेतनशील बुद्धिजीवी वर्गको नाताले साहित्यकार र कलाकारहरूका विद्रोही स्वरमा पञ्चायती व्यवस्थाप्रति जनताको मुटमा रहेको तीव्र घृणा र जनवादी क्रान्तिको माग टड्कारो रुपले प्रतिविम्बित हुन थालेको छ । तर २०१७ सालको शाही षडयन्त्र र पार्टीमा घुसेका संशोधनवादी रुझानहरूले श्रमजीवी नेपाली जनताको पार्टी कम्युनिष्ट पार्टी छिन्नभिन्न भई आम जनताको असन्तोषलाई सङ्गठित गरी अगाडि बढ्न नसकेकाले सम्पूर्ण जनअसन्तोष फराकिलो बगरमा फिँजारिएको नदीझैँ शक्तिहीन भएको छ । राजनीतिक वेश्यावृत्ति गर्ने संशोधनवादीहरूले आत्मा बेची भ्रष्ट पूँजीवादी नेताहरूको अनुशरणमा राजा समक्ष आत्म समर्पण गरी पहिलो पार्टीमा छँदाको निजी व्यक्तित्वको उपयोग गरी राजाको वर्गचरित्रमा पर्दा हालेर जनतालाई भ्रममा पार्ने र सही सर्वहारा सिद्धान्तमा अडेको पार्टी बलियो हुन नपाओस् भनी अनेक प्रयास गर्नाले पार्टीमा इलाकावादी, बहुकेन्द्रवादी, तटस्थवादी जस्ता गैर माक्र्सवादी प्रवृत्तिहरू बढेका छन् । यस्तो स्थितिमा नेपाल कम्युनिष्ट पार्टीको झन्डालाई पुनः उठाउन २०२५ सालमा तेस्रो ऐतिहासिक सम्मेलन भयो र त्यसले सारा संशोधनवादी प्रवृत्तिहरूलाई बहिष्कार गरी माक्र्सवाद–लेनिनवाद र माओत्से–तु¬ङ विचारधाराको दृढ अडानमा पार्टीको नीति तय गरी नयाँ जनवादी कार्यक्रम पेश गर्यो । यसरी पार्टीको छवि पुनः उठ्न जानाले ३–४ वर्षभित्रैमा अनुशासनबद्ध पार्टी संगठन देशभरि नै बढेर जान थाल्यो । यसरी ९५ प्रतिशत जनताको भाग्य निर्माण गर्ने पार्टी बलियो हुन थालेको देखेर राजाको इशारामा यी आत्मबेचुवा तत्त्वहरू देशको ऐतिहासिक विश्लेषण बंग्याइ गलत वर्ग–विश्लेषण गरेर जनतामा भ्रम पार्ने र पार्टीको बदनामी गर्ने दुष्प्रयास गर्दै छन् । आफ्नो रानीतिक अस्तित्व र जनसमर्थनबाट गिरेका यी कुतत्त्वहरू राजाको वर्गस्थिति र आफ्ना कमजोरीमा पर्दा हाल्न एवम् नुनको सोझो गर्न सत्तामा रहेको निरंकुश तानाशाहीलाई आजको हदसम्म अन्तर्विरोध रहेका वर्गलाई मुख्य शत्रु भनेर प्रचार गर्दै छन् । यी माक्र्सवादको मुखुण्डो लगाएका छद्मभेषीहरू वर्गसंघर्षको सिद्धान्तमा हुने गृहयुद्धको आजको वास्तविकताबाट जनतालाई बहकाउन अनेक हौवा देखाई क्रान्तिलाई ‘राष्ट्रिय मुक्ति आन्दोलन’ को कल्पित रुपमा प्रचार गर्दै अन्धराष्ट्रवादी पञ्चायती व्यवस्था र राजतन्त्रलाई सघाउ पु¥याउँदै छन् । 

आज आमनेपाली जनताका असन्तोषको सही अध्ययन गर्नेले सजिलै ठम्याउन सक्छ कि त्यो असन्तोष राजाको तानाशाही पञ्चायती व्यवस्था र साम्राज्यवादसँग यसले गरेको साँठगाँठबाट भएको शोषण र उत्पीडनको उपज हो । तर, राजालाई ‘सुकार्णो र सिंहानुक बन्ने’ सपना देख्ने अवसरवादीहरूबाट फैलाइएको बाग्जालले धेरै बुद्धिजीवीहरूलाई भ्रममा पनि पारेको छ । किनकि, आजको नेपालका सारा पञ्चायती पत्रपत्रिका र प्रचारका अन्य माध्यमहरू यस्ता भ्रम फिँजाउने र पार्टी फुटाउने कामका निम्ति खुला छन् । वाममार्गी घुम्टो ओढेका कतिपय यिनै पञ्चायती पत्रपत्रिकालाई कम्युनिस्ट पार्टीको मार्गदर्शक ठान्ने भ्रम पनि चारैतिर फिँजिएको छ । राजनीतिक क्षेत्रको यही विशृङ्खलित स्थिति नै आजको जनपक्षीय साहित्य र कलाको क्षेत्रमा प्रतिबिम्बित भएको छ । नवोदित साहित्यकार र कलाकारहरूले नेपालको आजको वस्तुस्थितिमा ठिक सुहाउँदो राजनीतिक निर्देशन नपाउनाले र अनुशासित क्रान्तिकारी संगठनहरूमा बसी योजनाबद्ध ढंगले साहित्य र कलालाई राजनीतिको घनिष्ठ सहयोगीको रुपमा एउटै लक्ष्यतिर लैजाने अवसर नपाउनाले नै उग्र असन्तोषको बावजुद पनि उनीहरूको सोचाइमा एकरुपता आएको छैन । उपर्युक्त राजनीतिक भ्रमहरूले गर्दा कति लेखक–कलाकारहरूले नयाँ जनवादी क्रान्तिको मुख्य दुश्मन– घरेलु सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थालाई बिल्कुलै नजरअन्दाज गरी भियतनामको स्थितिलाई नै आफ्नो देशको स्थिति ठानी क्रान्तिलाई राष्ट्रिय मुक्ति आन्दोलनको रुपमा चित्रित गरी त्यसै सुहाउँदो साहित्य सिर्जिरहेछन् । त्यसरी नै कतिले देशको सामन्ती, अर्धसामन्ती र अर्धउपनिवेशवादी स्थितिलाई बिर्सी, नयाँ जनवादी क्रान्तिको चरणलाई समेत उपेक्षा गरी एकै पल्ट पुँजीवादको विरुद्ध हुने समाजवादी क्रान्तिको अनुकूल साहित्य सिर्जंदै छन् । र, कतिले सारा राष्ट्रिय समस्या छाडेर अन्तर्राष्ट्रिय समस्याका फलाका मात्र हाल्दै छन् । त्यसैले सर्वप्रथम आज साहित्यकार र कलाकारहरूले देशको ऐतिहासिक स्थितिको राम्रो अध्ययन गरी वर्गहरूको सही विश्लेषण गरी क्रान्तिका मित्र र शत्रुहरूको प्रष्ट विभाजन गरी, नयाँ जनवादी क्रान्तिको प्रष्ट रुप बुझी तदनुसारको साहित्य र कलाको सिर्जना गर्नु आवश्यक छ । 

यद्यपि, विश्वस्तरमा हेर्ने हो भने आजको युग पुँजीवादबाट समाजवादमा संक्रमणको युग हो । तर, नेपालको आजको स्थिति पुँजीवादको विरुद्ध समाजवादी क्रान्ति गर्ने चरणमा पुगेको छैन । आज आर्थिक दृष्टिले नेपालको स्थिति अद्र्धउपनिवेशवादी भएकाले भारतीय एकाधिकार पुँजीवाद र अमेरिकी साम्राज्यवाद पनि हाम्रो क्रान्तिका प्रमुख शत्रु हुन् । तर, हाम्रो देशमाथि उनीहरूको प्रत्यक्ष राजनीतिक अधिकार नभएको र पञ्चायती सामन्तवादलाई नै बलियो पार्न उनीहरूलाई नेपालमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा भिœयाइएकाले आजको क्रान्तिको स्वरुप ‘राष्ट्रिय मुक्ति आन्दोलन’ नभई पञ्चायती सामान्तवाद र यसलाई टिकाई शोषणमा हिस्सेदार बनिरहेका विदेशी पुँजीवाद एवम् सामन्तवादलाई नेपालको माटोबाट उन्मूलन गर्ने ‘नयाँ जनवादी क्रान्ति’ हो । यस क्रान्तिको चरित्र कस्तो हुनेछ भन्ने बारे नयाँ जनवादी कार्यक्रममा भनिएको छः–

“आजको हाम्रो क्रान्तिको लक्ष्य (१) नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षा गर्ने किल्लाको रुपमा काम गरिरहेको शाही पञ्चायती राज्ययन्त्रलाई समूल नष्ट गर्नु तथा (२) विदेशी एकाधिकार पुँजीवाद, खास गरी भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई खत्तम गर्नु हो । तसर्थ, आजको नेपालको क्रान्तिको चरित्र सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी  हो । यो क्रान्ति सर्वहारा क्रान्ति नभई मजदुरवर्गको नेतृत्वमा किसान–मजदुर एकताको आधारमा सम्पूर्ण क्रान्तिकारी वर्गहरूलाई एकबद्ध गर्दै चलाइने पुँजीवादी जनवादी क्रान्ति हो । यसले नेपालबाट सामन्तवाद तथा साम्राज्यवादलाई खत्तम गरी जनवादी अर्थतन्त्रको निर्माणद्वारा समाजवादी संक्रमणको पृष्ठभूमि तयार गर्नेछ ।” (पृ.३६)

“यसरी हाम्रो क्रान्ति नयाँ जनवादी क्रान्ति हुनाले यो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको एक अङ्ग हुनेछ र यसलाई समाजवादी राष्ट्रमण्डल एवम् अन्तर्राष्ट्रिय समाजवादी मजदुर आन्दोलनको, नवजातराष्ट्रका जनवादी आन्दोलन र औपनिवेशिक देशका मुक्ति आन्दोलन एवम् प्रवासी नेपालीहरूको समर्थन प्राप्त हुनेछ । अन्तर्राष्ट्रिय स्तरमा भारतीय एकाधिकार, अमेरिकी साम्राज्यवाद, अङ्ग्रेजी साम्राज्यवाद र अरू सारा प्रतिक्रियावादी शक्तिहरू क्रान्तिका दुश्मन हुनेछन् ।” 

“राष्ट्रियस्तरमा मजदुरवर्ग, सुकुमवास् गरिब, मध्यवर्गीय किसान, शहरबजारका मध्यम तथा न्यून मध्यमवगृका बुद्धिजीवी र त्यस वर्गका विद्यार्थीहरू न्यून वैतनिक कर्मचारी, साना व्यापारी, कालिगढ र केही हदसम्म धनी किसान एवम् राष्ट्रिय पूँजीपति वर्ग पनि क्रान्तिका मित्रशक्ति हुन् । सामन्ती भूमिपति वर्ग, वैदेशिक पूँजीवादपरस्त पूँजीपति, माथिल्ला कर्मचारी र जाली–फटाहा आदिहरू क्रान्तिका शत्रु हुन् ।”

अतः आजको स्थितिमा जनवादी वा प्रगतिशील साहित्य, संस्कृति र कला भन्नुको अर्थ उपर्युक्त देशको ऐतिहासिक स्थिति, वर्गस्थिति र नयाँ जनवादी क्रान्तिको चरित्र सुहाउँदो हुनुपर्छ भन्ने प्रस्ट छ । यस वास्तविकतालाई उपेक्षा गरी सिर्जिएको साहित्य, कला र संस्कृतिले क्रान्तिलाई मद्दत गर्न सक्तैन र त्यसलाई आजको स्थितिमा जनवादी वा प्रगतिशील भन्न सकिन्न । 
आजको तत्कालीन स्थितिमा क्रान्तिकारी संस्कृति कस्तो हुनुपर्छ भन्नेबारे नयाँ जनवादी कार्यक्रममा भनिएको छ :

“हामी समाजवादी संस्कृतिको पक्षमा हुँदाहुँदै पनि तत्काल त्यसलाई हाम्रो संस्कृतिको प्रधान अङ्गको रुपमा विकास गर्ने कुरा गर्दैनौँ । अहिले हामी क्रान्तिको चरण सर्वहारा वा समाजवादी नभै सामन्तवाद तथा साम्राज्यवाद विरोधी नयाँ जनवादी भएको हुँदा आजको हाम्रो संस्कृति नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी उत्साह र प्रेरणा दिने र जनवादी आर्थिक तथा राजनीतिक व्यवस्थाको पक्षमा मत जाहेर गर्ने खालको हुनुपर्दछ । क्रान्तिका मित्रशक्तिहरूमा क्रान्तिकारी उत्साह भर्ने तथा विरोधीहरूप्रति घृणा उत्पन्न गर्ने खालको हुनुपर्दछ । एक शब्दमा भन्ने हो भने आजको हाम्रो संस्कृतिको सार राष्ट्रिय स्वरुप तथा जनवादी क्रान्तिकारी गुदी भएको हुनुपर्दछ । " (पृ ४८)

अतः आज पञ्चायती व्यवस्था र साम्राज्यवादी घुसपैठप्रति असन्तुष्ट रहेका सम्पूर्ण साहित्यकार, कलाकार, शिक्षक आदि सांस्कृतिक फाँटका साथीहरूले सारा भ्रम र आन्दोलनहरूबाट पन्छिई नयाँ जनवादी क्रान्तिको सही बाटो ठम्याई त्यसैका निम्ति उपयोगी सांस्कृतिक गतिविधिको सिर्जना गर्नु र सारा व्यक्तिवादी, मनोगतवादी, फेसनवादी, अवसरवादी जस्ता गैरमाक्र्सवादी जनद्रोही सांस्कृतिक प्रवृत्तिहरूको अस्तित्व समाप्त गर्न ठटेर लड्न तयार हुनुपरेको छ । यसका निम्ति सबै एउटै लक्ष्य र सिद्धान्त भएको ‘जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चा’ मा आबद्ध भई जनवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको मार्गदर्शनमा अनुशासनबद्ध भई अघि बढ्नु नितान्त आवश्यक छ । यसरी हामीले सामूहिक प्रयास नगरेमा र नेपाल कम्युनिष्ट पार्टीको एउटै झन्डामुनि सम्मिलित नभएमा हाम्रो छरिएको असन्तोष र व्यक्तिगत प्रयास दुरुपयोग र अर्थहीन भएर खेल जानेछ । क्रान्ति भन्ने कुरा जनअसन्तोष मात्रले र व्यक्तिगत प्रयासले हुने कुरा हैन । व्यापक असन्तोषलाई सङ्गठित गरी राजनीतिकरण गरेर सामूहिक प्रयास गरेर मात्र क्रान्ति सफल हुन्छ । त्यसैले अरू सबै क्रान्तिकारी वर्गहरूले जस्तै सांस्कृतिक क्षेत्रका कार्यकर्ताहरूले पनि सङ्गठनमा आबद्ध हुनैपर्छ । यसरी सङ्गठनबद्ध हुने र आम श्रमिक जनताको पार्टी कम्युनिष्ट पार्टीको सैद्धान्तिक मार्गदर्शनमा हिँड्ने मूलभूत कुारमा पनि कतिपय जनवादी र प्रगतिवादी भनाउँदा साहित्यकार र कलाकारहरू नाकनिक गर्दछन् र जनवादी अनुशासनदेखि अलग रहेर लेखक कलाकारको व्यक्तिगत स्वतन्त्रता जोगाई जनपक्षको समर्थनमा मात्र साहित्य र कला सिर्जने हवाई कुरा गर्दछन् । यो गैरमाक्र्सवादी र चरम व्यक्तिवादी प्रवृत्ति हो । वस्तुतः साहित्यलाई राजनीतिदेखि विल्कुल अलग राख्नुपर्छ भन्नु र लेखक–कलाकार राजनीतिक पार्टी र समर्थनदेखि स्वतन्त्र रहनुपर्छ भन्नु एउतै कुरा हो एवम् लेखाइ र आचरण एकैनाश हुन सक्तैन भन्ने पनि यही कुरा हो । यसो भन्नेहरू विश्वका जनवादी र समाजवादी आन्दोलनको इतिहासलाई उपेक्षा गर्दछन् । कम्युनिष्ट पार्टी भन्नु नै वास्तवमा ९५ प्रतिशत जनताको पाटी हो भन्ने वस्तुगत तथ्यलाई बिर्सन्छन् र कुनै पनि लेखक–कलाकार वर्गनिरपेक्ष नहुने हुनाले नै वर्गीय राजनीतिबाट पनि निरपेक्ष रहन सक्तैन भन्ने वास्तविकताप्रति आँखा चिम्लिन्छन् ।

विश्वमा भएका आजसम्मका जनक्रान्तिहरूमा त्यहाँका जनताका लेखक–कलाकारहरूले यस वास्तविकतालाई स्वीकार गरेका छन् । मैक्सीम गोर्की र अस्त्रोभस्की जस्ता महान् रुसी साहित्यकारहरूले रुसको बोल्सेभिक नेतृत्वमा पार्टीको एक अङ्गको रुपमा क्रान्ति र देशको नवनिर्माणप्रति जीवन अर्पेका छन् । त्यही कुरा हामी चीनका लुस्युन आदि महान् साहित्यकारहरूमा पनि देख्दछौँ । उनीहरूले जहिले पनि कम्युष्टि पार्टीलाई आम श्रमवर्गीय जनताको अभिन्न पार्टी सम्झे र त्यसको अनुशासनमा बस्नु र कार्यक्रम अनुसार चल्नुलाई व्यक्तिगत स्वतन्त्रता हनन सम्झेनन् । साहित्य, संस्कृति र कला वर्गीय हुन्छन्, वर्गीय स्वार्थको हतियार हुन्छन् र ‘क्रान्तिकारी मेशिनको दाँती र पेचकिल्ला’ समान हुन्छन् भन्नुको अर्थ पनि वास्तवमा यही नै हो । 

क्रान्तिकारी सांस्कृतिक मोर्चा र त्यसले निर्माण गरेको संस्कृति क्रान्तिको निम्ति कति महŒवपूर्ण छ भन्ने कुरा माओत्से–तुङको यस भनाइबाट प्रस्ट हुन्छ :

क्रान्तिकाराी संस्कृति बहुसङ्ख्यक जनताको निम्ति शक्तिशाली क्रान्तिकारी हतियार हो । यसले क्रान्ति आउनुभन्दा अघि विचारधारात्मक रुपले भूमि तयार पार्छ र क्रान्तिको बेलामा व्यापक क्रान्तिकारी मोर्चा महŒवपूणै, साँच्चै आवश्यक पर्ने सङ्घर्षशील एक मोर्चा हो ।
(नौलो जनवादबारे)

सबै क्रान्तिकारी वर्ग र डफ्फाहरू पार्टीको नेतृत्वको मातहतमा हुनु नै क्रान्तिको सफलताको मुख्य आधार हो भन्ने चिनीयाँ कम्युष्टि पार्टीको अनुभवबारे माओ भन्नुहुन्छ ?

“मार्क्सवाद लेनिनवादको सिद्धान्तबाट सुसज्जित, स्व–आलोचनाको पद्धतिलाई अँगालेको र जनसमूहसँग गाँसिएको अनुशासनवद्ध पार्टी, त्यस्तो पार्टीको नेतृत्वका मातहतमा सेना, यस्तो पार्टीको नेतृत्वका अन्तर्गत सबै क्रान्तिकारी वर्ग र सबै क्रान्तिकारी डफ्फाहरूको संयुक्त मोर्चा- यिनै तीन मुख्य हतियार हुन्, जसबाट हामीले शत्रुलाई हरायौँ ।”
(जनताको जनवादी अधिनायकत्वको विषयमा)

अतः आज हाम्रो देशका प्रत्येक क्रान्तिकारी लेखक, कलाकारलगायत सारा क्रान्तिकारी वर्ग तथा तप्काहरूले यदि साँच्चै नै क्रान्तिप्रति आस्था छ भने कुनै न कुनै क्रान्तिकारी मोर्चामा सङगठित हुनैपर्छ र कम्युनिष्ट पार्टीको नेतृत्व स्वीकार गर्नैपर्छ । आज हामीले यस वस्तुगत तथ्यलाई स्वीकार नगरी जथाभावी मनोगत ढङ्गले काम गरेमा कहिल्यै पनि जनवादी क्रान्ति सम्पन्न गर्ने सर्वाङ्गपूर्ण पार्टी बन्न सक्नेछैन, जसको अभावमा हामीले अनिश्चित समयसम्म यस्तै र अझ केकस्ता दमन र उत्पीडनको युग बेहोरिराख्नु पर्नेछ । हाम्रो त्यस्तो छाडा प्रवृत्तिले जनतालाई पनि भ्रममा पार्नेछ र छद्मभेषी भरौटेहरूलाई हामीभित्र घुसी उग्रवाद, अवसरवाद र अराजकता मच्चाई फूट र दिमागी खरिद–बिक्री गर्ने अवसर मिल्नेछ । अतः आज हामीले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वअन्तर्गत क्रान्तिको एक अभिन्न अङ्गको रुपमा राष्ट्रिय स्तरमा जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चाको गठन गरी हाम्रो शक्तिको कत्ति पनि दुरुपयोग हुन नदिई योजनाबद्ध तरिकाले अगाडि बढ्नैपर्छ र यसरी सही बाटोमा जाँदा कुनै पनि प्रकारको आडम्बर रचेर कसैले पनि बाधा हाल्न खोज्छ भने त्यस्ता जनद्रोही–क्रान्तिद्रोहीहरूसँग व्यापक लडाइँ गर्नैपर्छ र आजको स्थितिमा जोजो लेखक–कलाकारहरूले स्वतन्त्र रुपमा सामन्तवाद–साम्राज्यवादका विरुद्ध साहित्य र कलाको सिर्जना गरिरहेका छन्, ती पनि हाम्रा सहयोगी हुन् र तिनीहरूलाई वर्गीय चेतना दिएर सांस्कृतिक मोर्चामा ल्याउने गर्नुपर्छ तर त्यस्ता मानिसहरूसँग व्यवहार गर्दा उनीहरूको वर्गस्थिति, इमानदारी र आचरण ठम्याउनु आवश्यक हुन्छ । किन कि आजको सन्दर्भमा क्रान्तिकारी आचरणनै जनवादी लेखक कलाकारहरूको मुख्य चिनारी हो । लेखक–कलाकारहरूको काम र आचरण एकै नाश हुँदैन या हुने आवश्यकता छैन भन्ने प्रतिक्रियावादी धारणालाई कत्ति छुट दिइनु हुँदैन । जनवादी लेखक–कलाकारभित्र जनवादी क्रान्तिकारी आचरण हुनैपर्छ । यसरी हामीले आज समयमै व्यापक छलफल चलाइ एउटै मोर्चामा बसेर बुद्धिजीवी र सारा क्रान्तिकारी जनतालाई सुसङ्गठित गरेर क्रान्तिको आधार तयार नगरेमा फेरि सातसाल र सत्रसालकै जस्तै धोका हुन जानेछ । आज जनवादी क्रान्तिको निर्णायक नेतृत्व पूरा गर्न नसक्ने सम्झोतावादी, सामन्तवाद–साम्राज्यवादपरस्त वर्गहरूले फेरि पनि जनतालाई भ्रम र अन्योलमा पारी क्रान्तिलाई धोका दिन सक्नेछन् र हामी सजग नभएमा प्रतिक्रियावादी, सशोधनवादी आदि प्रतिगामी तŒवले हाम्रो क्रान्तिलाई पर पन्छाइदिन पनि सक्नेछन् । 

अतःआज सांस्कृतिक फाँटका साथीहरू जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चामा सङ्गठित भई तुरुन्तै जनक्रान्तिको पृष्ठभूमि तयार गर्न र बुद्धिजीवी वर्गका हैसियतले आफ्नो गहन उत्तरदायित्व पूरा गर्न कटिबद्ध हुनु आवश्यक छ । 


आज सांस्कृतिक क्षेत्रमा गर्नुपर्ने कामहरू :

नेपालको वर्तमान स्थिति सामन्ती, अर्धसामन्ती र अर्धउनिवेशवादी छ र हाम्रो क्रान्तिको चरित्र नयाँ जनवादी हो भन्ने कुरा माथि नै भनिसकिएको छ । तसर्थ आज निर्माण गरिने संस्कृतिको रुप पनि देश, काल र परिस्थितिको माग अनुसार नयाँ जनवादी क्रान्तिकारी चरित्रकै हुनुपर्छ । जसको सङ्क्षिप्त रुपरेखा यसप्रकार छ :

१) सामन्ती संस्कृतिका विरुद्ध

अध्यात्मवादी (भावनावादी) सामन्ती दर्शनले आफ्नो सारा शक्ति निम्न कुरामा लगाउँदै आएको छ—

क) यो लोक असत्य हो, परलोक सत्य हो । 

ख) यहाँ गरिब र धनी हुनु पूर्वजन्मका पाप–पुण्य र भाग्यको फल हुनाले भाग्य मेट्न सकिँदैन । 

ग) जात–भात, दास–मालिक, छूत–अछूतको वर्णाश्रम व्यवस्था ईश्वरले नै बनाएको हो । 

घ) नारी पुरुषकी सम्पत्ति र दासी हो, उसलाई स्वतन्त्रता र समानता दिनुहुँदैन । 

ङ) यस जन्मका हाम्रा सारा कामको उद्देश्य अर्को जुनि सुधार्नको निम्ति हुनुपर्छ । 

च) राजा, बाहुन ईश्वरका अवतार हुन् । 

छ) संसार ईश्वरको सृष्टि हो । 

ज) हाम्रा वेद, पुराण, स्मृतिहरूमा ऋषि–महर्षिहरूले जेजे भनेका छन्, सब ठीक भनेका छन् । 

झ) परम्परागत धर्मलाई मानेर हिँड्नु नै मानिसको कर्तव्य हो । 

ञ) नेपाली जाति संसारको सर्वश्रेष्ठ वीरजाति हो, आदि । 

यी सब कुरा सिद्ध गर्न सामन्ती व्यवस्थाले अनेक किसिमका रहस्यवादी तन्त्र, मन्त्र, टुनामुना, लागि, झाक्री, बोक्सी, देवी–देवता, कर्मकाण्ड, मत, सम्प्रदाय, धर्म, कथा, किस्सा, कविता, चारहाते मान्छे, चारटाउके मान्छे, दशटाउके मान्छे आदिआदि अनेक भ्रमको सिर्जना भएको छ । यसबाट नै सारा रूढिवाद र अन्धविश्वासको सिर्जना भएको छ । यसैको परिणामस्वरुप जोगी, अघोरी, वैरागी आदि अनेक विकृति समाजमा हुर्केका छन् । अतः यी सब कुराहरूका विरुद्ध नयाँ संस्कृतिका सारा सामग्रीहरूले निम्न कुरामा जोड दिनुपर्छ—

क) परलोक काल्पनिक र असत्य कुरा हो, यही लोक नै पूर्ण रुपले सत्य हो । 

ख) समाजमा गरिब र धनी हुनुका कारण यहीँकै सामन्ती, पूँजीवादी र साम्राज्यवादी व्यवस्था हुन्, यिनको उन्मूलन गरी समाजवाद र साम्यवाद कायम गरेमा निश्चित रुपले समाजमा समानता आउँछ । भाग्यवाद र पूर्वजन्म भन्ने कुरा शोषक वर्गका जनता ठग्ने कल्पना हुन् । 

ग) जातभात, छूत–अछूत आदि कुरा अरू कसैले हैन, सामन्ती व्यवस्थाले बनाएको हो । प्रत्येक मानिस समान हुन् । 

घ) नारीले पुरुषसरह समानता पाउनै पर्छ र आफ्नै इच्छाले लोग्ने चुन्ने, सम्पत्तिमा समान अधिकार पाउने अधिकार पाउनुपर्छ । सबै जातिमा प्रेमविवाहको स्वतन्त्रता हुनुपर्छ । बालविवाह र वृद्धविवाह बन्द हुनुपर्छ । 

ङ) हाम्रो सारा मिहिनेत वर्तमान जीवनकै क्रान्ति र नवनिर्माणमा लाग्नुपर्छ । 

च) राजा, बाहुन, कथित उच्चकुलीन आदि सब सामन्तवादका अवतार हुन् । यस्ता उँचनीच र भेदभावका कुराको कुनै वैज्ञानिक आधार छैन । 

छ) ईश्वर कपोलकल्पित कुरा हो । 

ज) संसारको सिर्जना भौतिक पदार्थको द्वन्द्वात्मक नियमबाट भएको हो । संसारका प्रत्येक नियम मानिसले खोज गर्दै गएका बुझ्न सकिने कुरा हुन् । (हिजोका कैयौँ बुझ्न नसकिने भनेका कुरा आज सामान्य भैसकेका छन् ।) 

झ) संसारमा जेजति कुरा छन्; ती सबका कारण र परिणामा संसारभित्रै छन् । 

ञ) वेद, पुराण आदि र अरू ऋषिहरूका भनाइहरू पुरानो जमानाको ज्ञानको पहुँचसम्म मात्र सीमित छन् र तीमध्ये धेरैको रचना सामन्तवादी स्वार्थ अनुरुप भएको छ । त्यसैले त्यहाँ केही मात्र सही छन्, धेरै कुरा गलत छन्, जुन कि आजको वैज्ञानिक प्रगतिले प्रष्ट देखाइसकेको छ । 

ट) परम्परागत धर्म मान्नुको अर्थ चलिआएको शोषण व्यवस्थालाई मान्नु हो । धर्म जनतलाई बेहोस बनाएर शोषण गर्न शोषकवर्गले सिर्जना गरेको अफिम हो । 

ठ) नेपाली जाति ‘विषेश’ र ‘श्रेष्ठ’ नभई संसारका अरू जातिजस्तै सामान्य हो । 

२) अर्धसामन्ती संस्कृतिका विरुद्ध :

अर्धसामन्ती संस्कृति भन्नुको अर्थ हो— पुरानो मध्ययुगीन बर्बर सामन्ती संस्कृति र पूँजीवादी संस्कृतिको सम्मिलित स्वरुप । त्यसैले यसमा सामन्ती र पूँजीवाद संस्कृतिको खच्चर रुप हुन्छ । विश्वको बढ्दो समाजवादी प्रभावले गर्दा सामन्तवाद र पूँजीवादले सम्झौता गरी मिलेर बच्ने प्रयास गर्दा यस खाले संस्कृतिको जन्म भएको छ । यस संस्कृतिले निम्न कुरामा जोड दिन्छ :

क) सारा ‘मानिस मात्र’ समान हुनाले मानिसमा घृणा (वर्गसङ्घर्ष) को भाव नराखी दया, सद्भाव, समन्वय र मेलमिलाप (वर्ग निरपेक्ष मानववाद) को भाव हुनुपर्छ । 

ख) व्यक्ति व्यक्तिले समा बनेको हुनाले समाजभन्दा व्यक्ति ठूलो हो, त्यसैले व्यक्ति समाजको अधीन नभई स्वच्छन्द हुनुपर्छ । 

ग) यौनमा पूर्ण स्वतन्त्रता हुनुपर्छ, किनकि यौनस्वतन्त्रता मानिसको स्वाभाविक प्रवृत्ति हो । 

घ) संसारको सृष्टिकर्ता ईश्वर त हो तर उसले सृष्टि गरिसकेपछि संसार बिजुलीबाट चल्ने यन्त्रझैँ आफैँ चलिरहेको छ (यान्त्रिक भौतिकवाद) । 

ङ) मार्क्सवाद अवैज्ञानिक कुरा हो, त्यो सम्भव छैन । त्यसैले वर्ग सङ्घर्षको सट्टा अहिंसात्मक, शान्तिपूर्ण–सङ्क्रमणबाट नै शोषणविहीन समाज कायम हुनसक्तछ । 

च) तटस्थता र असंलग्नताको नारा । (तर व्यवहारमा वैदेशिक पूँजीवाद र साम्राज्यवादसँग साँठगाँठ) आदि । 

यी कुरालाई सही साबित गर्न अद्र्धसामन्ती व्यवस्थाले मनोगतवाद, अनुभववाद, फ्रायडवाद, वासनावाद, यान्त्रिक भौतिकवाद, रोमान्सवाद आदिआदि कुराको प्रचार गर्दछ र मार्क्सवादलाई विकृत रुपले संशोधन गरी पेश गर्दछ । यसैको परिणामस्वरुप नै निराशावाद, कुण्ठावाद, पलायनवाद, घोर व्यक्तिवाद आदि विकृतिहरूको वृद्धि भएको छ । सब कुराहरूका विरुद्ध नयाँ संस्कृतिले निम्न कुरामा जोड दिनुपर्छ । 

क) मानिस भौतिक दृष्टिले मात्र समान हुन् तर आर्थिक र सामाजिक दृष्टिले समाजमा जुन ऊँचनीच र शोषक वर्गहरू छन्, त्यसले गर्दा वर्गयुक्त समाजमा ‘मानिसमात्र’ मा दया, स्नेह, सद्भाव, समन्वय आदि हुनै सक्तैन । मानिस हुन् भनेर शोषकवर्गलाई छुट दिन सकिँदैन । शोषकवर्गका विरुद्ध शोतिवर्गहरूले सङघर्ष (वर्ग सङघर्ष) गर्नै पर्छ । समाज वर्गविहीन भएपछि मात्र ती कुरा सम्भव हुनेछन् । 

ख) व्यक्ति समाजको एक इकाई या अङ्ग हो, अतः समाजका हितको विरुद्ध ऊ स्वच्दन्छ हुन सक्तैन । व्यक्ति समाजको अधीन हुन्छ । 

ग) यौनस्वतन्त्रता मानिसको प्रवृत्ति हैन, पाशविक प्रवृत्ति हो । त्यो अवैज्ञानिक, अराजकतावादी र असम्भव कुरा हो । विज्ञानको परिधिलाई ननाघी प्रेमविवाहको पूर्ण स्वतन्त्रता र एकनिष्ट विवाह नै समाज विकासको वास्तविकता हो । 

घ) विश्व–सृष्टिको कारण, सञ्चालन र विकास यान्त्रिक र दैवी नभई यहीँभित्रकै भौतिक र रसायनिक सङ्गठनको द्वन्द्वात्मक पद्धति हो । सूक्ष्म परमाणुहरूमा निहित धन र ऋण–विद्युत्को निरन्तर गति र सङ्घर्ष नै सारा विश्वका गति र परिवर्तनको कारण हो । 

ङ) माक्र्सवादले नै विकासको द्वन्द्वात्मक भौतिकवादी पद्धतिको पत्ता लगाई व्याख्या गरेकाले र सम्पूर्ण वैज्ञानिक परीक्षाबाट समेत त्यो सत्य प्रमणित भएकाले माक्र्सवाद स्वतः वैज्ञानिक कुरा हो । एक डेढ शताब्दीमै विश्वका व्यवस्थाहरूको कायापलट हुनु नै त्यसको पूर्ण वैज्ञानिकताको प्रमण हो । वर्गसङ्घर्ष बाहेक समाज बदल्ने अर्को बाटै छैन । अहिंसात्मक शान्तिपूर्ण सङ्क्रमण फट्याइँ हो । अतः माक्र्सवादको शुद्धताको रक्षा हुनुपर्दछ । साम्राज्यवादको पुच्छर बन्ने प्रवृत्तिका विरुद्ध शान्तिपूर्ण सहअस्तित्वको समर्थन गर्नुपर्दछ । 

३) अर्धउपनिवेशवादी संस्कृतिका विरुद्ध :

अर्धउपनिवेशवादी संस्कृतिको अर्थ हो— साम्राज्यवादी संस्कृति । आजको विश्वमा साम्राज्यवादले अरूको देशमा सोझै राजनीतिक प्रभुत्व लाद्न नसक्ने भएकाले ऊ आफ्नो आर्थिक स्वार्थ जोगाउन अनेक किसिमका सांस्कृतिक साधनहरूको प्रयोग गर्दछ । आज पूँजीवादको भौतिकवादी ऐतिहासिक वर्ग चरित्र समाप्त भएको छ । जसरी आज प्रतिक्रान्तिकारीहरूमा माक्र्सवादको संशोधन गर्ने प्रवृत्ति देखापर्छ, त्यसरी नै बढ्दो समाजवादी शक्तिले गर्दा यूरोप र अमेरिकाको क्रान्तिकारी पूँजीवादी दर्शन आज संशाधित भई चरम विकृतिमा पुगेको छ । त्यसैले साम्राज्यवादको स्थितिमा पुगेको पूँजीवादको काम जनतामा भ्रम र अन्योलको सिर्जना गरी बढ्दो द्वन्द्वात्मक भौतिकवादी वैज्ञानिक चेतनामा तगारो हाल्नेमात्र हुन गएको छ । उदाहरणका निमित्त चन्द्रयान र मङ्गलयानको निर्माण गर्ने अमेरिकीहरू उपग्रह छाड्दा ईशाको प्राथना गर्दछ । संयुक्त राज्य अमेरिकाका लगभग १७०० पत्र–पत्रिकामध्ये १२०० जतिले राशिफल छाप्दछन् । आज अमेरिका र यूरोपमा भारतमा मक्किएका टुनामुना र तन्त्रमन्त्र प्रचार गर्ने होड छ । साम्राज्यवाद आज मरणोन्मुख छ, त्यसैले त्यसको संस्कृतिमा पनि त्यही मराणोन्मुखी प्रतिविम्ब छ । आजको साम्राज्यवादी संस्कृतिले निम्न कुरामा खूब जोड दिइरहेछ -

क) मुखमा शान्तिको नारा र व्यवहारमा युद्धको प्रचार । 
ख) श्रेष्ठ जातिवाद । कालो र गोरा पुर्वेली र पश्चिमेली आदिको भेदभाव 
ग) मानिसको भविष्यप्रति अनेक किसिमका भ्रम र अनास्थाको प्रचार । 
घ) अङ्ग्रेज–अमेरिकी चालचलन र संस्कृति नै सर्वश्रेष्ठ हुन् भन्ने प्रचार गरी अरू देशको संस्कृति नष्ट गरेर जबर्दस्ती लाद्नु । 
ङ) समाजवादी देशहरूका बारेमा अनेक प्रकारका लाञ्छना र भ्रमहरूको प्रचार गर्नु । 
च) अरू देशका भाषाहरूको ठाउँमा आफनो भाषा लाद्नु । 
ज) कअरू देशका धर्महरूभन्दा ईशाई धर्मलाई वैज्ञानिक देखाई, जनतालाई अनेक प्रलोभन दिई ईशाई धर्मको प्रचार गर्ने निहुँले खुसी बिस्तारैबिस्तारै आफ्नो प्रभुत्व बढाउनु । 
झ) प्रत्येक देशका सडेगलेर मक्किएका सांस्कृतिक शक्तिहरूसँग साँठगाँठ गरी विकृतिहरूलाई उठाएर प्रचार गरिदिनु । 
ञ) प्रत्येक देशको राष्ट्रिय भावनालाई कुण्ठित गरिदिएर जनतालाई परमुखापेक्षा बनाउनु । 
ट) जनतान्त्रिक भावनाका विरुद्ध सैनिक षडयन्त्रको प्रचार । 
ठ) ‘कला कलाका निम्ति’ जस्ता सिद्धान्तको प्रचार । 
ड) शोषक वर्गमाथि शोषित वर्गको प्रभुत्वको बदनाम गरी शोषित वर्गमाथि शोषक वर्गको प्रभुत्वको गुणगान आदि । 

उपर्युक्त कुराहरूका निम्ति साम्राज्यवादले विटलवाद, हिप्पीवाद आदि जस्ता भ्रष्ट र अराजकतावादी प्रवृत्तिहरू संसारभरि फेलाउने, अमूर्तवादी, निराशावादी, पलायनवादी, नग्न–वासनावादी विकृत साहित्य, कला, सङ्गीत, नृत्य, चलचित्र आदिको खूब प्रचार गर्ने, शान्तिसेनाका नामले जासूसहरू फेलाउने, अरूका देशका पुराना कलाकृतिहरू चोरी–निकासी गरिदिने, गाउँ–शहर जताततै आफ्ना दूतहरूद्वारा भाङ, धतुरो, गाँजा, अफिम, रक्सी आदि र छाडा यौनक्रियाको प्रचार गरिदिने आदिआदि अनेक घृणित काम गर्दछ । अतः यसता साम्राज्यवादी जाल तोड्न नयाँ संस्कृतिको कर्तव्य हो :

क) न्यापूर्ण युद्ध (राष्ट्रिय मुक्ति आन्दोलन, जनवादी–समाजवादी गृहयुद्ध) को समर्थन र अन्यायपूर्ण साम्राज्यवादी युद्धहरूको विरोध गरी वस्तुगत शान्ति र शान्तिपूर्ण सहअस्तित्वको माग । 

ख) मानिसलाई वर्गसापेक्ष रुपमा हेरी श्रेष्ठ जातिवादी भावना र काला–गोरा, पूर्वेली–पश्चिमेली आदि भेदभावका विरुद्ध सम्पूर्ण जातिको समानताको समर्थन ।

ग) मानिसको भविष्य (समाजवाद र साम्यवाद) प्रति पूर्णआस्था र दृढविश्वासको प्रचार । 

घ) प्रत्येक देश र जातिका श्रमिक वर्गले निर्माण गरेको संस्कृति, रहन–सहन, भेषभूषा, गीत, लय, शिल्प, आदिको आफूखुसी परिवर्तन, परिमार्जन र विकास गर्न पाउनुपर्छ । उनीहरूमाथि कसैको संस्कृति लादिनु हुँदैन । 

ङ) जनवादी–समाजवादी देश र व्यवस्थाहरूको ठोस समर्थन र उनीहरूका विरुद्ध प्रचार गरिएका झुट्टा र कुत्सित प्रचारहरूको भण्डाफोर । 

च) प्रत्येक देशका इतिहासको सही वैज्ञानिक व्याख्या । 

छ) प्रत्येक देश र जातिका जनताले आफ्ना–आफ्ना मातृ–भाषाको विकास गर्ने अवसर र त्यसैका माध्यमबाट शिक्षादीक्षा पाउनुपर्छ । 

ज) प्रत्येक देश र जनताले आफूखुसी कुनै धर्ममा विश्वास राख्न पाउनुपर्छ । धर्मको पक्ष र विपक्षमा प्रचारको स्वतन्त्रता हुनुपर्छ । धर्मप्रचारको आडमा साम्राज्यवादी घुसपैठ गर्न पाइन्न । 

झ) सडेका र मक्किएका जनद्रोही सांस्कृतिक विकृतिलाई बढाउने प्रयासको तीव्र विरोध ।

ञ) सही अन्तर्राष्ट्रिय भावना (जसले स्व्तन्त्रताको कदर गर्दछ) का विपरीत नगई राष्ट्रिय भावनाको उत्थान गर्नु प्रत्येक देशका जनताको अधिकार र कर्तव्य हो । राष्ट्रिय भावनाको अर्थ साम्यवादको विरोध गर्न विरदेशीको दलाली गर्नु र विदेशी आक्रमणको हौवा देखाई राष्ट्रिय प्रतिक्रियावादलाई काँधमा बोध्नु हैन । प्रत्येक राष्ट्रका जनताले कुनै पनि प्रकारको वैदेशिक हस्तक्षेपविना आफ्नो लक्ष्य निर्धारण गर्न र त्यसमा स्वतन्त्र रुपले अघि बढ्न पाउनुपर्छ । प्रत्येक देशभित्रका जाति–उपजाति (कविला) हरूले समान नागरिक हक र विकासको समान अवसर पाउनुपर्छ । 

ट) राजाको अधिनायवादी सैनिक तानाशाही, गोर्खाभर्ती केन्द्र, खम्पा र पीसकोर समस्या आदिको विरोध गरी जनवाद र समाजवादको पक्षपोषण । 
ठ) कला, साहित्य र संस्कृति क्रान्तिका निम्ति र आम जनताको भविष्य निर्माणका निम्ति । 

ड) शोषक वर्गका तानाशाहीको विरुद्ध शोषित वर्गको सत्ताको समर्थन ।

उपर्युक्त कुराहरूलाई दृढ पार्न सर्वप्रथम सैद्धान्तिक दृष्टिले मार्क्सवाद–लेनिनवाद एवमे माओत्सेतुङ विचारधाराको दृढ आधार आवश्यक कुरा हो । हामीले यी सिद्धान्तलाई आफ्ना देशका वस्तुस्थितिमा अनुकूलित पार्न सक्नुपर्छ । सैद्धान्तिक अपरिपक्वता नै सम्पूर्ण भ्रष्टताको कारण हुनजान्छ । सिद्धान्तलाई केवल नाराको रुपमा फलाकेर हुँदैन । यी कुराहरू हाम्रै जनताका भाषा, लय,गीत, कविता, नाटक, कला, सङ्गीत आदिमा ढाल्नुपर्छ । हाम्रै जनताका विभिन्न पात्र–पात्राहरूले आफ्नै चेतनाको स्तर अनुरुप साहित्यका पात्रपात्रा बनी यी कुराहरू जनतालाई सम्झाउनुपर्छ । यसका निम्ति लेखक–कलाकारहरूले आम जनताका बीचमा गई उनीहरूको चेतनाको स्तर र उनका समस्याहरू बुझी उनीहरूकै भाषा, लय र शिल्पमा साहितय र कला सिर्जी उनीहरूलाई चेतनशील पार्नु आवश्यक हुन्छ । जनताकै भाषा, लयर शिल्पले जनतालाई बढी प्रभावित पार्न सक्तछ । यो कुरा बुझेर नेपालको प्रतिक्रियावादी वर्गले ‘नेपा–चीन तह केँ मखुला ? माओ–महेन्द्र दाजु–किजा मखुला ?’ (नेपाल–चीन दिदी बहिनी हैनन ? माओ र महेन्द्र दाजुभाइ हैनन र ?) जस्ता विषैला भावनालाई सुमधुर लोक सङ्गीतमा घोली जनतालाई भ्रममा पार्दै छ । त्यसैले आज लेखक–कलाकारहरूले सारा फेसदवाद, अहंवाद छोडी जनतासँग घुलमील भई उनीहरूलाई साथै लिएर अघि बढ्ने प्रवृत्ति बनाउनुपर्छ । आजको नेपालका पत्रपत्रिका, रेडियो, साहित्य, का आदि सब कुरा आमजनताको भाषा र शिल्पमा नभई पूँजीवादी र फेसको विकारले रङ्गिएका मुट्ठीभर शहरियाहरूको निम्ति छन् । अमेरिका र यूरोपको इतिहास चाट्नेहरू मात्र ती कुरा पढ्न र बुझ्न सक्तछन् । त्यसैले आजको काठमाडौँ नेपाली जनताको राजधानी नभई पूँजीवादी भ्रष्टताका कीराहरूको जमघट–स्थल भएको छ । त्यहाँ आज विश्वका सम्पूर्ण कुहिगन्धे भ्रष्ट सांस्कृतिक प्रवृत्तिहरू यत्रतत्र छन् । अतः सम्पूर्ण प्रगतिशील सांस्कृतिक कार्यकर्ताहरूले यी सम्पूर्ण प्रवृत्तिहरूलाई तहसनहस पार्नसक्ने खालको संस्कृतिको सिर्जना गर्नु अतिआवश्यक छ । आजको नयाँ संस्कृतिको चरित्र हुनुपर्छ— फूट र अनेकताको ठाउँमा एकता, निराशाको सट्टा आशा, पलायनको सट्टा क्रान्तिकारिता, व्यक्तिवादी दया र करुणाको सट्टा सामूहिक समवेदना, व्यक्तिगत प्रेमको सट्टा सामूहिक प्रेम, व्यक्ति सुधारको सट्टा वातावरण सुधार, व्यक्तिको अनुशरणको सट्टा सिद्धान्तको अनुशरण, व्यक्तिको नाम र इज्जतको सट्टा क्रान्तिकारी जनवादी शक्तिको सङ्गठन र सफलता ।

( नोट : यो क्रार्यक्रम (दस्तावेज) क. पुष्पलालले जनवादी क्रान्तिकारी सांस्कृतिक मोर्चाका अध्यक्ष युद्धप्रसाद मिश्र, महासचिव मोदताथ प्रश्रित, केन्द्रीय सदस्य बोधराज काफ्ले, जीवराज आश्रित र दिलसाहनीको सहयोग लिई तयार पार्नुभएको हो । )

०००

क. पुष्पलालका छानिएका रचनाहरू भाग - ३ बाट साभार 

 

No comments:

Post a Comment