Wednesday, December 22, 2021

अखिल नेपाल ललितकला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रतिवेदन

तेस्रो राष्ट्रिय सम्मेलनका लागि

अखिल नेपाल ललितकला सङ्घको प्रतिवेदन–२०७८

अध्यक्ष मण्डलका अध्यक्ष तथा सदस्यज्यूहरू !

तेस्रो राष्ट्रिय सम्मेलनका प्रतिनिधि तथा पर्यवेक्षक मित्रहरू !

सर्वप्रथम दशवर्षे महान जनयुद्ध तथा अन्य जनआन्दोलनहरूमा वीरगति प्राप्त गर्नुहुने कृष्ण सेन इच्छुक, मस्त विष्ट, बाबुराम लामा, च्याङ्ग्बा लामा, बाबु तामाङ सुब्बा, घनश्याम ढकाल लगायतका महान् सांस्कृतिक सहिदहरू, बेपत्ता तथा घाइते कलाकार तथा संस्कृतिकर्मीहरू र ललितकला क्षेत्रका चर्चित व्यक्तित्व क.लामा ङवाङ कोछा शेर्पा, योगेन्द्र सुब्बा, लालमाया मोक्तानलाई आजको यस घडीमा तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिका तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।

१. प्रारम्भ

अखिल नेपाल ललितकला सङ्घ नेकपा (माओवादी केन्द्र) को जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ, नेपालको आङ्गिक सङ्गठन भएकाले यो सङ्गठन माक्र्सवाद–लेनिनवाद–माओवादमाथि आस्था राख्ने ललितकलाकर्मीको राजनीतिक सङ्गठन पनि हो । नेकपा (माओवादी केन्द्र) का सांस्कृतिक नीति तथा कार्यक्रमहरूसँग यसको घनिष्ठ सम्बन्ध छ । त्यति मात्रै होइन पार्टीका विचार, सङ्घर्ष, योजना र कार्यशैलीसँग पनि यो गाँसिएको छ । यसैले गर्दा पार्टी सबल, सुदृढ र सक्षम बन्दा सङ्गठनमा पनि त्यसको सकारात्मक प्रभाव पर्ने अनि पार्टी विचलित, भ्रमित र अस्तव्यस्त बन्दा सङ्गठन पनि लथालिङ्ग हुने गरेको छ । विगतमा माउ पार्टी नेकपा माओवादीभित्र देखिएको अस्तव्यस्तता र अकर्मण्यताको सोझो प्रभाव यस सङ्गठनमा पनि प¥यो । सङ्गठनलाई माक्र्सवादी विचारधारा, लेनिनवादी सङ्गठन पद्धति र माओवादी सांस्कृतिक क्रान्तिका माध्यमबाट पूर्ण निको र बलियो तुल्याई हिजोका गल्ती नदोहो¥याउने गरी दृढतापूर्वक अगाडि बढ्ने अठोटका साथ अहिले हामी तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएका छौँ । 

२. सङ्गठनका गतिविधिहरूको समीक्षा

२०६५ असोज ४ गते काठमाडौंमा अखिल नेपाल ललितकला सङ्घको पहिलो राष्ट्रिय भेला सम्पन्न भएको थियो । उक्त भेलापछि यस सङ्गठनको विधिवत् प्रारम्भ भएको हो । पहिलो भेलामा क. देवेन्द्र थुम्केली, क. मानबहादुर दोङ, जीतबहादुर रायमाझी, प्रदीप अधिकारी ‘सुशान्त’, नरेन्द्रप्रसाद भण्डारी, हरिबहादुर नेपाली, अशुराम खाइजु, उमेश श्रेष्ठ, विक्रमदिप श्रेष्ठ, कविराज लामा, लक्ष्मण कर्माचार्य, ज्ञानबहादुर तामाङ, कृष्णपसाद आचार्य, अग्निराज पौडेल, डिलमाया तामाङ, उमेशचन्द्र अधिकारी र गणेश कञ्चन भारती रहनुभएको थियो । तत्कालीन महासंघका अध्यक्ष ईश्वरचन्द ज्ञवाली, उपाध्यक्ष बलराम तिमिल्सिना र महासचिव गणेश भण्डारीको विशेष पहलमा सङ्घको गठन भएको थियो । सो भेलाले क.देवेन्द्र थुम्केलीको संयोजकत्वमा १३ सदस्यीय तर्दथ समिति बनाएको थियो । समितिमा जितबहादुर रायमाझी, मानबहादुर दोङ, अग्निराज पौडेल, प्रदीप अधिकारी, वासु क्षितिज, हरि नेपाली, उमेश श्रेष्ठ, कविराज लामा, अशुराम खाइजु, योगेन्द्र सुब्बा, नरेन्द्रप्रसाद भण्डारी र विक्रमदिप श्रेष्ठलाई तर्दथ समितिको सदस्य तोकेको थियो । 

मालेमावाद÷विचारको पथप्रदर्शक सिद्धान्तलाई अबलम्बन गर्ने उद्देश्यसहित २०६६ भदौ ११ गते अखिल नेपाल ललितकला संघको बिस्तारित बैठक बसी एकता र धुवीकरणलाई ध्यानमा राखी २७ सदस्यीय केन्द्रीय समिति निर्माण गरियो । देवेन्द्र थुम्केली अध्यक्ष, मानबहादुर दोङ र लक्ष्मण भुजेल उपाध्यक्ष, नारदमणि हार्तम्छाली महासचिव, नरेन्द्रप्रसाद भण्डारी सचिव, उमेश श्रेष्ठ कोषाध्यक्ष, सचिवालय सदस्यमा योगेन्द्र सुब्बा, अग्निराज पौडेल, लालमान लामा, सदस्यहरुमा पाल्साङ्मो लामा, हरि नेपाली, रामकृष्ण भण्डारी, खगेश्वर भण्डारी, प्रदीप अधिकारी ‘सुशान्त’, कविराज लामा, विक्रमदिप श्रेष्ठ, चन्द्रश्याम डंगोल, संघराम महर्जन, राजमान महर्जन, केशर लामा, भीम लामा, उमेशचन्द्र अधिकारी, अशुराम खाइजु, वासु क्षितिज, लामा ङवाङ कोछा शेर्पा, बुद्ध योञ्जनलाई चयन ग¥यो । सल्लाहकारमा बाबुलाल पुन, कुलानन्द गिरी र उत्तम डंगोल रहेको एक सल्लाहकार समिति बनायो । बाँकी एक सदस्यमा गंगाधर सारुलाई फागुन ११ मा केन्द्रीय समितिमा मनोनयन गरियो । 

यो सङ्गठनमा सुरुमा क.बलराम तिमिल्सिनाले इन्चार्जको रुपमा भूमिका निर्वाह गर्नुभयो भने २०६७ सालमा क. मातृका पोखरेलले सबलतापूर्वक यसलाई इन्चार्जका रुपमा काम गर्नुभयो । वहाँहरुको साथ र सहयोगले यो सङ्गठनले वैचारिक, साङ्गठनिक, प्रदर्शनी, बहस तथा न्यायका पक्षमा गरिएका आन्दोलनमा सहभागिता जनाउँदै आयो । यस सङ्घले स्पष्ट राजनीतिक दृष्टिकोणसहित ललितकलार्मीहरूलाई सङ्गठित गर्ने काममा नेतृत्वदायी भूमिका खेलेको छ । नेपाली ललितकलामा मौलिक पहिचान र उन्नत भविष्यका बारेमा बहस गर्ने, योजना बनाउने र त्यसको कार्यान्वयनका लागि सङ्घर्ष गर्ने सङ्गठनको रुपमा यसले आफनो काम अगाडि बढाएको छ । यस आन्दोलनमा पहिलोपटक ललितकला क्षेत्रलाई समेटन सङ्घले अहम् भूमिका खेलेको छ । समाज परिवर्तनजस्ता राजनीतिक एजेण्डामा कलाकारको ध्यान कमै गइरहेको परिवेशमा सङ्घले नेपाली कला क्षेत्रमा नयाँ बहस र दृष्टिकोणलाई अगाडि सार्न सक्यो । 

जनयुद्ध, ०६२÷०६३ को आन्दोलनमा कलाकारको सक्रियतापूर्वक सहभागिता रह्यो । यी आन्दोलनमार्फत कलाकारले समाज रुपान्तरणमा आफुलाई सक्रिय बनाए । २०६५ मा भएको घेरा कला आन्दोलन, जसले तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानअन्तर्गतको कलाकौशल विभागमा २७ दिनसम्म तालाबन्दी गरेर कला क्षेत्रमा रहेको सामन्तवादी प्रवृत्तिविरुद्ध धावा बोलेको थियो । यस आन्दोलनले नेपाली ललितकला क्षेत्रमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो । 

सङ्घको आयोजनामा २०६५ मंसिर ३० देखि एक हप्तासम्म नयाँ नेपालका प्रतिबिम्ब शीर्षकमा बृहत कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा ग¥यो । जसमा १०० जनाभन्दा बढी देशभरका कलाकार सहभागी भएका थिए । २०६५ फागुन २ मा गठन गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा पार्टीका तर्फबाट नियुक्ति प्रक्रियामा कमजोरी रहन गयो जसका कारण इतिहासमा पहिलोपटक गठन भएको प्रतिष्ठानले काम गर्न सकेन । अदालतको निर्णयले वर्ष दिनपछि प्रतिष्ठानको नियुक्ति खारेज हुन पुग्यो । अखिल नेपाल ललितकला सङ्घले माउ पार्टी नेकपा (माओवादी केन्द्र) का अनेक कार्यक्रम, आन्दोलन र अभियानहरूमा सहयोग गरेको छ । पार्टीले आयोजना गरेको २०६६ मङ्सिरको छ दिने आमहड्तालमा यस सङ्घले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई राजधानीका हरेकजसो आर्कमा उपस्थित गराएको थियो । बानेश्वर, बबरमहल, पुतलीसडक लगायतका स्थान तथा ललितकलाकर्मीले विभिन्न आर्कमा कला कार्यशाला, काठमाडौंलगायत देशका विभिन्न स्थानमा विभिन्न कार्टुन पटक प्रदर्शनी, झाँकी प्रस्तुत तथा सिर्जनात्मक रुपमा विभिन्न विरोध लगायतका कार्यक्रम गरेका थिए ।

पार्टी कार्यालय पेरिसडाँडामा ५० भन्दा बढी कलाकार सहभागी गराई बृहत कला कार्यशाला सम्पन्न भयो । ‘जनकला अभियान २०६६’ शीर्षकमा आधारित भएर चैत १९ र २० मा गरिएको सो कार्यशालाले नेपाली ललितकलाका क्षेत्रमा जनपक्षीय कला बनाउनका लागि कलाकारमा उत्पे्ररणा प्रदान गर्न सक्षम भएको थियो । यस्तै, तत्कालीन नेवाः राज्य समितिको कार्यालय ललितपुरको कुपण्डोलमा जनपक्षीय कला कार्यशाला २०६७ सालमा ग¥यो । जसमा १५ जनाभन्दा बढी कलाकारको सहभागिता रहेको थियो । ०६६ साल चैत मसान्तमा सरकारले घोषणा गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रक्रिया समावेशी र सर्वपक्षीय हुन नसकेको र नेपालमा प्रचलित कलाका विविध विधालाई समेट्न नसकेको भन्दै सङ्घको अगुवाईमा अन्तक्र्रिया कार्यक्रम ०६७ बैशाख ५ मा संवाद डबलीमा गरियो । त्यस्तै, माउ पार्टीले गरेको आन्दोलनका लागि आर्थिक सहायता सक्दो रुपमा जुटाउने सहयोग समेत ग¥यो । त्यसैगरी भक्तपुर, ललितपुर र रत्नपार्कमा कला प्रदर्शनीसमेत गरियो । सङ्घका केन्दीय सदस्य एवम् चर्चित कलाकार लामा ङवाङ कोछा शेर्पाको उपचारार्थ सङ्घका सदस्य तथा शुभेच्छुकसँग आर्थिक सहयोग जुटाई सहयोगसमेत गरियो । सङ्घमा आबद्ध कलाकारलाई आवश्यक पर्दा विभिन्न पक्ष र सरोकारीसँग मिलेर सहयोग जुटाउने, कला व्यक्तित्वको प्रचार प्रसार गर्ने आदि काम पनि गर्दै आएको छ । ०७० सालको बौद्ध जयन्तीको अवसर पारेर ‘शान्ति र सद्भाव’ शीर्षकमा बृहत कला प्रदर्शनी उपाध्यक्ष मानबहादुर दोङको संयोजकत्वमा बौद्धस्थित सारा इन्टरपाइजेजद्धारा स्थापित ग्यालरीमा पार्टीका अध्यक्ष क. प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । साथै सो कार्यक्रमको सन्दर्भ पारेर सहिद बाबुराम लामा ‘पुष्प’ स्मृति ललितकला सम्मानबाट दुईजना कलाकार क्रमशः सुर्यबहादुर दोङ र मोहन लामालाई सम्मानित गरियो । त्यस्तै, च्याङ्ग्बा लामा स्मृति सम्मानबाट चन्द्र वाइवा र दावा वाङ्देल मोक्तानलाई गरियो । प्रदर्शनीमा सारा इन्टरपाइजेज र केन्द्रीय सदस्य होमबहादुर तामाङको सहयोगप्रति सङ्घ हार्दिक आभारीसमेत रहेको छ । यो प्रदर्शनीको पुस्तिकासमेत प्रकाशित छ ।

सङ्घले विभिन्न कार्यक्रममा सहभागिता जनाउने र गतिविधिमा संलग्न हुँदै नेपाली ललितकला क्षेत्रमा विचार निर्माणका क्षेत्रमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । अपर्याप्त नै भए पनि यसले आफ्ना सदस्यका लागि बेलाबेलामा प्रशिक्षण कार्यक्रमहरू आयोजना गरेको छ । तत्कालीन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आयोजना गरेका प्रशिक्षणहरू तथा अन्य कार्यक्रममा पनि सङ्घ सहभागिता रहँदै आएको छ । यसका अतिरिक्त सङ्गठनले ‘ललितकला क्षेत्रका समस्या र चुनौतीहरु विषयक एकदिने गोष्ठी पनि गरेको छ । २०६९ सालमा नेपाली ललितकला क्षेत्रको समग्र विकासमा राज्यले गर्नुपर्ने दायित्वका विषयमा घनिभूत छलफलसमेत गरियो सो गोष्ठीमा क. आहुति, मुकेश मल्ल, कृष्ण मानन्धर, आइबि मल्ल, लालकाजी लामा, नरेन्दप्रसाद भण्डारी, नगेन्द्रप्रसाद पौड्याल लगायतका वक्ताले बोल्नुभएको थियो भने क. देवेन्द्र थुम्केलीद्वारा कला क्षेत्रमा गर्नुपर्ने कार्ययोजनाका विषयमा अवधारणापत्र प्रस्तुत गरिएको थियो ।

०७२ बैशाख १२ मा गएको भूकम्पपछि सङ्घले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग जुटाउने र उद्धार कार्यमा समेत सक्रियतापूर्वक लाग्यो । सङ्घका सदस्य लालमाया मोक्तानको भूकम्पमा परी असमायिक निधन भयो । मोक्तानको निधनले नेपाली ललितकलाका क्षेत्रमा अपूरणीय क्षति पुगेको छ भने सङ्घले एक होनाहार प्रतिभा गुमाएको छ । त्यस्तै संघका सचिवालय सदस्य पाल्साङ्मो लामा समेत भूकम्पमा परी सख्त घाइते हुनुभएको थियो । वहाँ बस्ने र काम गर्ने कार्यशाला समेत पूर्णरुपमा क्षति हुन पुग्यो । बिपत्का बेला वहाँलाई सहयोग गर्नुहुने सम्पुर्ण शुभेच्छुकप्रति सङ्घको तर्फबाट हार्दिक धन्यवाद । साथै सङ्घका केन्द्रीय सदस्य अशुराम खाइजुको घर क्षतिगस्त हुन पुग्यो यसमा समेत सङ्घले दुःख व्यक्त गरेको छ । यस्तै, अन्य कलाकारको समेत भूकम्पमा परी घर क्षति भएकोमा सङ्घले दुःख व्यक्त ग¥यो । साथै भूकम्पमा परी निधन हुनुभएका सम्पूर्ण कलाकारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । 

संविधानमा ललितकला विषयलाई समेटनुपर्ने सन्दर्भमा सङ्घको पहलमा तत्कालीन सवैंधानिक संवाद समितिमा ज्ञापनपत्र बुझाइयो । यसको प्रभाव नेपालको संविधान ०७२ मा ललितकलालाई केही भए पनि समेट्न सकिएको छ ।

अखिल नेपाल ललितकला सङ्घ स्थापनाको प्रारम्भिक वर्षहरूमा यस क्षेत्रका समस्या तथा तिनको निदानका बारेमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको भए पनि पछिल्ला वर्षहरूमा यसका गतिविधिमा सुस्तता आउन थाल्यो । यसरी सुस्तता आउनुमा माउ पार्टीको राजनीतिक लाइन प्रस्ट नहुनु, राजनीतिक तथा वैचारिक प्रशिक्षणहरू नहुनु, सिर्जना तथा सङ्घर्षका कार्यक्रमहरू नहुनु, नियमित बैठक तथा छलफलहरू नहुनु, लाइन सङ्घर्षका नाउँमा माउ पार्टीभित्र चरम गुटबन्दी विकसित हुनु, सङ्गठन सञ्चालनका विधिहरू मिचिँदै जाने जस्ता अनेक कारणका रूप रहेका थिए । त्यस्तै, नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच एकता भएपछि ललितकला परिषद् नेपाल बन्यो । एकताका नाममा सङ्गठनको काम लामो समयसम्म चल्न नसकेन् । 

संघको ललितपुर शाखाले कलाकार राजकुमार रानामगरको संयोजनमा बेलाबेलामा कलाक्षेत्रका बारेमा बहस, अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरेको छ । यस्तै, भक्तपुर, काठमाडौं शाखाले समेत ललितकला क्षेत्र, रुपान्तरणकारी आन्दोलनका पक्षमा बहस तथा पैरवी गर्दै आएका छन् । 

सङ्गठनको एकतापछि सङ्गठनले काम गर्न थालेपछि वैश्विक रुपमा फैलिएको कोभिड–१९ कारण लगाइएको बन्दाबन्दीले सबै काम ठप्प भयो । एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा बनेको सरकारले असंवैधानिक तरिकाले पुस ५ मा संसद विघटन गरेपछि चलेको सङ्घर्षमा तत्कालीन ललितकला परिषद् नेपाल सङ्घर्षको मैदानमा उत्रियो । साथै, राजधानीका विभिन्न स्थानमा भएका कार्टुन प्रदर्शनीमा सहभागी समेत भयो । पुस २७ गते जनसांस्कृतिक महासङ्घको आयोजनामा बानेश्वरमा भएको बृहत् विरोध प्रदर्शनमा कार्टुन प्रदर्शनीसमेत ग¥यो । यहीबीचमा फागुन २३ गतेको अदालतको फैसलापछि पार्टी एकता भङ्ग भयो र हामी पूर्वत् अवस्थामा फर्किएका छौं । यहीबीचमा हामी सङ्गठन निर्माण र वैचारिक बहसका निम्ति तेस्रो राष्ट्रिय सम्मेलनसम्म आइपुगेका छौं ।

यस्तै, संघको संयोजनमा यसै संगठनका निवर्तमान उपाध्यक्ष अग्रज कलाकार नारदमणि हार्तम्छालीको मूल सिर्जना र संयोजनमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय परिसरमा सहिद तथा वेपत्ता स्तम्भ निर्माण गरिएको छ । जसको संयोजन संघले गरेको थियो । यस कार्यमा संघका कार्यसमिति सदस्य अग्रज कलाकार रामकृष्ण भण्डारीको समेत विशिष्ट सहयोग रहेको छ । यसैगरी कास्कीको सिक्लेसमा हार्तम्छालीले नै स्तम्भ बनाउनुभएको छ । संघका निवर्तमान महासचिव युवाकलाकार नरेन्द्रप्रसाद भण्डारीले अनेकोटका सहिदको मूर्तिसहितको स्तम्भ संघकै संयोजनमा बनाउनुभएको छ । उहाँले सहिद कृष्ण सेन इच्छुक लगायत दर्जनौं सहिदको शालिकसमेत निर्माण गर्नुभएको छ । भण्डारीले सहिद गंगालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठको शालिक रामेछापको भँगेरीमा बनाउनुभएको छ । 

सङ्गठनमा पछिल्लो समय सातै प्रदेशमा संरचना बनाउने गरी काम भइरहेको छ । प्रदेश १ मा कलाकार क. नरेश थुलुङ र चन्द्र रनाहँछासहितको प्रदेश समिति बनेको छ । वागमतीमा कलाकार क. संघरामको नेतृत्वमा पछि थप्ने गरी ३१ सदस्यीय समिति बनेको छ । गण्डकी प्रदेशमा कलाकार क. शिव शेर्पालीको अध्यक्षतामा पछि थप्ने गरी २१ सदस्यीय प्रदेश समिति बनेको छ । लुम्बिनीमा कलाकार क. खेम बिक, राजकुमार खड्का, अमर परियार लगायतका समिति बनेको छ । कर्णालीमा कलाकार क. भीमबहादुर सिंह र कलाकार क. झिग्मे लामा संयोजक र सहसंयोजक रहेको समिति बनेको छ । सुदूरपश्चिम प्रदेशमा मेघराज लामिछानेले संयोजक तोकिएको छ ।  

३. कलाको ऐतिहासिक पृष्ठभूमि

कलाको ऐतिहासिक पृष्ठभूमि गुफा युगदेखि नै विकास भएको पाइन्छ । पाषणयुगमा गुफाका भित्तामा कोरिएका चित्रले नै मानव सभ्यताको जग बसाल्ने आधार खडा ग¥यो । यसैको जगमा रहेर मानवले चेतना विकास गर्न सक्यो भने बिस्तारै जंगली फिरन्ते युगबाट स्थायीरुपमा बस्ने र खेतीपातीको युगका प्रवेश ग¥यो । गुफाचित्रमा विशेषगरी शिकारसँग सम्बन्धित जनावरका चित्र अँगार (कोइला) ले कोरेर बनाइएको पाइन्छ । चित्रमा जनावरलाई घेरेर मार हानिरहेको अवस्थालाई देखाइएको छ । कसरी मार हान्दा भीमकाय जनावरमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने विषयमा रही चित्र बनाएको देखिन्छ । यो एउटा यस्तो वैज्ञानिक आधार थियो जसले जनावरको शिकार गर्न सहजता प्रदान ग¥थ्र्यो । जनावरलाई कसरी घेर्ने र कहाँ कुन हतियारले आक्रमण गर्ने भन्ने आधार यी चित्रमार्फत मानिसले गुफाका भित्तामा कोरे । त्यसैका आधारमा शिकार गर्दा सहजता आएपछि मानिसको चेतनामा नै यसले महत्वपूर्ण परिवर्तन ल्याउन सक्यो । ती चित्रको उद्देश्य भनेको मान्छेको आत्मविश्वास बढाउनु थियो । चित्रमा भीमकाय जंगली जनावरलाई घेरेर भाला, ढुङ्गे हातहतियार तथा रुखका हाँगाबिगाले मार हानिरहेको दृश्य बनाइएको पाइन्छ । 

बिस्तारै मानव जाति खेतीपाती र राज्य (कविला) निर्माणको दिशातर्फ अगाडि बढ्यो । यसले समाजमा विभेदको रेखा कोर्दै लग्यो । मेसोपोटामिया, मिश्र सभ्यतासम्म आइपुग्दा मानिसमा अलौकिक तथा रहस्यवादी चिन्तनको विकास भइसकेको थियो । यस्तो विचारको विकास शक्तिशाली र टाठाबाठाले गरे । उनीहरुले सोझा र निमुखा जनताको श्रमको फाइदा उठाउँदै आफ्नो हितमा प्रयोग गरे । मृत्युपछिको जीवनका निम्ति ठूला–ठालु, शोषक, सामन्तले निर्धा र निमुखालाई दमन, शोषण र अत्याचार मात्रै होइन उनीहरुको मरेको शरीरको स्याहार–सुसारका निम्ति भनेर मान्छेलाई ज्यूदैँ गाड्ने कामसमेत गरेको इतिहास छ । राजामहाराजा मरेपछि तिनका निम्ति नोकरचाकर चाहिने कारण मिश्रमा सयौं नरनारी ज्यूूदैँ गाडिनुपथ्र्यो । अदृश्य शक्तिको त्रास देखाई निर्धामाथि शासन गर्ने प्रपञ्चको सुरुवात् भयो । यसको दर्शन भनेकै रहस्यवादी र पूर्वजन्मप्रतिको विश्वास थियो । साथै अलौकिक शक्तिको डर त्रास देखाई कमजोरमाथि शासन लाद्ने प्रक्रिया यसरी शुुरु भयो । मानिसलाई दास–दासीको रुपमा राख्न थालियो । त्यसैगरी धर्मका नाममा फेरी अर्को त्रास फैलायो । जसले निर्धामाथि शासन गर्न सहज बनायो । धर्मकै नाममा कलाकृति निर्माण गर्न शासकले कलाकारलाई उपयोग गरे । कलाकारले पनि शासकको मनोवृत्तिमा आधारित कला बनाउँदै गए । शक्तिका नाममा बनाएका विभिन्न देवदेवीका चित्र, मूर्तिले मानिसको ध्यान धर्मतिर तान्न थाल्यो । यसरी मानिसलाई धर्मतिर केन्द्रित गर्दै शासन व्यवस्थालाई आफू अनुकूल बनाउन थालियो । कलाले शासकवर्गको इच्छालाई भरमग्दूर सहयोग गरिरह्यो । कला नै यस्तो माध्यम थियो शासकवर्गका लागि जसले मानिसमा विश्वास पैदा गर्न सक्थ्यो । धर्मप्रति विश्वास बढाउन सक्थ्यो र मानिसलाई शासकवर्गप्रति वफादार बनाउन सक्थ्यो । यसको प्रारम्भ नवपाषाणयुगबाट सुरु भयो र मिश्रसम्म आइपुग्दा यसले चरम रुप लिन सक्यो । त्यसपछि विभिन्न सभ्यताको नाममा कलाले शासक र धर्मको पक्षपोषण र सेवा गर्दै अगाडि बढ्यो । मिश्र, सिन्धुघाँटी, ग्रीक, रोमनजस्ता साम्राज्यमा कलाको विकास व्यापकरुपमा भयो । कलालाई राज्यको अभिन्न र शक्तिशाली माध्यमको रुपमा विकास गरिँदै लगियो । हुनत् त्यसबेलाको विकास निर्माण र प्रगति भनेकै कलाको विकास पनि थियो । जति धेरै कलाकृतिहरु निर्माण गर्न सक्यो राज्य त्यत्ति नै सम्पन्न र वैभवशाली ठहर्ने हुनाले राज्यले यसमा लगानी पनि धेरै नै गरेको पाइन्छ । यिनै कलाकृतिको आधारमा नै हामीले ती सभ्यताको अध्ययन एवम् विश्लेषण गर्ने गरेका छौं । कला र संस्कृतिको जग बलियो गरी बसाल्न सके राज्यव्यवस्थामा लामो समयसम्म त्यसको प्रभाव रहिरहने सोचका कारण त्यतिबेलाका शासकले कला र संस्कृतिमा व्यापक लगानी गरे । जुन कला र संस्कृति उनीहरुले चाहेजस्तो अनुकूल थियो ।

कला र संस्कृति भनेका व्यापारिक चीज नभई सभ्य समाजको निर्माणमा भूमिका खेल्ने सशक्त माध्यम भएकाले यसलाई शासकवर्गले जति राम्ररी बुझ्न सक्यो त्यति नै समृद्ध समाजको निर्माण हुन सक्छ । साथै यसलाई आफू अनुकूलको बनाउन सकेमा मानिसमा आफ्ना विचारलाई सहज ढङ्गले प्रवाहित गर्न सकिन्छ । यो तथ्यलाई प्राचीनकालका शासकले राम्ररी बुझेकाले कला र संस्कृतिलाई व्यापक ढङ्गबाट उपयोग गरेको पाइन्छ । यसैको पृष्ठभूमिमा रही मिश्र, सिन्धुघाँटी, चिनियाँ, ग्रीक, रोमन कलाले आफ्नै मौलिक दर्शन र सभ्यताको विकास गरे । शासकवर्गले आफ्ना दर्शन र मौलिक पक्षलाई कलामा अभिव्यक्त गर्दै आए । यो क्रम पुनर्जागरण कालसम्म रहिरह्यो । ग्रीककालमा विज्ञानको विकासप्रतिको सोच आयो । केही वैज्ञानिक चिन्तन र विश्लेषणको सुरु भयो । प्रजातान्त्रिक विचारधारामा छलफल सुरु भयो । ग्रीककालमा थुप्रै चित्र÷मूर्ति, वास्तुकला बने । चित्र÷मूर्ति ग्रीक मिथकमा आधारित थिए भने केही राजामहाराजा, वलिष्ठ योद्वा तथा विद्वानका बनेका थिए । रोमनकालमा पनि वास्तुकला, चित्र तथा मूर्तिको विकास भयो । मध्ययुग पछाडि भने युरोपमा क्रिस्चियनको प्रभाव प¥यो । यसले कलामा नराम्ररी प्रभावित पा¥यो । यसले समाजलाई अद्योगतितिर धकेल्न सुरु ग¥यो । कलामा पुनर्जागरण (रेनेसा) युग सुरु हुनुअगाडि क्रिस्चियन धर्मको बर्चश्व पश्चिमी समाजमा रहेको थियो । यसले सारा युरोपमा धार्मिक साम्राज्यसँगै कलामा पनि पोपहरुको प्रत्यक्ष निगरानीलाई दीर्घकालसम्म जीवित राख्यो । क्रिस्चियन धर्ममा आधारित चित्र÷मूर्तिले लगभग १५०० वर्षसम्म युरोपलाई धपक्कै ढाक्यो । त्यस्तै पूर्वीय समाजमा पनि पूर्वीय दर्शन र मान्यताका आधारमा कलाको निर्माण भयो । हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन, जैन आदि जे धर्म भए पनि यी र यिनका दर्शनले पूर्वीय र पश्चिमी समाजलाई निकै प्रभाव पा¥यो । यिनकै दर्शन र मान्यतामा आधारित कला रचना हुन थाले । धर्मका नाममा आ–आफ्नै दर्शन र कथाहरू रचिए । निर्धा र कमजोरलाई अलौकिक शक्तिको त्रास देखाई शासन व्यवस्था सञ्चालनमा चित्र÷मूर्तिको उपयोग शासकवर्गले लामो समयसम्म गरे । धर्मकै आधारमा कला र साहित्य रचिन थालियो । धर्मलाई उपयोग गर्दै रचिएका कलाले समाजमा दरो गरी धार्मिक पृष्ठभूमि निर्माण ग¥यो । यसले मानिसमा ईश्वरप्रतिको आशक्ति गहिरोसँग गड्यो ।

सबैकुरा ईश्वरबाट निर्देशित छ भन्ने मान्यता १९औं शताब्दीको मध्यमा आएर खण्डन भयो । धार्मिक आधारमा बनेका संरचनालाई चुनौती दिँदै कार्ल माक्र्स र एगेंल्सले कला र साहित्यलाई भौतिकवादी दार्शनिक रूपबाट व्याख्या गरे । त्यसपछि बिस्तारै कलामा भौतिवmवादी चिन्तन सुरू भयो । यसले समाजमा रहेका तथ्य विषयलाई बाहिर ल्याउन र सबै तह र तप्काका मानिसका विषयलाई समेट्ने आधार निर्माण ग¥यो । धर्म र शासकवर्गका मात्रै कला नबनी कमजोर, निर्धा, किसान, मजदूर, महिला तथा सम्पूर्ण उत्पीडित वर्गका मानिसका विषयमा कलाकृति बन्न थाले । यसले समाजमा नयाँ ढङ्गले विचार र दर्शनको बहसलाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । कला शासकवर्गको मात्रै रहेन । यो सम्पूर्ण जनताको विषयमा केन्द्रित भई आमजनता मै आउन सक्यो । पुराना मान्यता र तिनले निर्माण गरेका जगलाई तोड्दै अगाडि बढ्ने महत्वपूर्ण आधार यसले खडा गर्न सक्यो । कला र साहित्यमा माक्र्सले प्रतिपादन गरेको सिद्धान्तले यथार्थवादको जग बसाल्यो । यसैको जगमा कलामा सामाजिक तथा यथार्थ विषय घनिभूत ढङ्गले आउन सके । समाजका सत्य र यथार्थ पक्षलाई विना हिच्किहाट कलाका विषय बनाउन थालियो । हुनत् कलामा रेनेसाकालमा आएको परिवर्तनले केही सकारात्मक लक्षण देखापरेता पनि धार्मिक विषयले प्रभाव पारिरहेको थियो । यसलाई माक्र्सको दाशर्निक मान्यताले भत्काएर नयाँ ढङ्गले अगाडि बढ्ने आधार खडा ग¥यो ।

कलामा यथार्थवाद भन्नु कलाभित्र आउने यथार्थ विषय हो । वादको जन्म, जब वस्तुमा विचार, चिन्तन, अवधारण वा सौन्दर्य चेतको प्रचुरता हुन्छ, तब हुन्छ । कला र अन्य सृजनात्मक क्षेत्रले यी अवधारणा, विचार वा चिन्तन एवम् सौन्दर्य चेतना बोकेका हुन्छन् । कलामा यथार्थवाद सामाजिक मूल्य र मान्यतासँग निकै नजिक रहेको पाइन्छ । समाजका प्रायः गतिविधि र तिनका सत्य पक्षहरू उद्घाटन यथार्थ ढङ्गले यथार्थवादमै हुन्छ । असत्य मान्यताका आधारमा केन्द्रित नभई मानव जीवन र जगत्सँग जोडिएका चीजहरूको वास्तविक रुप, निश्चित विचार, चिन्तन, अवधारणा एवम् सौन्दर्य चेतना बोकेर आउने वाद नै यथार्थवाद हो ।

कलामा यथार्थवादको विकास यसले बोकेका सामाजिक, राजनैतिक भावभूमि, सांस्कृतिक विम्बहरू आदि हुन् । हुनत्  कलामा यथार्थवाद कम्युनिष्ट घोषणापत्र सार्वजनिक भएपछि आएको एउटा वाद हो । यसले समाजका विभिन्न घटना एवम् परिवेशलाई यथार्थ ढङ्गले प्रस्तुत गर्ने गर्दछ । बार्विजियन स्कुल, जसको स्थापना सन् १८२० को दशकमा फ्रान्समा भएको थियो । सो स्कुलमा रोमान्टिक कलाकारले काम गर्दथे । गुस्ताव कुर्वे, क्यामियल कोरो लगायतका कलाकार पनि त्यसमा संलग्न थिए । यस स्कूलले प्रकृतिको चित्रण गर्ने भन्ने मान्यता पनि राख्दथ्यो । यही क्रममा गुप्ताव कुर्वे, क्यामियल कोरो आदिले यथार्थ चित्रणलाई अगाडि ल्याए । विशेषगरी सन् १८४८ को कार्ल माक्र्सले कम्युनिष्ट घोषणापत्र जारी गरेपछि कलामा यथार्थवादको उदय भयो । माक्र्सले कला र साहित्यलाई सामाजिक अवस्था, तिनको आर्थिक स्थिति र चिन्तनसँग जोडेर व्याख्या गरे । सन् १८५५ मा गुुस्ताव कुर्वेले फ्रान्समा यथार्थवादी कला प्रदर्शनी गरे । त्यो प्रदर्शनी नै यथार्थवादी कलाको पहिलो प्रदर्शनी हो । त्यसैगरी कुर्वेलाई कलामा यथार्थवाद भित्र्याउने कलाकारका रुपमा चिनिन्छ । उनको सक्रियतामा पछि मिले, दोमिएर लगायतका कलाकार पनि यथार्थवादी शैलीमा काम गर्न थाले । यथार्थवादको शुरूवात्सँगै कला सिर्जनामा नयाँ–नयाँ सोचविचार र चिन्तनको विकास हुन पुग्यो ।

यथार्थवादलाई माक्र्सवादबाट प्रेरित मान्यताका रुपमा आएको किसान, मजदूर, उत्पीडितवर्गको पक्षबाट हेरिन्छ ।  यथार्थवादको जन्म रोमान्टिक धारा पछाडि भएको हो । उन्नाइसौं शताब्दीको सुरुको दशकमा विश्वकला धारमा स्वच्छन्दवादको जन्म भएको हो । परम्परागत मान्यता छोडेर अर्थात शास्त्रीयवाद÷नवशास्त्रीयवादबाट अलग्गै रही केही कलाकारले सुरु गरेको रोमान्सवादले युरोपमा राम्रो प्रभाव पा¥यो । कल्पना, भावना र अन्र्तज्ञान वा प्राकृतिक स्वभावको मिश्रणबाट अभ्यूदय भएको मानिएको रोमान्सवादले हिंसा, प्रकृति, दन्त्यकथा, मिथकीय विषय आदिलाई मूल विषय मानेको थियो । तर, यसले मात्रै मानव जीवन जगतको उचित सम्बोधन नहुने देखेर उन्नाइसौं शताब्दीको मध्यतिर यथार्थवादको विकास भयो । यसमा वर्गीय दृष्टिकोण रहेको हुन्छ । धर्म तथा उच्चवर्गका धनायढ् तथा राजामहाराजा आदिका मात्रै चित्र÷मूर्ति बनाउने परम्पराको विरुद्ध मजदूर, किसान, श्रमिक वर्ग आदिको पेशागत चिनारी, जीवनस्थिति अर्थात् सामाजिक घट्ना परिघट्नालाई यथार्थवादले आत्मसात् गर्दै अगाडि बढ्यो । समाजमा हुने गरेका यथार्थ पक्षलाई कलात्मक रुपले यथार्थवादले समेट्ने भएकाले समाजका सत्य विषयलाई अनुकरण तथा समेट्ने कार्य यसले ग¥यो । तर यतिमा मात्रै यो सीमित रह्दैन । यसले समाजका यावत् सत्य घटनाको रचनात्मक तथा सिर्जनात्मक ढङ्गले उद्घाटन गर्दछ भने मानिसलाई रचनात्मक तथा सिर्जनात्मक बन्नका लागि समेत प्रेरित गर्दछ ।

यसरी सामाजिक मूल्य र मान्यताको विकास हुँदै यथार्थवाद मौलाउँदै र झाँगिदै आयो । यथार्थवादपछि विभिन्न हाँगामा विभक्त हुँदै कलाका आन्दोलन अगाडि बढेको देखिन्छ । यथार्थवादको व्याख्या पनि सङ्कुचनबाट फराकिलो हुँदै गयो । कला समाजका विषयमा मात्रै केन्द्रित नभई समाजमा चेतना फैलाउने सशक्त माध्यमको रुपमा विकास भएको छ । आमजनतामा वर्गीय चेतनाको विकास गराई आन्दोलनमा सरिक गराउन पनि कलाको भूमिका रहन्छ । यसर्थ कला समाज रुपान्तरणको एक महत्वपूर्ण सांस्कृतिक आन्दोलन भएकाले यसको महत्वको बोध प्रगतिवादी÷समाजवादी आन्दोलनकर्मीले बेलै गर्नुपर्दछ । 

४. नेपाली कलाको संक्षिप्त रुपरेखा

नेपालमा कलाको विकासको पारम्भिक मिति यकिन नभए पनि यसको इतिहास ३००० वर्ष पुरानो रहेको पछिल्ला तथ्यले जनाएको छ । कपिलवस्तुको तिलौराकोटमा प्राप्त तथ्यले हामीलाई कलाको नेपाली इतिहासलाई त्यहाँसम्म पु¥याउँछ । काठमाडौं उपत्यकाको कलाको इतिहास २००० वर्ष रहेको पाइएको छ । यसबेला खासगरी चित्र, मूर्ति तथा वास्तुकलाको विकास चरम रुपमा भएको थियो । गोपालवंशदेखि लिच्छवीकालसम्म आइपुग्दा कलामा निकै विकास भएको पाइन्छ । किरातकालमा बनेका केही कलाकृतिसमेत नेपालमा भेटिनुले नेपाली कलाको अझै सही रुपमा अध्ययन अनुसन्धान हुन सकेको छैन । लिच्छवी, मल्लकालमा नेपालमा कला र वास्तुकलाको विकास भएको पाइन्छ ।

त्यसैगरी नेपालको हिमाली क्षेत्रमा पनि धार्मिक कलाको प्रभाव व्यापक रुपमा रहेको देखिन्छ भने गुम्बाका भित्तामा बनाइने चित्रले कला परम्परालाई अगाडि बढाएको पाइन्छ । डोल्पा, मुगु लगायतका स्थानका पुराना कलाकृति भेटिएका छन् । मुस्ताङमा मानवद्धारा निर्मित गुफामा १२औं शताब्दी अगाडि बनेका कलाकृति भेटिएका छन् यस्तै, डोल्पामा बनेका गुम्बामा समेत पुराना चित्र भेटिएका छन् । १३औं शताब्दीमा कलाकार अरनिकोले नेतृत्व गरेको कलाकार र कालिगढको टोलीले तिब्बत तथा चीनमा देखाएको प्रतिभाले नेपाली कलाको उच्चता प्रकट गरेको देखिन्छ । नेपालमा चित्रकलातर्फ ११औं शताब्दीका प्रमाणहरु भेटिएका छन । त्यस्तै नेपालमा रहेका विभिन्न जाति र समुदायका लोककला परम्परा पनि चलिआएको छ । 

नेपाली कलामा भारतीय कलाको प्रभाव पनि उत्तिकै परेको देखिन्छ । त्यस्तै तिब्बती र चिनियाँ प्रभाव पनि परेको छ । सुगौली सन्धि (सन् १८१६) अघिको नेपाली कलामा प्रभाव अरुको परे पनि आफनो मौलिकता भने सबल रुपमा नै रहेको देखिन्छ । नेपालमा अंगे्रजको प्रवेशसँगै कलामा पनि पश्चिमा प्रभाव सबल रुपमा प¥यो । सन् १८२० पछि नेपाली कलाले बिस्तारै पश्चिमी वस्तुवादी शैलीमा देखापर्न थाल्यो । तत्कालीन बेलायती कर्मचारी (पछि रेजिडेन्ट) बायन हड्सनको हिमालयन अध्ययनका लागि आवश्यक दृष्टान्त चित्र बनाउने कामका लागि नेपाली कलाकार सहभागी भए । तीमध्येका अग्रणी कलाकार राममानसिंह चित्रकारसहितका १० जना कलाकारले हडसनका लागि चित्र बनाउने काम गरे । यी चित्रमध्ये केही राष्ट्रिय सङ्ग्रहालय छाउनी, भारतको कलकत्ता, रोयल एसाइटिक सोसाइटी लण्डन, पेरिस, अमेरिका लगायतका देशमा रहेका छन् । 

सन् १८५० मा जंगबहादुर राणाको बेलायत भमणमा कलाकार भाजुमान चित्रकार पनि सहभागी थिए । उनी नेपाल फर्केपछि कलामा पश्चिमी शैलीमा काम गरे । हुनत भाजुमान पनि राजमानसिंह चित्रकारको टोलीमा रही हड्सनका लागि काम गरेका थिए । राजमानको टोलीमा रही काम गर्ने अन्य कलाकारमा तुल्सीमुनि, राजवीर, धनानन्द बाडा लगायतका कलाकार थिए । राजवीर भाजुमान बीच परेको झगडाको मिलापका लागि हडसनले जंगबहादुर गुहारेको र जंगबहादुरले भाई बमबहादुरलाई यसको छिनोफानोको लागि लगाएको विषय पनि प्राङ्सगिक हुन आउँछ ।

सन् १८५० पछि नेपाली कलामा देखापरेका कलाकारले विशेषगरी दरबारमा चित्रकारी काम गर्थे । नेपालमा चित्रकार समुदायको काम नै चित्रकारी कर्म गर्ने परम्परा थियो । यो परम्परालाई चित्रकार समुदायले बचाइरहे । १९८० सालपछि चन्दमानसिंह मास्के र तेजबहादुर चित्रकारले विधिवत् रुपमा कलाको औपाचारिक अध्ययन गर्न भारतको कलकत्ता गए । १९९१ सालमा नेपाल आर्ट स्कुल स्थापना भयो । चतुररत्न उदासले यसको पहल लिएका थिए । १९९५ सालमा यो स्कुल जुद्धकला पाठशालामा रुपान्तरण भयो । १९९६ सालमा कार्टुन चित्र बनाएबापत् चन्दमानसिंह मास्केलाई सर्वस्वसहित १८ वर्षको जेल सजाय राणाले तोके । उनले जेलमा रहँदा अनेकन चित्र बनाएका छन् । त्यतिबेला बनाइने पर्चा पम्प्लेटका लागि कार्टुन तथा दृष्टान्त चित्रका लागि कलाकारले महत्वपूर्ण योगदान दिएका छन् ।    

००८ सालमा नेपालमा नेपाल कला समिति नामक संस्था खुल्यो । यसले केही समय कलासम्बन्धी काम ग¥यो र पाँच छ वर्षपछि यो संस्था आफै निस्क्रिय बन्न पुग्यो । यो समय नेपालमा आधुनिक कलाको विकासका लागि विभिन्न प्रयासहरु भए । ०१४ सालमा प्रज्ञा प्रतिष्ठान गठन भयो । यसले कलाका लागि खासै काम नगरे पनि ०१८ सालमा लैंनसिंह बाङ्देलको नेपाल आगमनपछि प्रतिष्ठानबाट कलासम्बन्धी केही काम भए । नीतिगत भन्दा पनि अस्थायी प्रकृतिका कामले कलाको दीर्घकालीन विकासमा खासै काम गरेको देखिँदैन । ०१९ सालमा नै बाङ्देलको पहलमा नेपाल आर्ट काउन्सिलको स्थापना भयो । २०२२ सालमा तत्कालीन युवराज वीरेन्द्रको पहलमा नेपाल ललितकला संस्था (नाफा) को स्थापना भयो । ०२३ सालदेखि राष्ट्रिय कला प्रदर्शनीको सुरुवात् भयो ।

०२४ सालमा जुद्धकला पाठशाला ललितकला महाविद्यालयमा फेरियो । ०३० सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पसमा रुपान्तरण भयो । प्रवीणता प्रमाण–पत्र तहको पढाइ सुरु भएपछि नेपाली कला प्राज्ञिक रुपमा अगाडि बढने आधार खडा भयो । ०३३ सालमा स्नातक तहसम्मको अध्ययन सुरु भयो । ०३१ साल युव कलाकार समुह बन्यो । यसले कलाका विविध गतिविधि सञ्चालन गर्दै अगाडि बढयो । हुनत् ०२७ सालमा चारजना कलाकार शशी शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र वत्सगोपाल वैद्यले स्कीव समुह स्थापना गरी कलाका गतिविधिलाई अगाडि बढाएका थिए । त्यस्तै ०३० को दशकमा वनारसमा अध्ययन गर्ने कलाकारले जुनकिरी ०७१ समूह खडा गरी कलाका गतिविधि गरेका थिए । २०३४ साल जेठ २४ गते ०२२ सालमा स्थापित कलाको स्वतन्त्र संस्था नेपाल ललितकला संस्था नाफालाई शाही नेपाल प्रज्ञा प्रतिष्ठानमा गाँभियो । कलाकारबीचको द्वन्द्वले यस्तो अवस्थाको सिर्जना हुन गयो । नाफाको स्वतन्त्र अस्तित्वलाई जोगाउनभन्दा पनि यसलाई विघटन गर्न केही कलाकार लागे । त्यतिबेला प्रतिष्ठानमा लैंनसिंह बाङ्देल कुलपति र सदस्यसचिवमा सत्यमोहन जोशी थिए । ०३६ सालमा एकेडेमी स्थापनार्थ सङ्घर्ष समिति स्थापना गरी एकथरी कलाकारले कलाको स्वतन्त्र अस्तित्वका लागि आन्दोलन गरेका थिए । 

०४२ सालमा नेपाल कलाकार समाजको स्थापना भयो । यसले सो आन्दोलनलाई अगाडि बढायो । ०४६ सालको राजनीतिक आन्दोलनमा नेपाली कलाकार सशक्त रुपमा लागे । परिवर्तनपछि नेपाली कलामा विविध सौन्दर्य चेत बोकेका कला बनेको पाइन्छ । वैचारिक रुपमा कलाकारले कला बनाउने कामलाई समेत निरन्तरता दिए । ०५२ सालमा सुरु भएको जनयुद्धले नेपाली समाजमा ल्याएको चेतनालाई कलाकारले कलामार्फत व्यक्त गर्दै परिवर्तनका पक्षमा आफनो अभिमत प्रकट गरे । कलाकारलाई यसले निकै प्रभावसमेत पा¥यो । ०६२÷०६३ को आन्दोलनपछि नेपाली कलामा विविध आयाममा सिर्जनात्मक अभिव्यक्ति हुँदै अगाडि बढेको छ ।

५. आन्दोलनमा कलाकारको भूमिका

नेपालको परिवर्तनकामी आन्दोलनमा ललितकलाकर्मीको योगदान विशिष्ट रहँदै आएको छ । १९९६ सालमा राणाविरोधी कार्टुन चित्र बनाएबापत् चन्द्रमानसिंह मास्केलाई सर्वस्वसहित १८ वर्षको जेल सजाय तोकियो । राणाविरोधी आन्दोलनमा २००७ सालको वरिपरी पर्चा पम्प्लेटका लागि कार्टुन तथा दृष्टान्त चित्रसमेत बनाएको पाइन्छ । जसमा कलाकारले महत्वपूर्ण योगदान दिएका छन् । २००७ सालपछि नेपालमा कलाकारले चित्र तथा मूर्तिका माध्यमबाट विस्तारै समाज रुपान्तरणका पक्षमा आफूलाई मुखरित गर्दै लगेको पाइन्छ । 

२०१७ सालको महेन्द्रको प्रजातन्त्रविरोधी कदमपछि नेपाली कलाकारले राजनीतिक स्वतन्त्रताका लागि चित्र बनाए । जसमा कार्टुन चित्रको प्रभाव अधिक रहेको पाइन्छ । नेपालको राजनीतिक परिवर्तनका पक्षमा कलाकार कुलमानसिंह भण्डारीले विशिष्ट योगदान दिएको पाइन्छ । तत्कालीन अवस्थामा विस्तारवाद र साम्राज्यवादका विरुद्ध भण्डारी चित्रमार्फत सशक्त आवाज उठाएका थिए । मूलतः नेपालको राजनीतिक आन्दोलनमा २०३६ सालको आन्दोलनसँग नेपालका ललितकलाकर्मीको योगदान विशिष्ट रहेको छ । परम्परागत थाङ्का कलाकारले आफ्नो श्रम, सीप र सिर्जनाको उचित मूल्य पाउनुपर्ने आवाज उठाउँदै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आन्दोलन गरेको पाइन्छ । अहिले हाम्रो संगठनमा रहनुभएका अग्रज व्यक्तित्व मानबहादुर दोङ, सहिद बाबुराम लामा ‘पुष्प’, केशर लामा लगायतका दर्जनौं कलाकार राजनीतिक आन्दोलनमा सक्रियताका साथ लागेको इतिहास हामीसँग छ । पछि यो आन्दोलनमा थुप्रै कलाकार जोडिएर कलासँगै समानता र न्यायको पक्षमा आफूलाई उभ्याएको पाइन्छ । 

२०४६ सालको जनआन्दोलनमा कलाकारको सक्रियतापूर्वक सहभागिता रहेको थियो । घण्टाघरमा भएको स्रष्टाहरुको आन्दोलनमा अग्रज कलाकार उत्तम नेपाली लगायतका कलाकारको सक्रियतापूर्वक सहभागी भएका थिए । अग्रज कलाकार नारदमणि हार्तम्छाली ०४६ सालको आन्दोलनका क्रममा जेलसमेत पर्नुभएको थियो । २०५२ सालमा सुरु भएको महान जनयुद्धमा दर्जनौं कलाकार सहभागी भएर समाज रुपान्तरण र अग्रगमनको पक्षमा आफूलाई उभ्याए । मस्त विष्ट, च्याङ्ग्बा लामा, बाबु घिसिङ सुब्बा लगायतका कलाकारको सहादत भएको छ । जनयुद्धका क्रममा यसै संगठनमा रहनुभएका क.प्रदीप अधिकारी ‘सुशान्त’ ०५९ साल असोज ५ गते पक्राउ परी भैरवनाथ गणमा ३ महिना बिताउनु भएको थियो भने सेनाको कस्टडीमा १ वर्ष र नुवाकोट जेलमा डेढ वर्ष जेलजीवन बिताउनुभएको छ । उहाँले तत्कालीन सत्ताविरोधी कार्टुनचित्र सरस्वती क्याम्पसको भित्तेपत्रिकामा बनाएबापत् पक्राउ गरिएको थियो । यस्तै, क.पाल्साङ्मो लामा लगायतका कलाकारले २०५७ सालमा परिवर्तन र विशेषगरी थाङ्का कलाक्षेत्रमा रहेका विभेदका विषयमा बहस तथा पैरवी गर्नुभएको थियो । उहाँले तामाङ मुक्ति मोर्चामार्फत उक्त कार्यक्रमको गोर्कणमा संयोजन गर्नुभएको थियो । यस्तै, थाङका तथा पौभा कलाका बारेमा वैचारिक बहस २०६३ सालमा भक्तपुरमा समेत गर्नुभएको थियो । 

थाङ्का तथा पौभाकलाका पक्षमा मानबहादुर दोङ, बाबुराम लामा ‘पुष्प’, लालमान लामा, कुमार घिसिङ, होमबहादुर तामाङ, अशोक लामा, पाल्साङ्मो लामा लगायतका सयौं कलाकारको महत्वपूर्ण भूमिका रहेको छ । यस्तै, जनयुद्धमा प्रत्यक्ष सहभागी भएर क.बाबुलाल पुन ‘शक्तिमान’, कुलानन्द गिरी लगायतका कलाकारले समेत विशिष्ट योगदान दिनुभएको छ । जनयुद्धका पक्षमा पोस्टर, कार्टुन तथा अन्य चित्र बनाएर कलाकार वासु क्षितिजले समेत योगदान दिनुभएको छ । २०५८ सालको ‘कु’ पछि भएको आन्दोलनमा कलाकार राजन काफ्ले, लक्ष्मण भुजेल, गंगाधर सारु, अस्मिना रञ्जित, भुवन थापा बहुवि, जुपिटर प्रधान लगायतका कलाकारले चित्र रचनासहित परिवर्तनका पक्षमा आवाज उठाएका थिए । २०६२÷६३ को आन्दोलनमा कलाकार अनिल लामा सहिद हुनुभएको छ भने दर्जनौं कलाकार घाइते भएका थिए । यस्तै कलाकार राजन काफ्ले हिरासतमा पर्नुभएको थियो ।

यस्तै, नेपाल कलाकार समाज, नेपाल कमर्सियल आर्टिस्ट संघ लगायतका कलासँग सम्बन्धित संघ–संस्था ०६२÷६३ को आन्दोलनमा सहभागी भएका थिए । कलाकारले अग्रज कलाकार किरण मानन्धरको संयोजकत्वमा ललितकला लोकतान्त्रिक अभियान गठन गरेर आन्दोलनमा होमिएका थिए । यसपछि पनि समानता र न्यायका पक्षमा कलाकारले सिर्जना तथा भौतिक रुपमा आवाज उठाउँदै आएका छन् । यसैगरी क. प्रदीप अधिकारी सुशान्तले ललितकला क्याम्पस भोटाहिटीमा कमिटि गठन, विस्तार तथा स्ववियु चुनावको नेतृत्व गर्दै ललितकलाक्षेत्रमा परिवर्तनका पक्षमा माहोल निर्माण गर्न विशिष्ट भूमिकासमेत निर्वाह गर्नुभएको छ ।

६. नेपाली ललितकलाको वर्तमान अवस्था

नेपाली कलाको विकासमा व्यक्ति प्रभाव भएर अगाडि बढेको छ । संस्थागत तथा नीतिगत रुपमा राज्यले गम्भीर रुपमा यस क्षेत्रलाई लिइएको पाइँदैन । हुनत नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको गठन राज्य तहबाट भए पनि त्यसमा सबै पहुँच र प्रभाव पुग्न सकेको छैन । केही काम गर्ने प्रयास प्रतिष्ठानको रहे पनि त्यसले अझै मूर्तरुप लिन सकेको आभास कलाकारले पाउन सकेका छैनन । ललितकलासम्बन्धी राष्टिय नीति बन्न सकेको छैन । यसमा राज्यको कुनै गम्भीरता पनि देखिँदैन । राज्यको मुलप्रवाहमा कलालाई जोड्नका लागि पनि राज्यले यसलाई नीतिगत रुपमा जोडनुपर्ने हुन्छ । चिन्तन र शैलीका दृष्टिले नेपाली कलामा परम्परागत शास्त्रीय कला, लोककला र समसामयिक कलामा आधारित भएर काम भएको पाइन्छ । खासगरी समसामयिक कलामा कलाका जनपक्षीय, आधुनिक शैलीदेखि उत्तरआधुनिक शैलीमा काम भएको पाइन्छ । नेपाली कलामा रहेको मुल समस्यामा र्निदृष्ट चिन्तनभन्दा पनि अवसरवादी चिन्तनको हावी बढी रहेको पाइन्छ ।  

७. नेपाली ललितकलामा चलेका कलाका धार

नेपाली कलामा तीन धारका कलाको सशक्त प्रभाव रहेको छ । परमपरागत अर्थात शास्त्रीय कला, लोककला र आधुनिक÷समसामयिक कलाका धार चलेका छन । यी धारका वैचारिक आदर्श, चिन्तन र दर्शनमा बनेका कलाको त्रिवेणीमा नेपाली कला अगाडि बढिरहेको छ । 

क. परम्परागत कला अर्थात् शास्त्रीय कला

यो कला धारमा विशेष गरी धार्मिक चिन्तन र त्यसका आयामलाई समेटिएको पाइन्छ । नेपाली कलामा यो परम्परामा काम गर्ने कलाकारको संख्या पनि हजारौं रहेको छ । निश्चित परिधिमा रहेर बनाइने कलाको रुपमा यसलाई चिनिन्छ । यस धारमा बन्ने कलामा समयसापेक्ष जनपक्षीय विषयलाई समेत कलाकारले जोडनुपर्ने आवश्यकता रहेको देखिन्छ । यसो गर्दा शैली र चिन्तनका दृष्टिले बिल्कुलै नयाँ र मोलिक कलाको रचना हुन पुग्दछ । यसले विश्वलाई एक किसिमले सशक्त प्रभाव पार्ने विश्वास पनि लिन सकिन्छ ।

ख. लोककला

यो कला परम्परा विशेषगरी विभिन्न जातजाति र समुदायले आफना रहनसहन तथा संस्कारका विषयलाई कलाका माध्यमबाट बनाइएको हुन्छ । एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै जाने कलाको रुपमा यसलाई चिनिन्छ । यसमा विषय एकै भए पनि आफनो अनुकूलमा बनाइन्छ अर्थात् यसमा निश्चित परिधि हुँदैन । विषयलाई उठाउने र परम्परालाई धान्ने काम लोककलामा हुन्छ ।

नेपालमा अहिले लोककलाका नयाँ नयाँ आयाम र शैलीहरु मुलधारमा जोडिँदै अगाडि बढिरहेको छ । धार्मिक एवम् सांस्कृतिक तथा संस्कारजन्य कार्यमा प्रयोग गरिने यो कलामा बिस्तारै समाजका विषयलाई समेट्न थालिएको छ । जस्तो नेपालमा मिथिला, अवधि, थारु, किराँती, नेवारी, पर्वते, खाम, राजवंशी लगायतका लोककला रहेकोमा मिथिला कलाले रामायण र महाभारतका कथाबाट समाजका विषयमा केन्द्रित भई बनाउन थालिएको छ । यसले विश्वबजारमा नै निकै सशक्त रुपमा प्रभाव जमाउन सकेको छ । अहिले थारु र अवधि कलाले मुलधारमा जोडिने प्रयत्न रहेको छ भने अन्य समुदायका लोककलाले समेत अगाडि बढने जमर्को गरेको पाइन्छ ।

ग.आधुनिक/समसामयिक कला

यो धारका कलाले नेपालमा सशक्त प्रभाव पारेको छ । यो धारमा काम गर्ने कलाकारले विभिन्न शैली र चिन्तनमा काम गरेको पाइन्छ । यसमा यथार्थवाद, प्रभाववाद, अभिव्यजञ्जनावाद, अमूर्त शैली, अतियथार्थवादी, पपआर्टदेखि उत्तरआधुनिक चिन्तनमा कला बनेको देखिन्छ । कलालाई समाज र परिवर्तनका पक्षमा जोडदै सिङ्गो मानवजातिको मुक्ति र स्वतन्त्रताको पक्षमा कला रचना गर्ने वातावरण निर्माण गर्न अभिप्रेरित गर्नुपर्दछ । 

८. सङ्गठनले गर्ने आन्दोलनका कार्यहरू

ललितकला क्षेत्रको विकास, प्रवद्र्धन तथा कलाकारको जीवनस्तर उकास्नका लागि राज्य र सरोकारी संस्थालाई दबाबका साथै अभिप्रेरित गर्न नीतिगत रुपमा काम गर्न र राज्यलाई जवाफदेही बनाउनका लागि निम्न कार्यहरु गर्नुपर्ने देखिन्छ ।

क. शिक्षा

कलाको शैक्षिक रुपमा विकास गर्न स्कुल तहबाट नै अध्ययन गराउनुपर्दछ । खासगरी यसलाई आधारभूत १–८ (अनिवार्य) र माध्यमिक ९–१२ (ऐच्छिक) विषयका रुपमा विकास गर्नुपर्ने । नेपालमा प्रचलित कलालाई शिक्षाका माध्यमबाट सर्वसाधारणसम्म लैजाने । प्रत्येक प्रदेशमा कम्तिमा एकओटा नछुटने गरी पूर्वदेखि पश्चिमसम्म कम्तिमा ८–१० वटा कलाका क्याम्पस खोल्नुपर्ने (प्रारम्भिक चरणमा), तथा सबै विश्वविद्यालयमा कला विभाग खोली अध्यापन गराइनुपर्ने ।

ख. कलाकारलाई परिचयपत्र उपलब्ध गराउने ।

ग. पुस्तक नीतिमा कलाकारको विषयलाई सम्मानजनक रुपमा राख्नुपर्ने र उचित पारिश्रमिक उपलब्ध गराउनुपर्ने ।

घ. चित्र, मूर्ति, कलाका विविध माध्यमका साथै कार्टुन विधालाई सम्मानजनक रुपमा स्थापित गर्न यससम्बन्धी कार्यशाला, गोष्ठी लगायतका काम गर्नुपर्ने । साथै पत्रपत्रिकाले कार्टुनिस्टलाई राज्यले तोकेको पारिश्रमिक तथा नियुक्तिपत्र दिनुपर्ने ।

ङ. विदेशस्थित नेपालका कुटनीतिक नियोगमा सांस्कृतिक सहचारीको व्यवस्था गर्नुपर्ने ।

च. प्रतिष्ठित कलाकारको नाममा पुरस्कारको व्यवस्था गर्नुपर्ने ।

छ.. कर छुट तथा कला ऋणको व्यवस्था गर्नुपर्ने तथा प्रत्येक सरकारी कार्यालय, स्थानीय तहमा कलाकृति तथा सिर्जनाका अन्य सामग्री खरिद गरी कला र कलाकारलाई प्रोत्साहन दिनुपर्ने ।

ज. भन्सारको झञ्झट हटाउनुपर्ने ।

झ. मूर्ति उद्यान, कलाग्राम, कला सिटी, सुविधा सम्पन्न कला दीर्घा आदि बनाउनुपर्ने ।

ञ. कला सङ्ग्रहालयको स्थापना गर्नुपर्ने (राजधानीमा कम्तिमा लोक, परम्परागत तथा समसामयिक कलाका छुट्टाछुट्टै सङ्ग्रहालय बनाउनुपर्ने) । साथै राजधानी लगायत सबै प्रदेश र प्रमुख सहरमा कला सङ्ग्रहालय खोल्नुपर्ने ।

ट. काठमाडौंबाहेक नेपालको पूर्वदेखि पश्चिमसम्म प्रत्येक प्रदेशमा एकओटा रहने गरी कलाका केन्द्र खोल्नुपर्ने । साथै सबै पालिकामा हस्तकला, लोककला तथा प्रचलित कलाको विकास, विस्तार तथा खोज अनुसन्धानमा स्थानीय तहको सरकारले काम गर्नुपर्ने र संरचना निर्माण गरी कला तथा संस्कृतिको पैरवी गर्नुपर्ने । 

ठ. नेपाली कलाको खोज–अनुसन्धान÷प्रकाशन÷पत्रपत्रिका, जर्नल, पुस्तक, चलचित्र, वृत्तचित्र आदिको प्रकाशन तथा प्रदर्शनी गर्नुपर्ने ।

ड. नीजिस्तरबाट सञ्चालित ग्यालरीलाई सहयोग गर्नुपर्ने ।

ढ. कला विकासको उद्देश्य राखी खोलिएका संघ–संस्थालाई सहयोग गर्नुपर्ने ।

ण. देश विदेशमा सांस्कृतिक सद्भाव कायम गर्न तथा सीप र सिर्जनाको अभिबृद्धि गर्न कलाकारलाई अवसर प्रदान गर्र्नुपर्ने । साथै कलादुतको व्यवस्था गर्नुपर्ने ।

त. कलाकारको प्रतिलिपि अधिकार सुरक्षित गर्नुपर्ने ।

थ. कलाकारको स्वास्थ्य तथा जीवन बिमा गर्नुपर्ने ।

द. परम्परागत÷लोककला÷समसामयिक कलाको सबलीकरणका लागि शैक्षिक तथा संस्थागत पहल लिनुपर्ने लगायत आदि काम गर्नुपर्ने ।

९. निष्कर्ष

अखिल नेपाल ललितकला सङ्घ नेपाली ललितकला क्षेत्रको प्रभावकारी र हस्तक्षेपकारी सशक्तको रुपमा परिचित छ । सङ्गठन आगामी दिनमा अझ सशक्त र प्रभावकारी रुपमा विचारधारात्मक ढङ्गले अगाडि एकताबद्ध भई अगाडि बढ्नु जरुरी छ । त्यसका लागि हिजो भएका केही कमीकमजोरीहरूमाथि निर्मम ढङ्गले आत्मालोचना गर्दै सङ्गठनलाई संस्थागत रूपले हाँक्नु आजको मूल आवश्यकता र जिम्मेवारी दुवै हो । यसका लागि वैज्ञानिक समाजवादी चिन्तनमा हामीले ललितकलालाई गतिशील बनाउने लोकप्रिय कार्यक्रमका साथै आफैँलाई बदल्ने र नयाँ बनाउने प्रतीज्ञा गर्नु परेको छ । यसो गर्न सकियो भने हाम्रो सङ्गठन गतिशील सङ्गठनका रूपमा स्थापित हुनुका साथै नेपाली ललितकला क्षेत्रलाई नै नेतृत्व प्रदान गर्ने संगठनको रुपमा अगाडि बढ्नेछ र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने छ । 

नारा ः

समाजवादी संस्कृतिका लागि ललितकला आन्दोलन !

अखिल नेपाल ललितकला सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन !!


देवेन्द्र थुम्केली

संयोजक

अखिल नेपाल ललितकला सङ्घ, तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति

२०७८ मंसिर २९ गते, बौद्ध, काठमाडौं


No comments:

Post a Comment