Wednesday, December 22, 2021

माओवादीनिकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल

 



काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासंघको अध्यक्षमा मातृका पोखरेल चयन भएका छन्। महासंघको शनिबार काठमाडौंमा सकिएको सातौं राष्ट्रिय सम्मेलनले पोखरेलको नेतृत्वमा विभिन्न पदाधिकारी र सदस्य चयन गरेको हो । यसअघि सरल सहयात्री अध्यक्ष थिए ।

१३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने यचन गर्न बाँकी छ । नियुक्त भएका १० उपाध्यक्षहरुमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवर रहेका छन् । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।

महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ । सहमति नभए चुनावी प्रक्रियामा गएर भए पनि बाँकी पदाधिकारी नियुक्त गर्ने बताइएको छ ।

कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।

www.nepalpress.com   बाट साभार 

No comments:

Post a Comment