Wednesday, December 22, 2021

लेखक संघको अध्यक्षमा डा. सुवेदी निर्वाचित

 


काठमाडौं । अखिल नेपाल लेखक संघको अध्यक्षमा डा. धनप्रसाद सुवेदी निर्वाचित भएका छन् । संघको बुधबार भएको तेस्रो राष्ट्रिय सम्मेलनले सुवेदीलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । सम्मेलनबाट ७१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा केशवलोचन, रामहरि श्रेष्ठ, सुमित्रा बाङ्देल चेली र स्वप्निल स्मृति निर्वाचित भएका छन् । यसैगरी, महासचिवमा नारायण मरासिनी, सचिवमा डा. कौशल्या रिसाल, जीत अधिकारी, पञ्चकुमारी परियार र लोक लामा तथा कोषाध्यक्षमा प्रकाश तिवारी चयन भएका छन् । यस्तै, सदस्यमा डा. खेमराज खनाल, जीवन स्पर्शी, अगिब बनेपाली, भीम रानाभाट, शशिराम कार्की, युद्धविक्रम शाही, सृजन श्री, राम खरेल, जनक रसिक, इन्द्रसुर बेल्टारे, बन्दना पोखरेल, सीता थुलुङ, ऋद्धिरमण घिमिरे, डिल्लीराम राई नाकारा, राम मिलन, प्रेम घिमिरे, श्याम यादव, तिलक चाम्लिङ, पुरुषोत्तम रिजाल, विष्णु ज्ञवाली, भोगेन्द्र लुइँटेल, राजेन्द्र घायल, सुमन पुडासैनी, अनिल संयोक, सोनाम सज्जन किराती, दुर्गानारायण ढकाल, कल्पना पौडेल, किशोर मनस्वी, रामजीप्रसाद आचार्य, डा. इन्द्र भण्डारी, देविका तिम्सिना, मणि अर्याल, ईश्वरीप्रसाद रिजाल, कल्पना पौडेल, के.पी. चोहान, तिलक सिंह, रियल एनालाइसिस, कविराज भट्ट, कल्याण ओझा, ऋतु कुँवर, मीन बाब्ली, चित्र अधिकारी, सुधा मैनाली, सीमा रिजाल, राधा दुलाल कार्की, कृष्णप्रसाद पोखरेल, रणेन्द्र बराली, निर्भीकजङ रायमाझी, नरेन्द्र कोइराला, मदन मर्चना, दिपक बस्नेत, सुरप्रताप, सन्तोष सिम्खडा, हेमन्त ओली, अशोक कुँवर नेत्र रहेका छन् ।

सौर्य अनलाइन२०७८ पुष ४ गते  प्रकाशित

www.souryaonline.com बाट साभार 

No comments:

Post a Comment