काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको नेपाल जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा मातृका पोखरेल चयन भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको सातौं राष्ट्रिय सम्मेलनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
वरिष्ठ प्रगतिवादी साहित्यकारको पहिचान बनाएका पोखरेल प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष पनि हुन् ।
सम्मेलनले १० उपाध्यक्षमा कर्णबहादुर परियार, केशव शिलवाल, देवेन्द्र थुम्केली, प्रगति महरा, भीम कुमाखी, राकेश किराँती, केपी पाठक, सुदिन चौधरी, चेतन सापकोटा र विक्रम कुवरलाई चयन गरेको छ । त्यस्तै सचिवमा केशरी घर्तीमगर चयन भएकी छन् ।
महासंघकाे कोषाध्यक्षमा भने विमला केसी चयन भएकी छिन् । पदाधिकारी बाहेक ९५ सदस्यीय केन्द्रीय सदस्य चयन गरिएको छ ।
सम्मेलनले १३ सदस्यीय पदाधिकारीमा एक उपाध्यक्ष, महासचिव र २ सचिव भने चयन गर्न बाँकी छ । महासचिवमा सुवर्ण हमाल र केशर कालिकोटेले दावी गरेपछि केन्द्रीय समितिले उपयुक्त समयमा सर्वसम्मतको प्रयास गर्ने बताइएको छ ।
000
www.sansarnews.com बाट साभार
फेसबुक वालबाट
सरल सहयात्रीको फेसबुकवालबाट साभार
चेतन सापकोटाको फेसबुकवालबाट साभार
लोकेन्द्र आर.सीको फेसबुकवालबाट साभार
सुब्बा श्रेष्ठको फेसबुकवालबाट साभार
नित्यराज दाहालको फेसबुकवालबाट साभार
सन्तोष दाहालको फेसबुकवालबाट साभार
निलकण्ठ तिवारीको फेसबुकवालबाट साभार
रसुवाली कविको फेसबुकवालबाट साभार
रियल एनालाइसिसको फेसबुकवालबाट साभार
सुदर्शन पराजुलीको फेसबुकवालबाट साभार
नरेश रेग्मीको फेसबुकवालबाट साभार
दिनविनोद खड्काको फेसबुकवालबाट साभार
मातृका पोखरेलको फेसबुकवालबाट साभार
No comments:
Post a Comment