Saturday, May 4, 2024

आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित योजना

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

कला, साहित्य तथा संस्कृति विभाग

कला, साहित्य, भाषा तथा संस्कृतिको क्षेत्रमा  आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित योजना

माननीय अर्थमन्त्रीज्यू

१) रैथाने उत्पादन संस्कृतिको संरक्षण, त्यसको औद्योगिकीकरण र प्रोत्साहनका लागि नेपाल सांस्कृतिक संस्थान मार्फत  बजेट विनियोजन गर्नुपर्ने । 

२) जनयुद्धको संस्कृति र सौन्दर्यको संरक्षण गर्ने योजना ल्याउनुपर्ने । 

३) प्रत्येक जिल्लाको माओवादी जनयुद्धका  सहिदको अध्ययन गर्ने योजना समावेश गर्नुपर्ने । 

४ ) आदिवासी जनजातीको संस्कृतिको संरक्षणकालागि वार्षिक एकपटक विभिन्न प्रर्दशनी र प्रतियोगिता गर्न योजना गर्नुपर्ने । 

भाषातर्फ बजेटमा ध्यान दिनुपर्ने विषय (भाषा आयोगमार्फत)

१) भाषासम्वन्धि नीति निर्माण र भाषा सम्वर्धनका लागि भाषा आयोगको क्षेत्राधिकारभित्र रहने गरी  सातै प्रदेशमा भाषाको प्रादेशिक कार्यालय स्थापना गर्नुपर्ने ।                                                                                                 सात प्रदेशको लागि समपूरक बजेट व्यबस्था गर्ने  ।                                                                                            ( अनुमानित बजेट  प्रत्येक प्रदेशमा कम्तिमा दुइ दुइ  करोडका दरले १४ करोड  ) 

२) प्रदेशमा सरकारी कामकाजी भाषा लागू गर्नकालागि विशेष बजेटको व्यवस्था गर्नुपर्ने ।                                         ( अनुमानित बजेट  प्रत्येक प्रदेशमा कम्तिमा एक एक  करोडका दरले ७ करोड  ) 

३) भाषा आयोग मार्फत आदिवासी भाषा दशक वर्ष २०२२ – २०३२ को कार्यान्वयन गर्न बजेट विनियोजन गर्नुपर्ने ।        ( यस वर्षका लागि अनुमानित बजेट करिव ७० लाख  ) 

४) लोपोन्मुख तथा मातृभाषा उत्थान र संरक्षण गर्ने योजनालाई विशेष प्राथमिकतामा राख्नुपर्ने ।

-  लाेपाेन्मुख भाषाहरूको शब्दकोश निर्माण , पाठ संकलन , व्याकरण निर्माण , इतिहास लेखन आदि ।                    ( यस वर्षका लागि अनुमानित बजेट  करिव दुई करोड ) 

५ ) विद्यालयहरूमा  मातृभाषामा शिक्षा प्रदान गर्ने  प्रभावकारी कार्यक्रम लागु गर्न कार्यक्रम संचालन गरिनुपर्छ ।     ( यस वर्षका लागि अनुमानित बजेट  करिव दुई करोड ) 

६  ) भाषा आयोगलाई सबलिकरण गर्न स्थायी रुपमा सरकारी भवनको व्यवस्था गरी साधन र स्रोतको उचित व्यबस्था गर्नुपर्ने  ।                                                                                                                                                ( सरकारी भवनको व्यवस्था गर्न नसकिएमा सरकारी जग्गाको व्यबस्थापन गरी भवन निर्माण गर्न करिव २५ करोड खर्च हुने देखिन्छ। भाषा आयोगमा सवारी साधनको अभाव छ । जसले गर्दा कार्यसम्पादनमा अत्यन्तै कठिनाई भइरहेको छ । तत्काललाई पाँच वटा सवारी साधन अपुग छ । पाँच वटा सवारी साधन खरिदका लागि अनुमानित खर्च करिव तीन  करोड  पचास लाख लाग्ने देखिन्छ )

साहित्यतर्फ बजेटमा ध्यान दिनुपर्ने विषय (नेपाल प्रज्ञा - प्रतिष्ठानमार्फत)

१ ) प्रगतिशील साहित्यको संरक्षण र संवद्र्धनका लागि विशेष योजना ल्याउनुपर्ने । जनयुद्धको बहुआयामिक अध्ययन (जनयुद्धको इतिहास, जनयुद्धले नेपाली  राजनीतिमा पारेको प्रभाव, नेपाली महिला आन्दोलनमा जनयुद्धकाे प्रभाव, दलित जागरणमा जनयुद्धको याेगदान, जनजातीय जागरणमा जनयुद्धको भूमिका, नेपालका भाषा, साहित्यकाे विकासमा जनयुद्ध, जनयुद्धकाे साैन्दर्यशास्त्र, नेपाली कवितामा जनयुद्धको साैन्दर्य, नेपाली उपन्यासमा जनयुद्धको साैन्दर्य, नेपाली कथा,  नाटक, निबन्धमा जनयुद्धको साैन्दर्य । आदि)  पाठ्यपुस्तक, पाठ्यक्रममा सुधार, परिमार्जन र पुनर्लेखन गरी सहिद र सामाजिक रुपान्तरणका सामाग्री राख्नका लागि योजना ल्याउनुपर्ने । 

२. जनयुद्ध विषयक कविता, कथा, एकांकी, नियात्रा, संस्मरण, युद्ध डायरी, सहिदका रचनाहरूकाे सङ्कलन र प्रकाशन गर्नुपर्ने ।                                                                                                                               (अनुमानित लागत करिव २ करोड  ) 

३. कृष्ण सेन इच्छुक, पारिजात लगायत समावेशिता झल्किने गरी ८-१० जना स्रष्टा/ लेखकका प्रतिमा बनाउने (थप)                                                  (अनुमानित लागत २ करोड )

४. नेपाली साहित्यकाे विहङ्गम इतिहास लेखन, प्रकाशन गर्नुपर्ने ।                   (अनुमानित लागत ७० लाख  )

५, नेपालका ७ ओटै प्रदेशकाे भाैगाेलिक, सांस्कृतिक, भाषिक, साहित्यिक आदि विषय झल्किने गरी नेपाल दिग्दर्शन कृति तयार  गर्नुपर्ने                                                                                                                   (अनुमानित लागत ७० लाख  )

६ . नेपालका सबै भाषाकाे साहित्यिक इतिहास लेखनको व्यवस्था गर्नुपर्ने ।                                                                (अनुमानित लागत १.५ करोड )

७ . नेपाली शब्दकोशमा परिमार्जन गर्नुपर्ने ।                                                                                                             (अनुमानित लागत ७० लाख  )

८ ) पाठ्यपुस्तक, पाठ्यक्रममा राख्नकालागि युगान्तकारी परिवर्तन, सहिद, कम्युनिष्ट पार्टीका संस्थापकको परिचय,नेतृत्वको जीवनी र गणतन्त्रको बारेमा निबन्ध लगायत सामाग्री लेखनका लागि योजना ल्याउनुपर्ने ।  (अनुमानित लागत ५०  लाख  )

९ ) सातै प्रदेशमा सहिदको नाममा पुरस्कार स्थापना गर्न अक्षयकोषको व्यवस्था गर्नुपर्ने ।                                          (अनुमानित लागत प्रत्येक प्रदेशमा कम्तिमा एक एक करोडका दरले)। 

ललितकलातर्फ बजेटमा ध्यान दिनुपर्ने विषय (नेपाल ललितकला प्रज्ञा - प्रतिष्ठानमार्फत)

१. खुला मूर्तिकला बगैँचा\पार्क\स्मारक : नेपालको संस्कृति, मौलिकता, देशभक्तिपूर्ण आन्दोलन, जनयुद्ध तथा विभिन्न लोकतान्त्रिक आन्दोलन झल्किने मूर्तिकला निर्माण गरी बगैँचाका रुपमा परिणत गर्ने । सातै प्रदेशमा कम्तिमा एक एक स्थानमा । (अनुमानित लागत प्रत्येक प्रदेशमा कम्तिमा एक एक करोडका दरले)। 

२. गणतन्त्रको प्रतीक : नेपालको संस्कृति, मौलिकता, देशभक्तिपूर्ण आन्दोलन, जनयुद्ध तथा विभिन्न लोकतान्त्रिक आन्दोलन झल्किने गणतन्त्रको प्रतीक निर्माण । अनुमानित लागत एक करोड प्रतीक निर्माण मात्रै (यसमा प्रतीकको आकार अनुसार लागत बढ्ने साथै जग्गा र इन्जिनियरिङ लागत अलग्गै लाग्ने ।)

३. संग्रहालय : नेपालको संस्कृति, मौलिकता, देशभक्तिपूर्ण आन्दोलन, जनयुद्ध तथा विभिन्न लोकतान्त्रिक आन्दोलन झल्किने चित्राकृतिसँगै प्रदेश अनुसारको मौलिक रैथाने कला र सिप रहने संग्रहालय सातै प्रदेशमा कम्तिमा एक एक वटा स्थापना गर्ने । (अनुमानित लागत प्रत्येक प्रदेशमा कम्तिमा एक एक करोडका दरले)।

४. गणतन्त्र दिवसका दिन राष्टिय ललितकला प्रदर्शनीः हरेक वर्ष गणतन्त्र दिवसको अवसर पारेर देशैभरका कलाकारले सिर्जना गरेका चित्रकला, मूर्तिकला, हस्तकला, शिल्पकला, लोककला, परम्परागत कला आदिको प्रदर्शनी गर्ने । (अनुमानित लागत प्रत्येक प्रदेशमा कम्तिमा एक करोड)।

५. हिमालयको रहस्य कला प्रदर्शनीः जलवायु परिवर्तनले पारेको प्रभावका सम्बन्धमा जनचेतना जगाउन हरेक वर्ष हिमालयको रहस्य विषयमा कलाकृति प्रदर्शनी गर्ने । (अनुमानित लागत २० लाख)

६.सगरमाथाको फोहोरबाट कलाकृति निर्माणः हिमाल आरोहणका क्रममा फालिएका नकुहिने फोहोरलाई कलाकृतिमा निर्माण गरी प्रदूषणले पारेको प्रभावलाई न्यनीकरण गर्न अन्तर्राष्टिय स्तरको कला कार्यशाला तथा प्रदर्शनी गर्ने । (अनुमानित एक करोड २० लाख) 

७. प्रादेशिक ललितकला प्रदर्शनी : देशका सातै प्रदेशमा रहेका कला र कलाकारलाई प्रोत्साहन दिने गरी सातै प्रदेशमा ललितकला प्रदर्शनी गर्ने । (अनुमानित लागत ७० लाख)

८. सातै प्रदेशमा एक एक वटा कला हबः मौलिकता बचाउने, रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रमा योगदान दिने लक्ष्यका साथ स्थानीय सिप र ज्ञानलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ सातै प्रदेशमा ललितकलाका कम्तिमा एक एक वटा कला हब निर्माण गर्ने । यस वर्ष वागमतीको सुनापति गाउँपालिकामा थांका कला हब सुरु गरिएको छ जसमा ४२ जनालाई तालिम दिइएको छ । यसमा प्रत्येक वर्ष २५० जनालाई प्रशिक्षण–तालिम दिने लक्ष्य राखिएको छ । (यसको अनुमानित लागत एक करोड)

संगीत तथा नाट्यतर्फ बजेटमा ध्यान दिनुपर्ने विषय (नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमार्फत )

१ ) गीत , सङ्गीत नृत्य नाटकका सबै विधाहरुलाई  समेटेर   विशेष: मौलिक रैथाने कला संस्कृति को संरक्षण प्रबर्द्धन र विस्तार गर्न केन्द्रमा सङ्गीत नाट्य उत्सब /महोत्सब / सम्मेलनको आयोजना गर्ने ।                                                   ( अनुमानित लागत एक करोड)

२)  जनयुद्ध लगायत  देशभक्तिपूर्ण आन्दोलनका गीत संगीत  नाटक ओपेरा हरुको अध्ययन  अनुसन्धान  तथा श्रब्यदृश्य सामग्री उत्पादन गरि प्रसारण गर्ने ।                                                                                                 (अनुमानित लागत  दुई करोड)

३)  सातै प्रदेशमा एक एक स्थान मा गित सङ्गीत नाट्य सम्बन्धि सांस्कृतिक सम्मेलन गर्ने ।                                           (अनुमानित लागत  एक करोड)

४)  नेपालको संस्कृति, मौलिकता,देशभक्ति आन्दोलन जनयुद्ध तथा विभिन्न लोकतान्त्रिक आन्दोलन झल्किने सांस्कृतिक   सहिदपार्क / बगैँचा / स्मारक स्थापना ( अनुमानिक लागत एक करोड)

५)  नेपालको मौलिक जातजाति भाषाभाषी  संस्कृतिलाई समेटिएको सांस्कृतिक  संग्रहालयको स्थापना सातै  प्रदेशमा गरिनुपर्ने ।                                                                                                                                               ( अनुमानित लागत एक एक करोड)

६) सातै प्रदेशमा एक एक स्थानमा पर्यटन ,संस्कृति / प्रकृति लाई जोडेर पर्यटकीय सांस्कृतिक  पदयात्रा / संगीत  सम्मेलन र श्रब्यदृश्य निर्माण गर्ने  :  मौलिकता जोगाउने, रोजगारी सृजना, अर्थतन्त्रमा योगदान (अनुमानित लागत एक करोड)

७- नेपाली संगीतको  बृहत् अर्केष्ट्रा  निर्माण गर्ने ।                                                                                                    ( अनुमानित लागत ७०  लाख)

८- सास्कृतिक महत्त्व नेपाली गौरब गाथाले भरिएका गित सङ्गीत र यस  क्षेत्रका बिशिष्ट  व्यक्तित्व  जेबि टुहुरे,  खुशिराम पाख्रिन ,  चुनु गुरुङ लगायत का सांस्कृतिक  सहिदहरुको श्रब्यदृश्य निर्माण र  जिवनी प्रकाशन  पुरस्कार स्थापनाको लागि   अक्षय कोषको स्थापना गर्नुपर्ने ।                                                                                           (अनुमानित लागत दुई  करोड) 

९ ) प्रगतिशील गीत, संगीतको भण्डारण, संरक्षण, अभिलेखिकरण, इतिहास लेखन, अनुसन्धानकालागि बजेट विनियोजन गर्नुपर्ने । 

१० ) रैथाने गीत, संगीतको संरक्षणका लागि  योजना ल्याउनुपर्ने ।

बजेटमा ध्यान दिनुपर्ने विषय (नेपाल  सांस्कृतिक संस्थानमार्फत )

१ ) सांस्कृतिक संस्थानको सेवाबाट अवकाश प्राप्त कर्मचारीहरुले नेपाल सरकारबाट अनिवार्य प्राप्त गर्ने उपदान दायित्व रकम करिव १० करोड पुगिसकेकोले उक्त दायित्व यसै आ.व.को बजेट मार्फत सम्बोधन हुन जरुरी छ ।

२ ) हल तथा पुस्तकालय निर्माण : सांस्कृतिक संस्थानको सेमिनार हललाई विस्तार गरी १५० सिटको हल निर्माण गरी नृत्यशास्त्री जीवित इतिहासको नामबाट भैरब बहादुर थापा प्रेक्षालय नामाकरण गरिनु जरुरी छ । त्यसैगरी नारायण गोपालको नामबाट पुस्तकालय निर्माण गरी गीतसङ्गीत, नाटक तथा संस्कृति सम्बन्धि विभिन्न पुस्तकहरू संकलन गरी दस्तावेजीकरण गरिनुपर्ने  ।                                                                                                             - अनुमानित बजेट रू.१ करोड ५० लाख

३ ) डिजिटल उत्पादन : लोकसंस्कृतिलाई डिजिटल उत्पादनसँग जोड दिई आर्थिक उत्पादनतर्फ लैजान अत्यावश्यक छ । यसका लागि लोपोन्मुख लोकगीत, लोकधून रेकर्डिङ गर्न रेकर्डिङ स्टुडियो स्थापाना र विभिन्न जातजातिको लोकसंस्कृति, लोकनृत्य तथा लोक नाटक सहितको भिडियो छायांकन गर्न छायांकन स्टुडियो निर्माण गरी यसलाई डिजिटल एप मार्फत रिलिज गर्ने वातावरण मिलाउन आवश्यक छ  । यसबाट नयाँ युगको सुरुवात सहित "संस्कृति डिजिटल उत्पादन युग" को सुरुवात गरिनुपर्ने छ  ।                                                                        - अनुमानित बजेट  रू.३ करोड

४  )  सांस्कृतिक पर्यटन : ठेट नेपाली संस्कृतिमूलक कार्यक्रम उत्पादन गरी त्यसलाई पर्यटक लक्षित बनाई रैथाने नेपाली खाना सहित प्रदर्शन गरी सांस्कृतिक पर्यटनको रूपमा विकास गरी आर्थिक समृद्धिको मार्ग तय गरिनेछ । नेपालका प्रयटकीय क्षेत्रहरुमा सांस्कृतिक घर निर्माण गरी रैथाने खाना सहितको ठेट नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी सांस्कृतिक पर्यटनलाई विस्तार गरी आर्थिक समृद्धिको मार्ग तय गरिनेछ ।                                               - अनुमानित बजेट रू.५ करोड

५ ) जागरण सांस्कृतिक अभियान : समाजमा बढ्दो विकृति विसंगति, डिजिटल युगसँगै बढेको अराजक प्रवृत्तिलाई न्यूनीकरण गर्न नैतिक एवम् ज्ञानबर्द्धक जागरण सांस्कृतिक कार्यक्रम मार्फत सामाजिक तथा सांस्कृतिक रुपान्तरण सहित आर्थिक समृद्धिका लागि सातै प्रदेशमा जागरण सांस्कृतिक अभियान गरिनेछ ।                                               - अनुमानित बजेट रू.३ करोड

५ ) खोज अनुसन्धान : लोपोन्मुख लोकसंस्कृतिको खोज अनुसन्धान गरी दस्तावेजीकरण गरिनेछ ।                                लोक वाद्यवादनयन्त्रको संरक्षण र संवद्र्धन गर्ने योजना ल्याउनुपर्ने । 

नेपाल सांस्कृतिक संस्थानको विषयमा ध्यान दिनुपर्ने एउटा विषय (त्रुटिपूर्ण ऋणलाई अनुदानमा परिणत)                  ---------------------------------------------------------------------------------------

नेपाल सांस्कृतिक संस्थानको भवन निर्माणको लागि अनुदान स्वरुप प्राप्त हुनु पर्ने रकम त्रुटिपूर्ण ढंगले ऋण हुन गएकाले यसलाई अनुदानकै रूपमा परिणत हुन अत्यावश्यक छ । नेपाल सरकार आफै साहू आफै ऋणी कसरी हुन सक्छ ? प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान जस्ता निकायमा भवन निर्माणार्थ अनुदानकै रूपमा नेपाल सरकारबाट प्राप्त भएको विदितै छ । तर सांस्कृतिक संस्थानमा मात्रै सचिवस्तरीय निर्णयबाट कुनै सम्झौता वा कुनै व्यहोरा उल्लेख नगरीकन नियमित बजेटलाई समेत कट्टा गरी ऋण भन्ने शब्द राखिनु नेपाल सरकारको गम्भीर त्रुटी हुन गएको पुष्टि हुन्छ ।  रु. १ करोड ५० लाख बाट सुरु भएको त्रुटिपूर्ण ऋण हाल साँवा र व्याज जम्मा हुँदै रु. ३९ करोड २१ लाख चवालीस हजार ३ सय ४८ रुपैयाँ पुगेको छ । उक्त रकम यसै आ.व. को बजेट सम्बोधन मार्फत अनुदानकै रूपमा परिणत हुन अत्यावश्यक छ ।

००० 

No comments:

Post a Comment